Wednesday, September 2, 2015

महन्थ ठाकुर र उपेन्द्र यादव कुटनितिज्ञ/राजनितीक भेटघाटमा व्यवस्त

उपेन्द्र यादव र महन्थ ठाकुर

मधेशमा आन्द्योलन चर्कीरहदा काठमाडौमा आएका मधेशी मोर्चाको प्रमुख दुई नेताहरु नेपाल स्थित विभिन्न कुटनितिज्ञ देखि सतारुढ दलहरु संग छलफलमा गर्न भ्याएका छन । हिजो मात्रै पुर्वी मधेशका सवै जिल्लहरुमा सम्बोधन गरेर तमलोपा अध्यक्ष ठाकुर र फोरम नेपालका अध्यक्ष यादव काठमाडौ आएका थिए । भोली फेरी यी दुवै नेताहरु मधेश झर्दै छन । १९ गते सिरहाको मिर्चैयामा मधेशी मोर्चाले आयोजना गर्न लागेको बृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रमका लागी ठाकुर र यादव काठमाडौ वाट जनकपुर हुदै त्याहा पुग्ने योजना छ । मोर्चाका अन्य शिर्ष नेताहरु मधेश मै छन । आन्द्योलन चलीरहदा काठमाडौ छिरेका यी दुई नेताले याहा विभिन्न उच्च स्तरीय भेटघाट देखि अनौपचारिक छलफलहरु गर्न भ्याएका छन । स्रोतका अनुसार हिजो मंगलवार फोरम नेपालका अध्यक्ष यादवले नेपाल स्थित युरोपियन युनियन तथा अमेरिकन राजदुतसंग छुटा छुटै बैठकहरु गरेका छन । त्यसैगरी तमलोपा अध्यक्ष ठाकुरले पनि काठमाडौ स्थित केही प्रभावशाली विदेशी राजदुतहरु संग छलफल गरेको उनी निकटस्तहरुले बताएका छन । मधेशमा आन्द्योलन चर्के सगं नेपाल स्थित कुटनितज्ञ निकायहरुको चासो वढेको देखिन्छ । भेटघाटको अवसरमा यादव र ठाकुरले जारी आन्द्योलन र नयां संविद्यानमा मधेशी पार्टीहरुले उठाउदै आएको सरोकारको विषयमा व्रिफिगं गरेका थिए ।


त्यसैगरी मधेशमै रहदा सतारुढ दलहरुको तर्फवाट वार्ताका लागी प्रधानमन्त्री संग दाहोरो पत्राचार गरेको मोर्चाका शिर्ष नेताहरु त्यही वाट टेलिफोनमा समेत कुराकानी गरीरहेका थिए । हिजो काठमाडौ आए पश्चात तमलोपा अध्यक्ष ठाकुर र फोरम नेपालका अध्यक्ष यादव दुवैले छुटा छुटै माओवादी अध्यक्ष प्रचण्ड संग भेटेर कुराकानी गरेको बुझिइएको छ । त्यसैगरी ठाकुर र प्रधानमन्त्री सुशिल कोईराला विच समेत आज भेटघाट भएको बुझिएको छ । यद्यपी ठाकुरले त्यसलाई पुष्टि गरेका छैन । उनले खाली टेलीफोनमा मात्रै कुराकानी भएको् बताएका थिए । त्यसैगरी फोरम नेपालका अध्यक्ष यादव संग काग्रेसका केही प्रभावशाली नेताहरुको समेत छलफल भएको बुझिएको छ । दुवै नेताहरुले गोप्य राखेका यी छलफलहरु वारेमा के्ही खुलाएका छैन ।

वरु काठमाडौ छुटा छुटै आयोजना गरिएको पत्रकार सम्मेलनमा ठाकुर र यादव दुवैले यथास्थितीमा सरकारी पक्षहरु संग आफुहरुले वार्ता नगर्ने जनाए । ठाकुर र यादव दुवै लगभग एउटा शैलीमा सरकारी पक्षहरुलाई संविद्यान निर्माणको प्रक्रिया रोक्दै विगतको सहमती सम्बोधन गर्न र हाल मधेशमा प्रहरी प्रशासनद्धारा भईरहेको ज्यादती तत्काल रोक्न माग गरेका छन ।

1 comment:

  1. वार्तामा जानु क्रांतिलाई धोखा हुनेछ, ख़बरदार! http://demrepubnepal.blogspot.com/2015/09/blog-post_63.html

    ReplyDelete