Thursday, September 17, 2015

हाथहतियार तथा केहि सार्वजनिक अपराधको मुद्धामा संजय साह सर्वोच्च द्धारा दोषी ठहर


सदभावना पार्टीको उपाध्यक्ष समेत रहेका निलम्बित सभासद संजय साह सर्वोच्च अदालतद्वारा अवैध हात हतियार बोकेर हिडेको र केही सार्वजनिक अपराधमा गरेको अभियोगमा दोषी ठहर भएका छन्। यसअघि जनकपुर हत्याकाण्डमा पूर्पक्षका लागि थुनामा रहेका साहपछि अर्को अभियोगमा अदालतले घटना भएको १२ वर्षपछि दोषी ठहर गरेको हो। २०६८ सालदेखि सर्वोच्चमा विचाराधीन रहेको दुई मुद्दामा बिहीबार फैसला सुनाउँदै सर्वोच्चले पूनरावेदन अदालत जनकपुरको फैसला सदर गर्दै साहलाई दोषी ठहर गरेको हो। अवैध हतियार राखेको भन्दै साहलाई एक वर्ष नौ महिना कैद र पाँच हजार जरिवाना हुने पूनरावेदनको निर्णय सर्वोच्चले सदर गरेको छ। न्यायाधीश वैद्यनाथ उपाध्याय, देवेन्द्र गोपाल श्रेष्ठ र चोलेन्द्र शम्शेरको पूर्ण इजलाशले जनकपुर पूनरावेदन अदालतको फैसला मिलेकै देखिएको भन्दै सदर हुने निर्णय सुनाएको हो। २०६० जेठ ३ गते धनुषा जिल्लाको सखुवा महेन्दनगर गाविसको बजारमा होहल्ला गरेको अवस्थामा हतियारसहित पक्राउ गरेको भन्दै हात हतियार तथा खर खजाना र केही सार्वजनिक अपराधमा चलेको मुद्दा २०६३ देखि मुद्दा विचाराधीन रहेको थियो।
 
मधेशमा जारी आन्दोलन चर्केसंगै प्रशासनले उनलाई सिरहावाट काठमाडौ ल्याएका थिए । प्रशासन स्रोतले मधेशमा आन्दोलन चर्के संगै उनको फेसवुक पेज अपडेट हुन थालेका थिए । जसमा आन्द्योलनमा सबैलाई सहभागी हुनुको साथै स्थिती भडकाउने खालको स्टेटसहरु लेखिएको थियो । त्यस लगतै जनकपुरमा भएको प्रर्दशनमा उनको केहि गुण्डाहरु आन्दोलनकारी युवावाट कुटिएका पनि थिए । प्रशासनले उनले सिरहा रहदा त्याहा वाट हुन सक्ने खतरालाई मध्यनजर गर्दै उनलाई काठमाडौ सारेका थिए । साथै यो मुद्धा पनि तत्काल व्युताउने रणनितीमा प्रहरी पुगे । किनकी उनी जनकपुर बम काण्डमा प्रकाउ परेको,  त्यो मुद्धाको फैसला हुन समय लाग्ने भएकाले उनलाई छोडाउन विभिन्न राजनितीक चलखेलहरु पनि सुरु भएको थियो । प्रशासनले सदभावना पार्टीले उनलाई अहिले सम्म पार्टीवाट निष्काशन नगर्दा भोलीको दिनमा राजनितीकरण गर्ने सम्भावना देखेर उनको यो मुद्धालाई अगाडी ल्याएको थियो ।

भोजपुरे खुकुरी र भारतको पटनावाट ६५ सयमा खरिद गरिएको हतियार आफूले बोकेर हिडेको भनि जिल्ला प्रशासनको बयानमा साहले भनेका थिए । त्यही बयानको आधारमा पूनरावेदनले दोषी ठहर गरेको थियो ।

जिविसको कर ठेक्कामा लिने र उठाउने गरेकाले सुरक्षाका लागि यस्तो हतियार राखेको बयान साहले तत्कालीन समयमा दिएका थिए । रामजीवन प्रसाद गुप्तालाई घुस्सामा दोहोर कर दिन अस्वीकार गरेपछि आक्रमण गर्न जाँदा प्रहरीले साह लगायत केही व्यक्तिलाई पक्राउ गरेको र साथबाट अवैध हतियार राखेको देखिएको ठहर जिल्ला प्रशासन र पूनराबेदन अदालतले तत्कालीन समयमा गरेको थियो ।

९ एमएमको ११ राउन्ड गोली लोड हुने पेस्तोलमा ३ राउन्ड गोली समेत प्रहरीले साहबाट फेला पारेको पूनरावेदनको फैसलामा उल्लेख छ।  २०६१ असार ३० मा जिल्ला प्रशासनले १ वर्ष नौ महिना कैद ५ हजार जरिवाना  हात हतियार र खरखजाना, केही सार्वजनिक अपराध ठहर गरेको थियो।  पूनरावेदन अदालत जनकपुरले २०६३ जेठ ३० मा जिल्ला प्रशासनको निर्णय सदर गरेको थियो।

त्यो विरुद्ध साहले सर्वोच्चमा पूनरावेदन गरेपछि दुई न्यायाधीशबीच राय बाँझिएको थियो । राय बाँझिएपछि साहले संविधानसभाको दोस्रो निर्वाचनमा भाग लिन पाएका थिए । सर्वोच्चको यो फैसला पछि साह जनकपुर हत्याकाण्ड वाहेक थप दुई अभियोगमा जेल सजाय भोग्नु पर्ने भएको छ।

यसअघि साहको जनकपुर बमकाण्डमा आफू संलग्न नरहेको भनि साधारण तारेखमा रिहा हुनुपर्ने माग गर्दै सर्वोच्चमा दायर गरेको मुद्दा पनि खारेज हुने निर्णय सुनाएको थियो ।  साहकै योजना र निर्देशनमा २०६८ वैशाख १८ गते जनकपुरमा बम विस्फोट गराएको दाबी गर्दै उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर भएको थियो । अलग्गै मिथिला राज्यको माग गर्दै धर्नामा रहेका व्यक्तिहरुलाई लक्षित गर्दै भएको बम विस्फोटनमा परि पाँच जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए । उक्त मुद्दा धनुषा जिल्ला अदालतमा विचाराधीन छ।


No comments:

Post a Comment