Wednesday, September 9, 2015

गम्भिर द्धन्दमा फस्दै मधेश ।


पछिल्लो २५ दिन देखिको लागातारको आन्दोलनमा रहेको मधेशमा प्रहरी प्रशासन र आन्दोलनकारीहरुको दिनहू जसो हुने मुठभेडले गम्भिर प्रकृतिको दिर्घकालिन द्धन्दहरु निम्तयाउने खतराहरु देखा पर्न थालेका छन । नयां संविद्यानको जारी प्रक्रियाको सुरु देखि नै मधेशी पार्टीहरुले विरोध गर्दै आएका छन । तर पनि काठमाडौमा प्रमुख चारले प्रक्रियालाई एक पछि अर्को गरी अघि वढाउन थाले पश्चात मधेशमा आन्दोलन चर्किएको हो । आज मात्रै महोतरीको जलेश्वर, सप्तरीको भारदह र मोरडको विराटनगरमा प्रहरी र आन्दोलनकारीहरु विच ठुला ठुला झडप भएको छ । सप्तरी र जलेश्वरमा प्रर्दहनकारीहरुको मृत्यू नै हुन पुगेका छन भने जलेश्वर सहित, भारदह र विराटनगरमा समते गरी दर्जनौ गम्भिर धाईतेहरु भएका छन । हिजो मात्रै गृहमन्त्रीले सुरक्षा निकायहरुलाई सामुहिक रुपमा निर्देशन दिदै नयां संविद्यान जारी गर्ने माहौल सिर्जना गरी दिनका लागी आवश्यक वातावरण बनाउन निर्देशन दिएको बताएका थिए । जुन आफैमा भयानक घटनाक्रम देखिन्छ ।  


भिडन्तमा मधेश

 

जारी आन्द्योलनको क्रममा मधेशी नागरिकमा देखिएको आक्रोशको स्तर र प्रहरी प्रहरीमा देखिएको असंयमिताका कारण सुरु देखि नै ससना हुदै ठुला ठुला  भिडन्तहरु भईरहेको देखिन्छ । सप्तरीको भारदहवाट सुरु भएको प्रहरी र आन्दोलनकारीहरु भिडन्तको श्रृख्ला नवलपरासी हुदै कैलालीको टिकापुर पुग्दा देश मात्रै होईन कि विदेश सम्मको ध्यान केन्द्रित गर्न पुग्यो । त्यस पछि विरगंज, वाराको कलैया लगायतको क्षेत्रमा भएको भिडन्तहरु पनि पुर्णतह आन्दोलनकारीहरु र प्रहरी प्रशासन विच भएको देखिन्छ । आन्द्योलन लम्बिएर व्यवस्थापनको वाटोमा अघि नवढदा वा काठमाडौको देखिएको उदाशिनताले थप उग्रता बढाउदै लगेको देखिन्छ । वार्ताको कुनै ठोस प्रक्रिया सुरु गर्नु भन्द्या पनि जसरी पनि संविद्यान जारी गर्ने वाटोमा काठमाडौ वढीरहदा मधेश त्यती नै दिन दुगणा रात चौगुणा आक्रोशित हुदै गईरहेको देखिन्छ । आज विराटनगरको भन्सारमा भएको घटना होस वा हिजो जनकपुर र आज जलेश्वरमा भएको घटना होस त्यो सबै त्यसकै परिणती रहेको देखिन्छ । पछिल्लो केहि दिन यता आन्द्योलनकारीहरुको प्रर्दशनहरु भन्सार नाकाहरु तर्फ केन्द्रित हुन थालेको देखिन्छ भने प्रहरीहरु जसरी पनि वल प्रयोग गरेर त्यसलाई प्रभावहिन बनाउन लगीपरेको देखिन्छ । जसका कारण ठाउ ठाउमा भिडन्तहरु हुन गरेको देखिन्छ । आज भएको विराटनगर घटना होस, वा जलेश्वर, यस अघिको विरगंज, भैरहवा लगायतका घटनाहरु पनि त्यही सेरोफोरोमा भएको देखिन्छ ।

द्धन्द निमत्याउने संकेतहरु 



गएको १७ भदौमा रौतहट जिल्लामा स्थानिय संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र मुस्लीम संगठनले संयुक्त प्रेस विज्ञप्ति निकालेर प्रहरी प्रशासनको परिवारलाई तत्काल जिल्ला छाडने संकेत सहितको सार्वजनिक विज्ञप्ति निकाले । त्यस अघि नै रौतहटमा प्रहरी र आन्त्द्योलनकारीहरु विच झडपहरु हुन थाले पछि स्थानिय प्रहरी निकायले ग्रामिण भेगका  आफना स्थानिय पोष्टहरु सदरमुकामहरुमा ल्याइसकेका थिए । अद्योलनकारीहरु संग ठाउ ठाउमा झडपहरु हुन थाले पछि प्रहरी निकायले रौतहटमा मात्रै होईन मधेशका अन्य जिल्लाहरुमा पनि ग्रामिण पोष्टहरु धमाधम खाली गरेका थिए । नवलपरासी जिल्लामा त स्थानियवासी र ग्रामिण पोष्टहरु भएको कयौन ठाउहरुमा दाहोरो झडपहरु नै भए । जसको क्रममा धाईते भएका १ जना प्रहरी जवानको उपचारको क्रममा मृत्यु समेत हुन पुगे । नवलपरासीमा दाहोरो झडप पश्चात प्रहरीले अधिकांश मधेशी वाहुल्य दक्षिणी भेगका ग्रामिण इलाकावाट आफना पोष्टहरु खाली गर्न पुगे । त्यसैगरी भैरहवामा पनि प्रर्दशनकारी र प्रतिकारको नाउमा भएको भिडन्त लगतै ग्रामिण भेगहरुका प्रहरी चोकीहरु खाली गराइएयो ।
रौतहटमा गएको १७ गते स्थानिय मधेशी मोर्चा र मुस्लीम संगठनले असहयोग आन्दोलनको शिर्षकमा निकालिएको विज्ञप्तिमा प्रहरी परिवारलाई स्थानिय स्तरमा डेरा समेत नदिन चेतावनी दिएको थियो । उक्त सार्वजनिक अपिलको सुचना पाए लगतै राष्टिय मानव अधिकार आयोगले गएको सोमवार प्रेस विज्ञप्ति निकाल्दै उक्त घटनाको निन्दा गर्दै यस्ता कार्य नगर्न आन्द्योलनकारी शक्तिहरुको ध्यानाकर्षण गराए । राष्टिय मानअधिकार आयोगकी प्रवक्ता मोहना अंसारी भन्छन, आन्द्योलन चर्के संग मधेशको ग्राउण्डमा यो सहित जे जस्ता घटनाहरु देखिएका छन, यसले गम्भिर द्धन्द तर्फ हामी उन्मुख भईसकेको संकेत गर्छन । अंसारी हालै पश्चिमको नवलपरासी रुपन्देही र वारा पर्साको स्थलगत अध्यन गरेर फर्केकि छिन । उनी भन्छिन, आन्दोलनको क्रममा आन्दोलनकारी को टार्गेटमा प्रहरी प्रशासन र प्रहरी प्रशासनको स्थानिय स्तरमा भईरहेको व्यहवार दुवै भयानक छन । यसले दिर्घकालिन रुपमा समाज र राज्य विच द्धन्द्यहरु सिर्जना गरीराख्ने संकेतहरु गर्छन । आन्द्योलन चर्के संगै मध्य मधेशका जिल्लाहरुवाट झण्डै १ सय भन्दा वढी न्याधिसहरु आफनो क्षेत्रहरु छाडेर सर्वोच्चमा आएर कार्यक्षेत्रमा काम गर्न नसकिने समेत वताएका थिए । मधेशी समाजलाई नजिक वाट नियाल्नेहरु भन्छन, मधेशी आफुहरु सवै भन्दा वढी न्याधिश र प्रहरीवाट प्रताडित भएको् ठान्ने गरेकाले यी दुई ओटा निकाय अहिले अत्यद्यिक टार्गेटमा परेको देखिन्छ । प्रहरी प्रशासन राज्यको प्रतिनिधित्व गर्ने स्थायी स्थानिय निकाय हो । त्यसैलै यीनीहरुको वोली र व्यहवार दुवै समाजका लागी महत्व राख्ने गर्छन ।

सम्प्रदायीकतामा समेत गम्भिर दरार 



नेपाल तराई मधेश भनेर जान्ने पुर्वको झापा देखि पश्चिमको कन्चनपुर सम्मको भुभागकै कुरा गर्ने हो भन्ने त्यस क्षेत्र पहाडी भनिने समुदायको संख्या कम छैन । तथ्याकंहरुका अनुसार तराई मधेशको कुल जनसंख्याको झण्डै ३० देखि ३५ प्रतिशत यी समुदायहरुको बसोवास छन । र पहाडी र मधेशी समुदाय विचको बसाईको समान्यजस्ताहरु अत्यन्तै राम्रो देखिन्छ । पहिलो मधेश आन्द्योलन पश्चात मधेशका केही प्रमुख सहरहरु वाट पहाडी समुदायहरु विस्थापित हुन पुग्दा मधेशी अगुवाहरु नै त्यसप्रति चिन्ताहरु व्यक्त गरेका थिए । तर अहिले जारी आन्दोलनको क्रममा स्थानिय स्तरमा प्रहरी लगायतका सुरक्षा निकायले मधेशी समुदायले जे जस्ता व्यवहारहरु देखाईरहेका छन जसले भविष्यमा मधेशी समुदायको सम्रगमा पहाडी समुदाय प्रति नै नाकारात्मकता फैलाउने खालको रहेको देखिन्छ । हालै पुरै पुर्वी मधेशको आन्द्योलनमा सहभागी भएका तमलोपा अध्यक्ष महन्थ ठाकुरले दुई दिन अगाडी यो सवाददाता संगको कुरामा भनेका थिए, कतिपय ठाउमा प्रहरी लगायतका सुरक्षा निकायहरुले मधेशी समुदायलाई लक्षित गरेर यस्ता घृणित शब्दहरुको प्रयोग गरेको देख्न्छि कि यसले समाजलाई थप भडकाव तिर लग्ने सम्भावना छ । आन्दोलनलाई राम्ररी अध्यन गरीरहेका कतिपय अध्यनकर्ताहरुले समेत प्रहरी प्रशासनको देखिएको भुमिकाले समाज थप भडकाव तिर जान सक्ने सम्भावनहरु देखिन थालेका छन । उनीहरु भन्छन, एक त त्यतीकै काठमाडौले आफुहरुलाई नयां संविद्यानमा अधिकार नदिईरहेको बुझाई बोकेर मधेशी समाज आन्दोलनमा छन, त्यस माथी स्थानिय प्रहरीहरुको व्यहवार अत्यन्तै संकिंर्ण भएर प्रस्तुत हुदा त्यसले कुन स्तरमा प्रभाव पार्छ त्यसको आकंलन नगर्नु हामी सवैको लागी मुर्खता हुनेछ ।

No comments:

Post a Comment