Friday, September 11, 2015

किन भडक्दै छन पुर्वी मधेश ?


पछिल्लो केहि दिन यता मध्य मधेशका पर्सा देखि धनुषा, महोत्तरी हुदै सिरहा सप्तरी सम्मको जिल्ला अत्यद्यिक अशान्तिको चपेटामा छन । गएको २८ दिन  देखि आन्द्योलनको क्रममा बन्दको रहेको पुरै मधेशका जिल्लाहरु सुरुमा शान्तिपुर्ण प्रर्दशनहरुमा केन्द्रित थिए । आन्द्योलनको पहिलो हप्तामै सप्तरीको भारदहमा प्रहरीको गोलीवाट एक जनाको मृत्यू भएको भए पछि स्थिती भयावह होला भन्ने आशंका गरिएको थियो तर त्यो भएन वरु आन्द्योलन थप शान्तिपुर्ण रुपमा देखिए । भारदह घटना लगतै मधेशी मोर्चा सहितका मधेशका शिर्ष नेताहरु मधेश झरे र स्थानिय स्तरमा आन्द्योलनहरु सहभागी हुन थाले । तर दोस्रो हप्ता नबित्दै पश्चिमको कैलालीको टिकापुरमा प्रर्दशनकारीहरु र प्रहरीको ठुलो भिडन्त भयो जसमा उच्च सुरक्षा अधिकारी सहित ८ जनाको प्रहरीको मत्यू भयो भने एक जना स्थानिय नबालकको पनि मृत्यु हुन पुग्यो । कतिपयले उक्त घटना पश्चात कि त आन्द्योलन नै सकिने कि त अत्यद्यीक उग्र भए आन्दोलन हिंसात्मक भएर आउन सक्ने आकंलन गरेका थिए । सरकारले टिकापुर घटना भएकै दिन कैलालीको टिकापुर सहित पुर्वी मधेशको सर्लाही र रौतहटलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेर नेपाली सेना परिचालन गरे । जसको मधेशमा व्यापक विरोध अझै भईरहेको छ । टिकापुर घटनाको भए पश्चात पनि १ साता भन्दा वढी सम्म पुर्वी मधेशको आन्दोलन खासै हिंसात्मक देखिएन । तर त्यस पछि अर्थात पछिल्लो दुई साता यता पुर्वी मधेशका विरगंज देखि विराटनगर हुदै आज सम्मको जनकपुर र जलेश्वर सम्मको घटना अत्यद्यिक हिंसं्रक बन्दै गएको देखिन्छ । आखिर किन पुर्वी मधेशमा हिंस्रक आन्दोलनको रुपमा अवस्था भडक्दै छन त ?

आज मात्रै जनकपुर र जलेश्वर घटना पश्चात राष्टिय मानव अधिकार आयोगले एक प्रेस विज्ञप्ति निकाल्दै तराई मधेशमा दंगा ग्रस्त क्षेत्र घोषणा गरेर सरकारले परिचालन गरेको नेपाली सेनालाई तत्काल फिर्ता लिन भनेको छ । आयोगको विज्ञिप्तले घुमाउरो रुपमा सेना परिचालनले अवस्था थप विग्रेको देखिन्छ र उनले उनले तत्काल वार्ता गर्न भनेको छ । साथै आयोगले आन्द्योलनको क्रममा प्रर्दशनकारीहरु माथी सुरक्षा निकायले अत्यद्यिक वल प्रयोग गरिरहेको पाइएको र प्रर्दशनकारीहरुले विभिन्न घरेलू हतियार प्रयोग गरेर प्रहरी कार्यलय सहित सरकारी सम्पतिहरु तोडफोड गरिरहेको देखिन्छ । 


अघिल्लो साता पुर्वी मधेशको विरगंजमा हिंसात्मक घटना पछि त्याहा पुगेका एक मानअधिकारकर्मीहरु भन्छन, पुर्वी मधेशमा नराम्ररी हिंसात्मक झडपहरु फस्दै जानुको प्रमुख कारणहरुमा प्रहरीहरु ठुलो वदलाको भावना देखिनु, आन्द्योलनमा अत्यद्यिक युवाहरुको उपस्थिती र बन्द लम्बिदै जादा आम नागरिकको स्तरमा वढीरहेको तनाव देखिन्छ । ती अधिकारकर्मी भन्छन, टिकापुर घटना पश्चात मधेशमा प्रहरी सहितको सुरक्षा निकायमा ठुलो तनाव देखिन्छ र वदलाको भावना जसले नराम्ररी अवस्था भडक्उन लागी परेको देखिन्छ । यता विगतको मधेश कै राजनिती सहित राज्यको विभिन्न गतिविधीले मधेशका ठुलो युवा जमात आक्रोशित मुडमा अहिले सडकमा छन जसलाई सुरक्षा अधिकारी सहित राज्य निकाय प्रति ठुलो वितृष्णा छन । उनी भन्छन, प्रहरी अधिकारीहरु आफनो जवानको मनोवल उच्च पार्न पनि प्रर्दशनको क्रममा जथाभावी गोलीहरु चलाएको देखियो, जसका कारण आन्द्योलनकारी युवाहरु अत्यद्यिक आक्रोशित देखिन्छ । उनी भन्छन, वारामा प्रहरीको गोलीवाट एक जनाको मृत्यू हुनु दुई दिन अगाडी त्याहाका डिएसपीले कलैयाको विच चौकमा आन्द्योलनकारी जमातलाई वढी हुन्छस भन्ने एक दुई दिन भित्रै देखाइ दिन्छू भनेर चेतावनी दिन्छन, अनि त्यसको भोली पल्ट त्यही डिएसपीले चलाएको गोलीवाट प्रर्दशनकारीको मृत्यू हुन जान्छ । अनि स्थानिय स्थानिय प्रर्दशनकारीहरुले त्योे डिएसपीलाई सार्वजनिक रुपमै पायो भन्ने छोडदिन्न भनेर घोषणा गर्छन, उनी भन्छन, स्थानिय वास्तवीकता हाम्रो यस्तो छ । 

आज मात्रै महोतरीको जलेश्वरमा एक जना प्रहरी अधिकारी असइलाई आन्द्योलनकारीहरुले निशंस्रक तरीकाले मारेका छन । जुन आफैमा असह्य घटना हो । तर हाल जलेश्वर, जनकपुर क्षेत्रमा रहेका एक उच्च स्तरका अधिकारकर्मी भन्छन, यसलाइ तीन दिन अघि जलेश्वरमा भएको घटनासंग जोडिएर हेर्नु पर्छ । तीन दिन अगाडी जलेश्वरमा भएको घटनामा प्रहरी अधिकारीहरुले चलाएको अन्धाधून्द गोली वाट अहिले सम्म ४ जनाको मृत्यू भईसकेको छ भने ५० जना भन्दा वढी धाईते भएका थिए । ती अधिकारकर्मी भन्छन, उक्त दिन ५ हजार भन्दा वढीको संख्यामा आएको आन्द्योलनकारीहरुको शान्तिपुर्ण जुलुसलाई प्रहरीले सुरुमा तितिरवितर पार्यो अनि १ सय देखि १५० सय सम्म्को जमातलाई घेरा हालेर जथाभावी गोली चलाए । जसमा जलेश्वरको सानो वजारको स्थानिय चौकहरुमा पनि केही युवाहरु परे । प्रहरीले दावी गरे जस्तो कुनै त्याहा त्यो दिन दुर्घटनाको गम्भ्रि संकेतहरु देखिएका थिएन । त्यसपछि हिजो जलेश्वरमा महिलाहरुले निकालेको जुलसमा प्रहरीले अत्यद्यिक वल प्रयो्ग गर्न खाजेका थिए तर संयोगवस त्याहा राष्टिय मानअधिकार आयोगको एउटा टोली पुग्न भ्याए । तर पनि प्रहरीको कुटपिटवाट केही महिलाहरु नराम्ररी धाइते भएका छन । आज त्याहा एक महिलाको मृत्यू  नै हुन पुगे ।

पुर्वी मधेशको घटनाहरुलाई नजिकवाट नियालीरहेका केही अधिकारकर्मीहरुले सुरक्षा कर्मीहरुको व्यवहवारका कारण जनतामा अत्यद्यिक आक्रोश दिन प्रति दिन फैलिरहेको बताउछन । जनकपुरको एक एफमा आन्द्योलनको प्रत्यक्ष प्रसारणको क्रममा आज केही स्थानिय महिलाहरुले फोन गरेर आफुहरुलाई प्रहरीले घरमा पसेर दुव्र्यवहवार गरेको वताएको जनकपुरकी संचारकर्मी नेहा झा बताउछिन । नेहा भन्छिन, आज जनकपुरको वजंरण चौकवाट स्थानिय केहि महिलाहरुले एफ एमको प्रत्यक्ष प्रसारणको क्रममा बताएको घटनाले आफुहरु पनि नाजावाफ हुन पुगीन ।

यसरीले प्रहरीमा बदलाको भावना वढनु र त्यो आन्दोलनकारीहरु माथी व्यहवारको रुपमा प्रर्दशन गर्नाले त्यतीकै आक्रोशित रहेको मधेशलाई थप हिंस्रक बनाउने वाहेक अरु के्ही गर्दैन । त्यसैले प्रहरी प्रशासन भनेको राज्यको प्रतिनिधी पात्र पनि हुन । उनीहरुमा अत्यद्यिक संयमितताको खाचो छ । आक्रोशित मधेशलाई राजनितीक रुपमा सम्बोधन गर्नु पनि त्यतीकै जरुरी छ ।
 


No comments:

Post a Comment