Tuesday, September 8, 2015

मधेशमा किन हुदैछन काग्रेस -एमालेको पार्टी कार्यलय माथी आक्रमण ?

सोमवार जनकपुरको काग्रेस पार्टी कार्यलयमा गरिएको आगजनी

हिजो सोमवार जनकपुरमा काग्रेसको पार्टी कार्यलयमा आन्दोलनकारीहरुले आगजनी गरेका छन । एमालेको पार्टी कार्यलयमा पनि समान्य क्षती भएको छ । जनकपुरमा हिजो देखि सुरु भएको तनाव अझै समान्य भईसकेको छैन । तर जारी आन्दोलनको क्रममा जनकपुरमा पहिलो पटक चाही काग्रेस, एमालेको पार्टी कार्यलय माथी आक्रमण भएको होईन । यस अघि नै मोरड देखि कैलाली सम्मको अनेकन जिल्लाहरुमा यी पार्टीहरुको कार्यलयहरु तोडफोड र आगजनीको सिकार भईसकेका छन । महोतरीको जलेश्वरमा पनि यस अघि नै एमालको कार्यलयमा आगजनी गरिसकिएको छ , हालै विरगंजमा भएको हिंसात्मका तनावको वेला पनि त्याहा एमालेको पार्टी कार्यलयमा आगजनी गरियो । सप्तरी, रौतहट लगायतका जिल्लहरुमा पनि एमाले सहित काग्रेसको पार्टी कार्यलयहरुमा क्षती भईसकेको देखिन्छ । आखिर मधेशमा जारी आन्द्योलनको क्रममा किन काग्रेस, एमालेको पार्टी कार्यलयहरु माथी आन्दोलनकारीहरु जाई लाग्छन ?

जनकपुरमा बस्दै आउनु भएका वरिष्ठ साहित्यकार राजेन्द्र विमल भन्छन, क्रान्तिमा मानवीयता भन्ने विषय जहिले पनि गौण हुन जान्छ र भावनात्मकता र आवेश  प्रधान भएर प्रकट हुन्छ । त्यसैले मधेशमा जारी आन्द्योलनको क्रममा काग्रेस, एमालेको पार्टी कार्यलय माथी भईरहेको् आक्रमणलाई म समान्य रुपमा लिन्छू , विमल भन्छन । विमल भन्छन, आन्द्योलनकारीहरुको निशानामा जहिले पनि सत्ता पक्ष हुन्छ, आन्दोलन भनेकै सताको विपक्षमा हो, त्यसैले अहिले आम मधेशीको बुझाई के छ भने सतामा रहेका काग्रेस, एमालले हामीलाई अधिकार दिन चाहेका छैन वा दिइरहेका छैन, त्यसैले उनीहरुको कार्यलय माथी ठाउ ठाउमा आक्रमणहरु भइरहेको देख्छू, विमल यसरी विश्लेषण गर्छन । उनका अनुसार मधेश पुरै आन्दोलनको रापमा जलीरहदा काठमाडौले देखाउनु पर्ने साहुनभुती देखाईरहेका छैन, वरु वरिष्ठ भनाउदा नेताहरु थप घुणित तरीकाले मधेशको वा आन्द्योलनको वारेमा सार्वजनिक टिप्पणीहरु गरिरहेको छ, यसले अवस्थालाई थप असहजता तर्फ लगदै गरेको छ ।

सिमाकंन सहित नयां संविद्यानको कयौन मुद्धाहरुमा मधेशी पार्टीहरुले असन्तुष्टि राख्दै आन्दोलनमा होमिए पछि मधेशमा पुर्व देखि पश्चिम सम्म आन्द्योलन चर्किएको छ । पश्चिममा थरुहट प्रदेश र पुर्वमा मधेश प्रदेश कायम सहित निर्वाचन प्रणाली। समानुपातिक समावेशीता लगायतका मुद्धाहरुमा आन्द्योलनकारी मधेशी मोर्चाको अडान कायम देखिन्छ ।

जलेश्वरमा एमाले पार्टी कार्यलयमा गरिएको आगजनी


जानकारहरुका अनुसार पछिल्लो समयमा मधेशका जिल्लाहरुमा सतापक्ष अर्थात काग्रेस, एमाले र राज्यको निकाय अर्थात प्रहरी प्रशासन निशानामा देखिन्छ । केहि समय अघि पश्चिमको कैलालीमा प्रर्दशनकारीहरुको आक्रमणमा ८ जना प्रहरीहरुको मृत्यू हुन गयो । त्यसपछि असहज बनेको कैलालीको टिकापुर अझै पछि समान्य रुपमा फर्कन सकेको छैन । तर जानकारहरु भन्छन, अधिकारका लागी हुने यस्ता लडाईमा अपराधको आफनो सिमा होला तर त्यो वढी त्यसलाई राजनितीक रुपमा लिनु पर्ने हुन्छ , अन्यथा त्यसले दुर्गामी रुपमा थप समस्याहरु सिर्जना गर्दै लान्छन । जारी आन्द्योलनको क्रममा टिकापुर, नवलपरासी, विरगंज देखि भारदह घटना सम्मको आ आफनै राजनितीक सन्देश छ, एक विश्लेषक भन्छन, यीनीहरुको अपराधिक छानबिन समान्य प्रशासनिक प्रयोजन होला तर यी घटनाहरुलाई दुर्घकालिन व्यवस्थापनको रुपमा राजनितीक समाधान खोजीएन भने भविष्यमा यसले अत्यन्तै जटीलताहरु थप्दै जान्छन ।

सताधारी नेताहरुको व्यंगमा अघिल्लो साता जनकपुरमा निकालिएको जुलुस


टिकापुर घटना पश्चात यो संवाददाता संग तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले एउटा संवादमा भनेको कुरा पनि वडो घतलाग्दो छ । हिंसा, अपराध वा गैरराजनितीक चरित्रलाई पुरै अस्विकार गर्ने स्वभावका ठाकुरले पछिल्लो अवस्था वारेमा टिप्पणी गर्दै भनेका थिए, हेर्नुस आन्द्योलनकारीहरु भिडले के गर्छ त्यसलाई कसैले पनि नियन्त्रण वा योजना बनाउन सक्दैन ।  आन्दोलन भनेकै वडो अनौठो अभियान हो । जसमा सबै कुराहरु गौण हुन जान्छ र जनताको आवाज प्रधान भएर आउछ, ठाकुरले भने । उनले हिजो मात्रै यो संवाददातासंगको भलाकुसारीमा जारी आन्द्योलन र पछिल्लो अवस्थाको वारेमा केही घतलाग्दा दृष्टान्तहरु सुनाए । ठाकुरले आन्द्योलन उठिसकेको पछि एजेण्डा समेत गौण हुन थाल्ने गरेको विगतको लोकतान्त्रिक आन्द्योलनहरुको उदाहरण सुनाए । उनले भने, दोस्रो जनआन्दोलनको वेलामा दलहरु निरंकुश राजतन्त्रको अन्त्य गर्ने भन्ने उदघोष गरेका थिए, कहि पनि नेपाल गणतन्त्र हुन्छ भनेर भनेका थिएन तर जनताले सडकवाट त्यसको अर्थ गणतन्त्र हो भनेर भने पछि कोई पछि हटने अवस्था आएनन । ठाकुरले पछिल्लो समयमा काठमाडौमा मधेशी मोर्चाको आन्द्योलनको एजेन्डा  नै स्पष्ट नभएको सार्वजनिक अभिव्यक्तिहरु सुनाएको प्रति कटाक्ष गर्दै भने, अहिले हामीले विगतको सहमतीलाई एउटा रुपमा अथ्र्याईरहेका छौ तर आन्द्योलन चर्कदै निर्णयक विन्दू पुग्यो भन्ने त्यसको धेरै कुराहरुको व्याख्या अर्को स्तरमा पनि पुग्न जान्छ । त्यसैले काठमाडौ जती ढिला गर्दै जान्छ, यसले त्यती नै वढी मुल्य चुकाउनु पर्ने उनको विश्लेषण थियो ।

मधेशमा आन्द्योलन चर्कदै गए पछि काग्रेस एमाले देखि एमाओवादी सम्मका मधेशी नेताहरु आफुहरु पनि मधेशी जनताको आन्द्योलनको पक्षमा रहेको बताउन थालेका छन । १६ बुदे सहमतीमा हस्ताक्षर गर्दा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले मधेशी पार्टीहरुले यसको विपक्षमा जानुको कुनै तुक नभएको बताउने गरेका थिए । तर आज तीनै गच्छदार मधेशी तथा थारु आन्दोलनलाई सम्बोधन नभए सम्म आफु पनि जारी संविद्यान निर्माणको प्रक्रियामा सहभागी नहुने निर्णय गरेका छन ।

No comments:

Post a Comment