Wednesday, September 30, 2015

जागेको मधेश, चुकेको काठमाडौ ।

विरगंज रक्सौल सिमा नजिकै आन्दोलनकारीले आज टायर वालेर प्रर्दशन गर्दै
विरगंज 
आज मात्रै फेरी एमाले सन्दर्भमा एउटा समाचार आयो, एमाले मधेश केन्द्रित अभियान थाल्ने रे । मधेशमा गएको ४६ दिन देखि आन्दोलन चलीरहदा एमालेको वारेमा यही शिर्षक सम्भवहत ६ चोटी यो समाचार आईसकेका छन । तर आज दिउसो विरगंज पुग्ने वितिकै केहि साथीहरुलाई स्थानिय अवस्थाको वारेमा सोध्दा उनीहरुले त्यसलाई खिल्ली उडाए । एक स्थानिय पत्रकार भन्छन, हेर्नुस त काठमाडौमा केपी ओली र एमालेको निर्णयहरु आको आइ छन तर विरगंजमा उनका सभासद एक रात आफनो घरमा विताउन  सक्ने अवस्था छैन । मैलै अली प्रष्टाउन आग्रह गर्दा उनले सविस्तार चर्चा गरे । ३ असोजमा प्रमुख दलहरुको सहमतीमा नयां सविद्याँन जारी भएर पछि पर्सा वाट प्रत्यक्ष निर्वाचित एमाले सभासद विचारी यादव जिल्ला त आए तर एक दिन पनि याहा वस्न सकेन । उनलाई आफनो घरमा बस्न त्रास भए पछि छिमेकीहरु संग एक रातको बासको माग गरे तर छिमेकीहरुले समेत एमालेका नेता भएका कारण आफुहरु बास नदिने वताए पछि यादव त्यही दिन याहा वाट विस्थापित भए । स्थानियहरु भन्छन, एक रात आफनो घरमा विताउन नसक्नेहरुले मधेशमा अभियान चलाउन आउदै छन, यो कुरा सुनेर विरगंजमा मानिसहरु हासोठटाको रुपमा त्यसलाई उडाउने गर्छन । 

विरगंजका एक जना नागरिक अगुवा फुलमह्म्द मिया भन्छन, जारी मधेश आन्द्योलन प्रति काठमाडौले देखाएको रवैयाले मधेशी समाजमा काठमाडौ प्रतिको सोचमै उथलपुथल ल्याइ दिएको छ । मिया भन्छन, तपाई सहर वजारको कुरा अब मात्र नर्गुस, हिडनुस गाउ गाउ त्याहा के भईरहेको छ म देखाउछू तपाईलाई । उनका अनुसार मधेशी समुदायले नयां संविद्यानमा आफुहरुलाई नसमेटिकन काठमाडौ अघि वढेकाले अव उनीहरु संग आर कि पारको लडाई गर्नु पर्छ भन्ने मनस्थिती बनाएको देखिन्छ । उनी भन्छन, आज ४६ दिन भईसक्यो तर याहाको मधेशी समुदायमा रती पनि फिकिर छैन, सबैको तपाई एउटै आवाज सुन्नु हुन्छ, अधिकार नपाउन्जुल आन्द्योलन जारी राख्नु पर्छ ।

Tuesday, September 29, 2015

वार्तामा आन्दोलनरत सवै पक्षविच सहकार्य


गएको डेढ महिना देखि मधेश तथा थरुहटमा आन्द्योलनरत पक्षहरु संग सरकार वार्ताको अनौपचारिक कुराकानी अघि वढाए पछि आन्दोलनरत सवै पक्ष एकै सहकार्य गरेर अघि वढने आन्तरिक रणनिती वनाएका छन । सरकारी पक्षले आन्दोलनरत पक्षहरु संग वार्ताको क्रममा रणनितीक चाल प्रयोग गर्दै आन्दोलनको मुद्धालाई कमजोर वनाउन सक्ने सकेंतको आधारमा मधेशी मोर्चा सहित गच्छदारको मोर्चा, थरुहट संघर्ष समिती, राष्टिय मुस्लिम सघर्ष समिती विच यस्तो तालमेल हुन थालेका हुन । सरकारी पक्षले एउटा संग कुरा गर्ने वितिकै त्यो सवै कुरा हामी एक आपसमा सेयर गर्छौ, अनौपचारिक कुराकानीमा संग्लन तमलोपा सहअध्यक्ष हृदेश त्रिपाठी भन्छन, आन्दोलनको मुद्धा र आन्दोलनरत समुहलाई छुटा छुटै फकाएर आन्द्योलनको कमजोर व्यवस्थापन हुन हामी दिने छैनौ । आज मात्रै सरकारी वार्ता समितीले समय मागे पछि फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले तमलोपा अध्यक्ष महन्थ ठाकुर संग संगै कुराकानी गर्ने जानकारी सता पक्षलाई दिएका थिए । त्यस पछि सरकारी टोलीले संयुक्त रुपमा गच्छदार र ठाकुर संग कुराकानी गरेका थिए । पछिल्लो समयमा जारी मधेश आन्द्योलनका कारण नेपाल भारत नाकाहरु ठप्प भए पछि सरकारी पक्ष वार्ताका लागी चासोहरु राख्न थालेका छन ।

Sunday, September 27, 2015

वार्तामा किन यत्रो अडचन देखिदै छन ? 'साइड टक' मा सहभागी त्रिपाठी भन्छन - ओली, देउवा र सिटौला वार्ताका वाधक ।

प्रधानमन्त्री सुशिल कोईराला तमलोपा पार्टी कार्यलय पुगेर महन्थ ठाकुरसंग छलफल गरे पछि वार्ताको ठोस वातावरण चाडै निर्माण हुने चौतर्फी आशा फैलिएको थियो । तर त्यसो हुन सकिरहेको छैन ।

जारी मधेश आन्द्योलनको आज ४३ दिन छ । पश्चिममा त थरुहट बन्दको झन ४८ दिन नाघि सकेको छ । काठमाडौमा वार्तामा साकारात्मक संकेतहरु नदेखेकै कारण अघिल्लो हप्ता मधेशी मोर्चाले नेपाल भारत नाकाहरु ठप्प पार्ने कडा निर्णयमा पुगे । नाका ठप्प भएको ४ दिन वित्नै लाग्दा काठमाडौमा हाहाकार देखिएका छन । तर पछिल्लो समयमा सरकारी पक्ष र आन्दोलनरत मधेशी मोर्चा विच वार्ताका लागी प्रयासहरु चाही नभएको होईन । प्रधानमन्त्री सुशिल कोईराला आफै कुरा गर्न तमलोपा पार्टी कार्यलय र फोरम लोकतान्त्रिकको पार्टी कार्यलय पुगे पछि धेरैले अव चाडै वार्ता हुने आकंलन गर्न थालेका थिए । तर त्यसका् पनि एक हप्ता वित्न लागेको देखिन्छ । आज विहान मात्रै काग्रेसका उपासभापति रामचन्द्र पौडेल, नेताहरु महेश आचार्य र आनन्द प्रसाद दुंगाना तमलोपाका अध्यक्ष महन्थ ठाकुरको निवासमा पुगेर ठाकुर सहितको तमलोपाका नेताहरु हृदेश त्रिपाठी र सवेन्द्र नाथ सुक्लासंग कुराकानी गरे । नेताहरुले आजको कुराकानीलाई पनि अनौपचारिक नै भन्दै साईड टकको संज्ञा दिएका छन । काग्रेस नेता आनन्द प्रसाद दुगांनाले दलान संग कुरा गर्दै आफुहरु वार्ताका वातावरण बनाउने क्रममा तमलोपा नेतृत्व संग कुराकानी गर्न ठाकुरजीको निवासमा पुगेको बताए । दुंगाना भन्छन, हामी संसदको अधिवेशन १५ सुरु भन्दा पुर्व एउटा सहमतीमा पुग्ने प्रयास गर्दै छौ । दुगाना भन्छन, वार्ताको विकल्प छैन, त्यसैले जारी आन्द्योलनलाई कसरी सहमती गरेर सम्बोधन गर्ने वारेमा हामी विभिन्न ढंगले छलफलहरु अघि वढाईरहेको बताए । यता तमलोपा सहअध्यक्ष त्रिपाठीले सतापक्ष अझै वार्ताको सन्दर्भमा कुनै ठोस विन्दूमा पुगी नसकेको कुरा आजको बैठकमा पनि देखिएको बताए ।

Saturday, September 26, 2015

बाबुराम भटराई सहित एमाओवादीका असन्तुष्ट मधेशी नेता संग मधेशी मोर्चाको छलफल हुने ।

आज एमाओवादी परित्याग गरेको घोषणा गर्दै पुर्वप्रधानमन्त्री बाबुराम भटराई । फोटो - अनलाइनखवर

आज मात्रै एमाओवादीको सम्पुर्ण पद परित्याग गरेका पुर्वप्रधानमन्त्री डा बाबुराम भटराई सहित एमाओवादीका असन्तुष्ट मधेशी नेताहरु संग आन्द्योलनरत मधेशी मोर्चाले छलफल गर्ने भएका छन । केहि दिन अघि मात्रै भटराई एक विज्ञप्ति निकाल्दै जारी मधेश आन्द्योलन प्रति एक्यवद्धता जनाएका थिए । तमलोपाका सहअध्यक्ष हृदेश त्रिपाठीका अनुसार एमाओवादीका मधेशी नेताहरु यस अघि देखि नै जारी मधेश आन्द्योलनमा सहभागी भईरहदा आज पुर्व प्रधानमन्त्री भटराईले चालेको कदम साकारात्मक छ । त्रिपाठी भन्छन, भटराईको कदमले जारी मधेश आन्द्योलनलाई थप सहयोग पुग्ने भएकाले आन्दोलनरत मधेशी मोर्चा उनीसहित एमाओवादीका असन्तुष्ट मधेशी नेताहरु संग छलफल गर्ने तयारी गरेका छन । एमाओवादीका मधेशी नेता प्रभु साह जारी आन्द्योलन प्रति एक्यवद्धता जनाउदै संविद्यान जारी गर्दा प्रक्रियामा समेत सहभागी भएका थिएन । त्रिपाठी भन्छन, आन्द्योलन प्रति एक्यवद्धता जनाउदै जाहा जाहा वाट कदमहरु चालिन्छ, त्यो सवैलाई समेटेर अघि वढने योजनामा मधेशी मोर्चा छ ।

गच्छदार सहित अन्य संग कार्यगत एकताको तयारी ।

Friday, September 25, 2015

राजेन्द्र महतो काठमाडौमा । 'साइड टक' मा सहभागी नेताहरु भन्छन - दुईचार दिन अझै पख्नुस

तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालासंग मधेशी मोर्चाको ०६४ फागुन १६ गते भएको ८ बुदे सम्झौताको क्षण ।


मधेशमा आन्दोलन चर्किए संगै १ भदौमा सप्तरीको भारदहमा राजीव राउको मृत्यू भए पछि राजेन्द्र महतो काठमाडौवाट सप्तरी हिडेका थिए । राजीव राउतको मृत्यू भएको दिन साझ उनले पार्टी कार्यलयमा पत्रकार सम्मेलन गरेर सदभावना पार्टी संविद्यानसभा वाट वाहिरिएको घोषणा गरे । त्यस पछि मधेश झरेका उनी अव वार्ता पनि मधेशमै गर्ने भन्दै आन्द्योलन निष्कर्षमा नपुगे सम्म काठमाडौ नफर्कने घोषणा मात्रै गरेन । विच विचमा तमलोपा अध्यक्ष महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव काठमाडौ आउदा उनीहरुको कडा आलोचना पनि सार्वजनिक रुपमै गरे । तर आज उनी किन काठमाडौ आए भने कसैलाई पतो छैन । उनी निकटस्तहरुले भोली विरगंज जानका लागी आज विराटनगरवाट याहा आएको र भोली विरगंज जाने बताएका छन । तर पछिल्ले समयमा नाकाहरु बन्द भए पछि सरकारी पक्षहरु पनि वार्ताका लागी पनि विभिन्न प्रयासहरु गरीरहेको सन्दर्भमा कतिपय भित्रियाहरु यसलाई महत्वपुर्ण रुपमा लिएको बताउछन ।

के हुदै छ 'साईड टक' मा

Thursday, September 24, 2015

मधेश आन्द्योलनका कारण नेपाल भारत नाकाहरु ठप्प

विरगंज नाकामा मधेशी पार्टीका कार्यकर्ताहरु धर्नामा । आज देखि नाकाहरुमा २४ औ घण्टाहरु धर्ना दिने यीनीहरुले बताएका छन ।

हिजो मात्रै आन्दोलनलाई नाका र राजमार्गमा केन्द्रित गर्ने निर्णय गरेको मधेशी मोर्चाका कार्यकर्ताहरुले ठाउ ठाउका नाकाहरु धर्ना बसे पछि नेपाल र भारत विचको प्राय जसो सवै नाकाहरु आज देखि ठप्प भएका छन । मधेशी मोर्चाले प्रमुख तीनदलले आन्द्योलनलाई वेवास्ता गरेर अघि वढेको वढयै गरेको निष्कर्ष निकाल्दै काठमाडौलाई प्रभावित पार्ने गरी उक्त आन्दोलनको योजना बनाएको सार्वजनिक रुपमै टिप्पणी गरेका छन । गएको ४० दिन देखि मधेश आन्दोलनको राप जलीरहदा पनि शिर्ष नेताहरु वार्ता मार्फत त्यसलाई सम्बोधन गर्न गम्भिर नदेखिएको आरोप मधेशी नेताहरुले लगाएका छन । नयां संविद्यानमा मधेशको मुद्धालाइ नसमेटेर विगतको मध्ेश आन्द्योलनको क्रममा भएको सहमतीलाई प्रमुख दलहरुले नमाने पछि मधेशी पार्टीहरु चिडिएका छन । आन्दोलनमा रहेको मधेशी मोर्चा सहित अन्य सवै मधेशी पार्टीहरु आज विहानै देखि मधेशका विभिन्न सहरहरुमा वर्ने नाकाहरुमा गएर प्रर्दशनहरु केन्द्रित गरेका छन ।

जारी मधेश आन्दोलनमा कति भयो क्षती ? - मधेशी मोर्चाको सचिवालयले संकलन गरीरहेको तथ्यांकको प्रारम्भिक आकडा नै भयानक ।

अहिले सम्म आन्दोलकारी तर्फ कम्तीमा ३२ जनाको मृत्यू । १० प्रहरी अधिकारीको मृत्यू ।
 
प्रहरीको गोली वाट गम्भिर धाईते १७ जनाको काठमाडौमा उपचार हुदै ।
 
प्रहरीको गोली वाट धाईते १७२ जनाको जिल्लास्तर मै उपचार जारी ।
 
मधेशका सवै जिल्लाहरुमा धाईतेहरु संख्या २ हजार भन्दा वढी देखिएको प्रारम्भिक तथ्यांक ।
 
सुरक्षा निकायको त्रासका कारण कम्तीमा पनि ५ हजार भन्दा वढी भारत तीर पलायन ।
 
प्रहरीले आन्द्योलन सुरु भए देखि अहिले सम्ममा १ सय भन्दा वढीलाई नियन्त्रणमा लिएर विभिन्न मुद्धामा फसाउदै ।

विरगंजमा बन्दुक सहित तैनाथ सुरक्षकर्मी
नेपालको घरेलू देखि वाह्य सबै मानव अधिकारवादी संघ संस्था देखि निकायहरुले जारी मधेश आन्द्योलनको क्रममा सुरक्षा निकाय वाट व्यापक वल प्रयोग भईरहेको भन्दै त्यसको आलोचना हुदै आइरहेको छ । यता मोर्चाले आन्द्योलनलाई थप सशक्क्त बनाउदै अघि वढीरहेको छ । आन्द्योलन सुरु भए देखि नै सप्तरीको भारदह, कैलालीको टिकापुर, रुपन्देही, नवलपरासी, पर्सा, रौतहट, धुनषा, महोतरीको लगायतको ठाउमा ठुला ठुला घटनाहरु भएको सार्वजनिक भयो । प्रहरीको गोली वाट एकै दिनमा ६ जना सम्मको मृत्यु भया्े, सयौको संख्यामा धाईते भए । आन्द्योलनको नेतृत्व गरीरहेको सयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सचिवालयले पछिल्लो समयमा सरकारी पक्षहरु संग 'साइड टक' हरु हुन थाले पछि त्यसको तथ्यांक संकलनका लागी जिल्ला स्तरवाट  धाईते, मृतकहरु सहित क्षतीको विस्तृत विवरण संकलनमा लागी परेको देखिन्छ । विहिवार दिउसो सम्ममा मोर्चाको सचिवालयले संकलन गरेको तथ्यांकलाई मात्रै आधार मान्ने हो भन्ने जारी मधेश आनद्योलनको क्रममा कम्तीमा पनि ३२ आँन्दोलनकारी सहित १० जना प्रहरी अधिकारीहरुको मृत्यु भईसकेको छ । प्रहरीको गोली वाट गम्भिर धाईते भएका १७ जनालाई काठमाडौ ल्याएर हाल विर अस्पतालमा उपचार भईरहेको छ । ती १७ मध्ये ५ जना आज मात्रै डिस्चार्ज भएका छन ।

Wednesday, September 23, 2015

नाका र राजमार्ग केन्द्रित आन्दोलनलाई सशक्क्त बनाउने । हुलाकी राजमार्गमा मानव सागर ओर्लाने तयारीमा मधेशी मोर्चा


सप्तरीको राजविराजमा बसेको मधेशी मोर्चाको बैठकले जारी आन्द्योलनलाई निष्कर्षमा पुर्याउन अझै सशक्क्त भएर आन्द्योलनलाई अगाडी वढाउने निष्कर्ष निकालेको छ ।  हिजो राती देखि नै राजविराजमा बसेको मोर्चाको बैठक आज दिउसो मात्रै सकिएको थियो । बैठकले आन्दोलनलाई भन्सार नाकाहरु र राजमार्गहरुमा केन्द्रित गर्ने निष्कर्ष निकालेको तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवले वताए । यादवका अनुसार स्थानिय स्तरमा मधेशीहरुले राजमार्ग क्षेत्र र भन्सार नाका केन्द्रित आन्द्योलनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने वारे आफै योजनाहरु बनाउने छन । बैठकले जारी आम हडताल जारी राख्ने भन्दै सरकार संग वार्ताको ढोका पनि खुल्लै रहेको जनाएको छ । काठमाडौ प्रभावित पार्ने गरी भन्सार र राजमार्ग केन्द्रित आन्द्योलनलाई सशब्क्त बनाएको मोर्चाका नेताहरुले बताएका छन । मार्चाको राजविराज बैठकले आन्दोलनमा सुरक्षा निकाय वाट व्यापक वल प्रयोग भएको भन्दै सर्वोच्च अदालत र अन्तराष्टिय फैजदारी अदालतमा त्यस विरुद्ध मुदा दायर गर्ने पनि निर्णय गरेको छ ।

Tuesday, September 22, 2015

महन्थ ठाकुर र प्रधानमन्त्री विच दोहरी ?

प्रधानमन्त्री - वार्तामा आउनुस । ठाकुर - मधेश वाट सेना फिर्ता गर्नुस अनि वार्ताको कुरा गर्नु होला । प्रधानमन्त्री - तोडफोड नहुने जिम्मा लिनुस, यही वाट सेना फिर्ताको लागी साथीहरु संग कुरा गछू । 

तमलोपाको पार्टी कार्यलयमा प्रधानमन्त्री कोइराला


१ महिना भन्दा वढी समय देखि मधेशमा आन्द्योलतरत मधेशी मोर्चाका एक शिर्ष नेता महन्थ ठाकुर काहा प्रधानमन्त्री सुशिल कोईराला मंगलवार विहानै वार्ता गर्न पुगे । तमलोपाको विजुलीवजार स्थित पार्टी कार्यलयमा विहानै प्रधानमन्त्री पुगेको पार्टीकै धेरै पदाधिकारीहरुलाई थाहा थिएन । मंगलवार तमलोपा अध्यक्ष ठाकुर राजविराज जाने कार्यक्रम थियो । त्यही भएर उनी पार्टी कार्यलय आउने कुनै जानकारी थिएन । तर अचनाक मंगलवार विहानै पार्टी कार्यलयका कर्मचारीहरु खवर आयो अध्यक्षज्यू आउदै हुनुहुन्छ । तमलोपा अध्यक्ष ठाकुर मात्रै आएन सहअध्यक्ष हृदेश त्रिपाठी पनि पार्टी कार्यलय पुगे । केहि वेर मै सरकारी झण्डावाला गाडी विजुलीवजारको पुल मुनि तमलोपाको पार्टी कार्यलय निर ढयाक्क रोक्यो । विहानै भएकाले पार्टी कार्यलयमा खासै चहलपहल पनि थिएन । झण्डावला गाडी वाट प्रधानमन्त्री आफनो दुई जना सहयोगी नेताहरुको साथमा निस्कदै छेउमै रहेको चिया पसलका मानिसहरु पनि एक पार्टी कार्यलय तिर यसो हेर्न थाले । प्रधानमन्त्री कोइराला आफनो दुई जना नेताहरुको साथ ठाकुरको वैठक कक्ष दोस्रो तल्लामा गए । जाहा ठाकुर र त्रिपाठीले उनलाई स्वागत गरेका थिए । तमलोपा स्रोतका अनुसार हिजो अवेर राती मात्रै प्रधानमन्त्री कोईरालाले ठाकुरलाई फोन गरेर भोली म भेटन आउछू भनेका थिए । प्रतिजवाफमा ठाकुरले आफु विहानै १० वजे विराटनगरको फलाईट समात्ने एयरपोर्ट जानु पर्ने भएकाले उता वाट फर्के पछि भेटन भने । तर प्रधानमन्त्रीले होईन म एका विहानै तपाई जाहा भन्नु हुन्छ, त्यही आउछू भन्यो । ठाकुरले त्यस पछि ९ वजे सम्म पार्टी कार्यलय आउनुस आधा घण्टा भेटन सकिन्छ भनेर प्रधानमन्त्रीलाई भने । प्रधानमन्त्रीले ८ ः३० नै भने किनकी १० वजे ठाकुरलाई हिडनु पर्ने थियो । त्यही भएर ठाकुर साढे ८ वजे पार्टी कार्यलय पुगेको थियो र प्रधानमन्त्री पनि पुग्दा ८ वजेर ४० मिनेट भईरहेको थियो ।

Monday, September 21, 2015

भोली राजविराजमा मधेशी मोर्चाको बैठक बस्दै


आन्दोलनरत मधेशी मोर्चाको बैठक भोली सप्तरीको राजविराजमा बस्दै छन । प्रमुख दलहरुले १ महिना भन्दा लामो समय देखि मधेशमा जारी आन्दोलनलाई वेवास्ता गर्दै हिजो संविद्यानसभावाट नयां संविद्यान जारी गरेका छन । आन्दोलनलाई वेवास्ता गरेर प्रमुख दलहरु अघि वढेको वढयै गर्दा मधेशी मोर्चाले अगामी रणनिती तय गर्ने वारेमा पछिल्लो केहि दिन यता आन्तरिक गृहकार्यहरु गर्दै आएका थिए । भोली सप्तरीको राजविराजमा मोर्चाको विरोध कार्यक्रममा समेत सहभागी हुन शिर्ष नेताहरु त्याहा पुग्ने भएकाले मोर्चाको बैठक राजविराज मै गर्ने निष्कर्ष मधेशी पार्टीहरुले निकालेका छन । सदभावना का राजेन्द्र महतो मधेशमा भएकाले र काठमाडौ वाट दुई दिन अगाडी मात्रै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव तथा तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादव नयां संविद्यानको विरोध कार्यक्रममा सहभागी हुन मधेश झरेका थिए । भोली राजविराज कार्यक्रमका लागी तमलोपा अध्यक्ष महन्थ ठाकुर पनि त्यही जादै छन । मोर्चाका सबै शिर्ष नेताहरु राजविराज पुगे पछि मोर्चाको बैठक त्यही गर्ने भएको नेताहरुले बताएका छन । यस अघि काठमाडौ अघिल्लो साता भएको मोर्चाको बैठकले प्रमुख तीन दलहरु संविद्यान जारी गर्न अगाडी वढी सकेका कारण ३ गते सम्म स्थिती हेर्ने रणनिती वनाउदै त्यसलाई केन्द्रित गर्दै विरोधका कार्यक्रमहरु आज सम्मको लागी सार्वजनिक गरेका थिए । मोर्चाका शिर्ष नेताहरुले आन्द्योलनलाई निष्कर्षमा पुर्याउन थप सश्क्क्त आन्दोलन अगाडी वढाउनु पर्ने वताएका छन ।

काठमाडौ देखि मधेश सम्म जलाइयो नयां संविद्यान । मधेशका ठाउ ठाउमा विशाल प्रर्दशनहरु

विरगंजमा जारी नयां संविद्यान जलाउदै सदभावना पार्टीका अधयक्ष राजेन्द्र महतो
आन्दोलनरत मधेशी मोर्चाले काठमाडौ देखि मधेशका गाउ गाउ सम्म नयां संविद्यानलाई जलाएका छन । यस अघि नै मधेशका मुद्धालाई सम्बोधन नगरेको भन्दै मधेशी मोर्चाले जारी हुने संविद्यान चलाउने औपचारिक निर्णय नै गरेका थिए । गएको १ महिना भन्दा वढी देखि पुर्व देखि पश्चिम सम्म मधेशी तथा थारु समुदायहरु आन्द्योलनमा छन । तर हिजो मात्रै यीनीहरुको वेवास्ता गर्दै प्रमुख दलहरुको सक्रियतामा संविद्यानसभा वाट नेपालको नयां संविद्यान २०७२ जारी गरिएको थियो । हिजो वेलुकि संविद्यानसभा वाट नयां संविद्यान जारी भए लगतै मधेशी पार्टीहरुले त्यसको विरोधमा व्लायक आउट गरेका थिए । व्लायक आउटको क्रमा ठाउ ठाउमा मधेशी युवाहरुले नयां संविद्यान समेत जलाएका थिए । मधेशी मोर्चाले आज ४ गते मधेशका गाउ गाउमा नयां संविद्यान जलाउने कार्यक्रम राखेका थिए । संविद्यान चलाउने विरोध कार्यक्रममा मधेशी मोर्चाका शिर्ष नेताहरु आफै देखिएका थिए । आन्द्योलनरत मधेशी पार्टीहरु हिजो संविद्यानसभावाट जारी भएको नेपालको संविद्यान २०७२ मा हस्ताक्षर समेत गरेका छैन । उनीहरु पछिल्लो प्रक्रिया प्रति असन्तुष्टि जनाउदै संविद्यानसभालाई १६ बुदे सहमती पश्चात वहिष्कार गर्दै आएका थिए ।

Sunday, September 20, 2015

नेपालको संविद्यान २०७२ जारी । जारी संविद्यानको विरोधमा मधेशमा 'व्लायक आउट'

राष्टपति रामवरण यादव संविद्यान जारी गर्दै

अन्तह संविद्यानसभा मार्फत नेपालको संविद्यान २०७२ आइतवार जारी भएको छ । संविद्यानसभाले आयोजना गरेको एक विशेष समारोहमा राष्टपति रामवरण यादवले नेपालको संविद्यान २०७२ जारी भएको घोषणा गरेका थिए । जारी संविद्यानको प्रक्रियाको सुरु देखि नै मधेशी पार्टीहरुले विरोध गर्दै आएका थिए । त्यसको विरुद्धमा आन्द्योलनमा रहेको मधेशी पार्टीहरुको सभासदले यो संविद्यानमा हस्ताक्षर गरेका छैन । आन्दोलनरत मधेशी मोर्चाले आफहरुको मागलाई जारी संविद्यान निर्माणको प्रक्रियामा वेवास्ता गरेको भन्दै माग सम्बोधन नहुन्जेल संविद्यान नमान्ने सार्वजनिक घोषणा गरीस्केका छन । उनीहरुले आज जारी गरिएको संविद्यानको विरोधमा आज वेलुकि १ घण्टा व्लायक आउट गरेका छन । काठमाडौ सहित मधेशका जिल्लाहरुमा सम्पुर्ण मधेशीहरुले आन्दोलनरत मधेशी मोर्चाले वेलुकि ७ वजे देखि ८ वजे सम्म वति निभाएर व्लायक आउट विरोध कार्यक्रममा सहभागी हुन अपिल गरेका थिए । मोर्चाले भोली आज जारी गरिएको संविद्यान चलाउने कार्यक्रम सार्वजनिक गरेको छ ।

Saturday, September 19, 2015

भारतीय विशेष दुत समकक्ष ओलीको गुनासो - 'मधेशमा हामीलाई मधेशीहरुले उठिवास गरायो ।'


हिजो मात्रै भारतीय प्रधानमन्त्रीको विशेष दुतको रुपमा काठमाडौमा आएका विदेश सचिव एस जयशंकर समकक्ष एमाले अध्यक्ष ओलीले जारी मधेश आन्द्योलनको क्रममा आफुहरु मधेशवाट उठिवास गराएको भन्दै गुनासाहरु राखेका थिए । जारी मधेश आन्द्योलनलाई सम्बोधन गरेर संविद्यान जारी गर्नु पर्ने पक्षमा देखिएका भारतीय पक्षले आफनो सन्देश सहित विदेश दुतलाई हिजो १ दिने काठमाडौ भ्रमणमा पठाएका थिए । काठमाडौ उत्रे पछि सबै भन्द्या पहिला एमाले अध्यक्ष ओली जयशंकरले भेटन गएका थिए । भेटमा जयशंकरले मधेशमा जारुी आन्द्योलनलाई वार्ता मार्फत सहमती गरेर अघि वढदा नयां संविद्यानको दिगोपन हुने बताए पछि ओलीले उनी समकक्ष मधेशी पार्टीहरुको नियतवस आफहरुलाई लक्षित गरेर मधेशमा आन्द्योलन गरीरहेको गुनासा पोखेका थिए । ओली संग दुई घण्टा लामो भेटवार्ता गरेर जयशंकर लैनचौर स्थित भारतीय राजदुतावासमा मधेशी मोर्चाका शिर्ष नेताहरु संग लन्च बैठक गरेका थिए । उक्त बैठक स्रोतले दिएको जानकारी अनुसार जयशंकरले सवै भन्द्या पहिला मधेशी नेताहरु सामु ओलीले उनी समकक्ष गरेको गुनासाहरु राखेका थिए । जयशंकरले एमाले अध्यक्ष ओलीले आफुलाई मधेशका जिल्लाहरु एमाले पार्टी कार्यलयमा आगजनी, एमाले सभासदहरुको घरमा तोडफोड र एमालेका नेताहरु माथी संघातिक हमला समेत गराउने काम भईरहेको भन्दै गुनासो पोखेको बताएका थिए ।

Friday, September 18, 2015

भारतीय विशेष दुत र गच्छदार/ठाकुर नेतृत्वको दुवै मधेशी मोर्चा विच छलफल । काठमाडौलाई दिल्लीको सन्देश सुनाउनमा व्यवस्त ।


संविद्यान जारी गर्ने अन्तिम समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश दुतको रुपमा आज विहान काठमाडौ आएका भारतीय विदेश सचिव एस जयशंकरले विजय गच्छदार तथा महन्थ ठाकुर नेतृत्वको मधेशी मोर्चा संग छुटा छुटै छलफलहरु गरेका छन । काठमाडौमा उत्रे संगै उच्च स्तरीय राजनितीक भेटघाटमा व्यवस्त जयशंकर दिउसो लैनचौर स्थिती भारतीय दुतावासमा लन्च सहित महन्थ ठाकुर नेतृत्वको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शिर्ष नेताहरु संग भेटघाट गरेका थिए भने वेलुकी फोरम लोकतान्त्रिका अध्यक्ष विजय गच्छदार संग एक्लै भेटेका छन ।

मधेशी मोर्चाका नेताहरु संगको भेटमा विशेष दुत जयशंकरले मधेशमा जारी आन्द्योलन वारेमा मधेशी नेताहरु वाट जानकारी लिएका थिए । भेटमा भारतीय पक्षको तर्फवाट जयशंकरले मधेशी शक्तिहरुलाई के सन्देश दिएका छन भन्ने अहिले सम्म खुल्न सकेका छैन । भेट गरेका नेताहरु आफहरुले मधेशको आन्द्योलनवारेमा भेटमा कुरा राखेको वताए पनि उनले दिल्लीको के सन्देश दिए भन्ने खुलाएका छैन ।

Thursday, September 17, 2015

भारतीय प्रधानमन्त्री मोदीको विशेष दुतको रुपमा एस जयशंकर किन काठमाडौ आउदै छन ?

भारतीय विदेश सचिव एस जयशंकर

संविद्यानसभाले नयां संविद्यान पारित गरेको दुई दिन पछि शुक्रवार विहान ९ वजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दुतको रुपमा भारतीय विदेश सचिव एस जयशंकर काठमाडौ आउदै छन । विहिवार विहान मात्रै नेपाल स्थित आफनो राजदुतलाई भारतीय पक्षले दिल्ली वोलाएका थिए । दिल्ली जानु अघि भारतीय राजदुत रन्जित रे राष्टपति रामवरण यादवलाई भेटेका थिए । रे दिल्ली पुगेको केहि घण्टामै भारतीय विदेश सचिव जयशंकरको काठमाडौ यात्राको समाचार वाहिर आएको थियो । गएको सोमवार मात्रै भारतीय विदेश मन्त्री सुष्मा स्वराजले एक वक्तव्य जारी गर्दै नेपालका प्रमुख दलहरुलाई मधेश र थारुहरुको जारी आन्द्योलनलाई लचकताका साथ सम्बोधन गर्न आग्रह गरेका थिए । नयां संविद्यानको प्रक्रिया प्रति असन्तुष्टि पोख्दै मधेशी पार्टीहरु आन्दोलनमा होमिए पछि मधेश पुर्वी देखि पश्चिम सम्म गएको १ महिना देखि आन्द्योलनरत छन । मधेशमा जारीआन्द्योलनको क्रममा अत्यद्यिक हिंसात्मक घटनाहरु भए पनि सरकारी पक्षहरु वार्ताका लागी खासै गम्भिर पहल गरेको देखिएन । वरु गृहमन्त्री देखि प्रमुख पार्टीका शिर्ष नेतृत्वहरु जारी आन्दोलनको खिल्ली उडाउन मै व्यस्त थिए । प्रधानमन्त्रीले औपचारिक रुपमा दुई चोटी पत्र पठाए पनि वार्ताका लागी खासै चासो नै नदिएको मधेशी पार्टीहरुका शिर्ष नेताहरु बताउने गरेका छन । मधेशमा हिंसात्मक घटनाहरु हुनासाथ भारतीय पक्षहरुले गम्भिर चासोहरु देखाएका थिए । टिकापुर घटनाको भोली पल्ट भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री सुशिल कोईरालालाई फोन नै गरेर सवैलाई समेटेर अघि वढन सुझाएका थिए । काठमाडौ स्थित भारतीय राजदुतले गृहमन्त्रीलाई भेटेर जारी आन्दोलनको वारेमा कुराकानी गरेका थिए । अघिल्लो शुक्रवार भारतीय राजदुतले एमाले अध्यक्ष ओली र एमाओवादी अध्यक्ष प्रचण्डलाई भेटेरै जारी प्रक्रिया केहि दिनका लागी स्थिगीत गरेर वार्ता गर्न सुझाए । तर प्रमुख दलहरुलाई पनि आलटाल गरेर दिन स्थिगीत त गर्यो तर वार्ताको खासै पहल गरेन । यती सम्मको गएको सोमवार भारतीय विदेशमन्त्री स्वराजले दिएको वक्तव्यलाई लाई समेत काठमाडौमा आफनै ढंगले व्याख्या गरियो । भारतीय राजदुतले वुधवार काठमाडौ स्थित सम्पादकहरुलाई वोलाएर तपाईहरुले वक्तव्यलाई वंगाएको गुनासा मात्रै पोखेनन वरु आफनो स्टयान्ड पनि प्रष्ट पारे । त्यसको भोली पल्ट अर्थात विहिवार उनी दिल्ली उडे ।

हाथहतियार तथा केहि सार्वजनिक अपराधको मुद्धामा संजय साह सर्वोच्च द्धारा दोषी ठहर


सदभावना पार्टीको उपाध्यक्ष समेत रहेका निलम्बित सभासद संजय साह सर्वोच्च अदालतद्वारा अवैध हात हतियार बोकेर हिडेको र केही सार्वजनिक अपराधमा गरेको अभियोगमा दोषी ठहर भएका छन्। यसअघि जनकपुर हत्याकाण्डमा पूर्पक्षका लागि थुनामा रहेका साहपछि अर्को अभियोगमा अदालतले घटना भएको १२ वर्षपछि दोषी ठहर गरेको हो। २०६८ सालदेखि सर्वोच्चमा विचाराधीन रहेको दुई मुद्दामा बिहीबार फैसला सुनाउँदै सर्वोच्चले पूनरावेदन अदालत जनकपुरको फैसला सदर गर्दै साहलाई दोषी ठहर गरेको हो। अवैध हतियार राखेको भन्दै साहलाई एक वर्ष नौ महिना कैद र पाँच हजार जरिवाना हुने पूनरावेदनको निर्णय सर्वोच्चले सदर गरेको छ। न्यायाधीश वैद्यनाथ उपाध्याय, देवेन्द्र गोपाल श्रेष्ठ र चोलेन्द्र शम्शेरको पूर्ण इजलाशले जनकपुर पूनरावेदन अदालतको फैसला मिलेकै देखिएको भन्दै सदर हुने निर्णय सुनाएको हो। २०६० जेठ ३ गते धनुषा जिल्लाको सखुवा महेन्दनगर गाविसको बजारमा होहल्ला गरेको अवस्थामा हतियारसहित पक्राउ गरेको भन्दै हात हतियार तथा खर खजाना र केही सार्वजनिक अपराधमा चलेको मुद्दा २०६३ देखि मुद्दा विचाराधीन रहेको थियो।
 
मधेशमा जारी आन्दोलन चर्केसंगै प्रशासनले उनलाई सिरहावाट काठमाडौ ल्याएका थिए । प्रशासन स्रोतले मधेशमा आन्दोलन चर्के संगै उनको फेसवुक पेज अपडेट हुन थालेका थिए । जसमा आन्द्योलनमा सबैलाई सहभागी हुनुको साथै स्थिती भडकाउने खालको स्टेटसहरु लेखिएको थियो । त्यस लगतै जनकपुरमा भएको प्रर्दशनमा उनको केहि गुण्डाहरु आन्दोलनकारी युवावाट कुटिएका पनि थिए । प्रशासनले उनले सिरहा रहदा त्याहा वाट हुन सक्ने खतरालाई मध्यनजर गर्दै उनलाई काठमाडौ सारेका थिए । साथै यो मुद्धा पनि तत्काल व्युताउने रणनितीमा प्रहरी पुगे । किनकी उनी जनकपुर बम काण्डमा प्रकाउ परेको,  त्यो मुद्धाको फैसला हुन समय लाग्ने भएकाले उनलाई छोडाउन विभिन्न राजनितीक चलखेलहरु पनि सुरु भएको थियो । प्रशासनले सदभावना पार्टीले उनलाई अहिले सम्म पार्टीवाट निष्काशन नगर्दा भोलीको दिनमा राजनितीकरण गर्ने सम्भावना देखेर उनको यो मुद्धालाई अगाडी ल्याएको थियो ।

Wednesday, September 16, 2015

हिंसाको सकसमा मधेशको ‘राजनितीक चेतना’

राजनितीकशास्त्री प्राध्यापक कृष्ण हाछेतू भन्छन, जारी मधेश आन्दोलन अहिले राज्य विरुद्ध देखिए पनि यो चाडै ‘मधेशी भर्सेज पहाडी’ को जातीय हिंसामा परिणत लक्ष्णहरु देखिन थालेका छन । 



१ महिना देखि आन्दोलनरत मधेशमा अहिले सम्म कम्तीमा पनि ४४ जनाको ज्यान गइसकेको छ । संघियता सहितको नयां संविद्यानको मुद्धाहरु प्रति असन्तुष्टी पोख्दै आन्दोलनमा होमिएको मधेशमा जारी आन्दोलनको क्रममा प्रर्दशनकारीहरु संगै प्रहरीहरु पनि दर्जनौको संख्यामा मारिए । सप्तरीको भारदहवाट सुरु भएको हिंसात्मक घटनाहरु हिजो वुलेकी रुपन्देहीमा भएको ४ बर्षीय वालकको हत्या सम्म आइपुग्दा देश मात्रै होईन कि विदेशहरुको पनि सरोकारहरु प्रगट भईरहेको छ । आन्द्योलनमा अत्यद्यिक वल प्रयोग भइरहेको भन्दै राष्टिय मानव अधिकार आयोग देखि संयूक्त राष्ट संघ हुदै भारत, अमेरिका सबैले गम्भिर हुन सम्बन्धित पक्षहरुलाई आग्रह र सचेत गराउन थालेका छन । तर पनि नेपालको प्रमुख भनाउदा दलहरु यसलाई सम्बोधन गर्दै अघि वढने पक्षमा देखिएन । उनीहरु संविद्यान निर्माणको प्रक्रियालाई अगाडी वढाउदै आउदो आईतवार नेपालको नयां संविद्यान जारी गर्दै छन । आन्द्योलनरत पक्षहरुले यो संविद्यान नमान्ने सार्वजनिक घोषणा नै गरीसकेका छन । यस्तो अवस्था संविद्यान जारी भए पछि स्थिती झनै भयावह होला भन्ने त्रास मधेश देखि पहाड सम्मै छ । आखिर के छ त पछिल्लो अवस्था ?

राजनितीकशास्त्री प्राध्यापक कृष्ण हाछेतू भन्छन, जारी आन्द्योलनले नेपाललाइ दुई किता प्रष्ट रुपमा विभाजित गरी सके । यसलाई जती सम्बोधन गर्न ढिला हुन्छ, यसले त्यती नै विकराल रुप लिने निश्चित छ । हाछेतू भन्छन, मधेश र थारुको जारी आन्दोलन अहिले राज्य विरुद्ध देखिए पनि यो जातीय स्वरुप ग्रहण गर्छ, गर्छ, यसलाई रोक्न सकिदैन र केहि महिना भित्रै यो् मधेशी भर्सेज पहाडीको द्धन्दको भयानक रुपमा अगाडी आउछन । मधेश आन्दोलन माथी गहिरो अध्यन गरेका हाछेतू मधेशीहरुको राजनितीक मनोविज्ञानलाई सहि ढंगले नेपालको संस्थापन पक्षले बुझन नसक्दा र त्यसलाई व्यवस्थापनमा चासो नदिएका कारण परिस्थिती गम्भिर भविष्य तीर अगाडी लम्किरहेको बताउछन ।

मधेशी मोर्चा द्धारा अगामी रणनिती वारे छलफल सुरु । ४ गते पछि थप सशक्क्त आन्दोलनको तयारी


मधेशमा आन्दोलनरत मधेशी मोर्चाको बैठक आज देखि सुरु भएको छ । आन्दालनको १ महिना भइसक्दा पनि सतापक्ष मुद्धालाई सम्बोधन गर्नुको सटा संविद्यान जारी गर्न अघि वढे पछि मोर्चा अगामी रणनिती वारे छलफलहरु सुरु गरेका छन । मोर्चाले जारी प्रक्रियावाट घोषणा हुने नयां संविद्यान आफुहरुले नमान्ने यस अघि नै घोषणा गरिसकेका छन । आज तमलोपा अध्यक्ष महन्थ ठाकुरको निवासमा भएको मार्चाको बैठकले अगामी ४ गते सम्म जारी आन्दोलन कायमै रहने र त्यस पछि ५ गते वाट थप सशक्क्त आन्दोलनको घोषणा गर्ने निचोड निकालेका छन । ३ गते संविद्यानसभाले संविद्यान जारी गर्ने भए पछि मोर्चाका शिर्ष नेताहरु हेर र पर्खको मुडमा छन । आज बसेको मोर्चाको बैठकमा जारी आन्दोलनको समिक्षा, धाईतेहरुको भईरहेको उपचार तथा अगामी आन्दोलनको रणनितीवारे नेताहरुले छलफल गरेका थिए । भोली विहान फेरी तमलोपाको पार्टी कार्यलयमा मोर्चाको बैठक बस्दै छन । ३ गते संविद्यानसभाले जारी गर्ने संविद्यानको विरोधमा मोर्चाले काठमाडौ सहितको आन्दोलनरत मधेशका सबै जिल्लाहरुमा व्यापक विरोध कार्यक्रमहरुको आयोजना गर्ने छन । ४ गते मधेशका गाउ गाउमा संविद्यान जलाउने कार्यक्रम पनि गर्ने मोर्चाको बैठकमा सहभागी सदभावना पार्टीका महसचिव मनिष सुमनले बताए ।

Tuesday, September 15, 2015

३ गते सम्म मधेशी शिर्ष नेताहरु 'हेर र पर्ख' को मुडमा । मधेशका ठाउ ठाउमा विशाल प्रर्दशनहरु जारी



सतारुढ पक्षहरु संविद्यान जारी गर्ने मिती तोक्दै प्रक्रियालाई अगाडी वढाए पछि आन्द्योलनरत मधेशी मोर्चाका शिर्ष नेताहरु ३ गते सम्मको घटना क्रममलाइ लिएर हेर र पर्खको मुडमा छन । गएको एक महिना देखि मधेशमा जारी आन्दोलनले सतारुढ पक्षहरु मधेशको विगतको सम्झौताहरु कार्यवन्यनका लागी कुनै साकारात्मक संकेत नदिए पछि मधेशी मोर्चा सहित आन्दोलारत पक्षहरु अव आन्दोलनलाई थप सशक्क्त कसरी बनाउने वारेमा विभिन्न पक्षहरु संग आन्तरिक छलफलहरु समेत गरीरहेको बुझिएको छ । यद्यपी नेताहरुका अनुसार ३ गते संविद्यानसभा ले घोषणा गर्ने नयां संविद्यानको प्रक्रियालाई शिर्ष नेताहरु अत्यन्तै सुक्ष्म रुपमा नियालीरहेका छन ।  संविद्यानसभामा रहेका सबै मधेशी पार्टीहरुले संविद्यानसभा वहिष्कारमा छन । एक तिर आन्दोलनले मधेशमा दिनहू माननिय तथा भौतिक क्षतीहरु भइरहेको छ भने अर्को तर्फ सतापक्ष पेलेर अघि वढे पछि आन्दोलनरत पक्षका नेतृत्वकर्ता असहजतामा फसीसकेको महसुस गरीरहेका  छन । सबै मधेशी नेतृत्वहरु जारी आन्दोलनलाई कसरी सार्थक बनाउने वारेमा गम्भिर देखिएका छन, एक नेता भन्छन, तर ३ गते सम्मको केन्द्रिय राजनिती कसरी अगाडी वढछन त्यसलाइ हेरेर मात्रै अगामी रणनिती बनाउने  मुडमा छन । मोर्चाका प्राय जसो शिर्ष नेताहरु अहिले काठमाडौमै छन । मोर्चामा आबद्ध तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमसपाका महेन्द्र यादव काठमाडौमै छन भने सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आज जलेश्वरको शव यात्रामा सहभागी हुन त्याहा पुगेका छन ।

Monday, September 14, 2015

आन्दोलनलाई सम्बोधन गर्न भारतको औपचारिक आग्रह

भारतीय विदेश मन्त्री सुष्मा स्वराज

नेपालको राजनितीमा प्रभावशाली मानिने दक्षिणी छिमेकी भारतले नेपालको विभिन्न भागमा चलीरहेको आन्द्योलन प्रति आफुहरुको गम्भिर चासो भएको भन्दै त्यसलाई यथासक्दो चाडो सम्बोधन गर्न नेपालको प्रमुख दलहरु संग आग्रह गरेको छ । भारतीय विदेश मन्त्री सुष्मा स्वराजले गए राती एक वक्त्व्य जारी गर्दै भनेका छन, हम सभी राजनीतिक पक्षों से लचीला रुख अपनाने की अपील करते हैं ताकि शेष मुद्दों का समाधान यथासंभव अधिकतम समझौते से तथा हिंसामुक्त परिवेश में किया जा सके। नेपाल के अलग –अलग भागों तथा समाज के सभी वर्गों को पूरी तरह स्वीकार्य तथा उनकी आकांक्षाओं का ध्यान रखने वाला संविधान शांतिपूर्ण व संपन्न नेपाल की सुदृढ़ आधारशिला रख सकेगा तथा नेपाल के उज्ज्वल भविष्य का केंद्रबिंदु बनेगा।

उनले मधेशमा एक महिना देखि जारी आन्दोलनलाई नाम लिएर किटान नगरे पनि विज्ञिप्तमा हालै मधेशमा भईरहेको आन्द्योलनको क्रममा देखिएको हिंसाप्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको र यसले हामीलाई गम्भिर बनाई दिएको पनि उल्लेख गरेका छन । हालै संविद्यान निर्माणको प्रक्रिया अघि वढेको लाई साकारातम्क भए पनि भारतले आन्द्योलनरत पक्षहरुलाई समेटेर सवै पक्षको स्विकार्यतामा जोड दिएको छ ।

पढनुस भारतीय विदेश मन्त्रीको वक्त्वयको पुरा अंश

३ असोजमा नयां संविद्यान जारी हुने । संविद्यान जारी पछिको अवस्थालाई मध्यनजर गर्दै मधेशमा व्यापक धरपकड

रौतहट प्रहरीको नियन्त्रणमा रहेका दुई जना मधेशी मोर्चाका नेताहरु

हिजो देखि मतदान प्रक्रिया वाट धमाधम पास गर्दै अघि वढेको संविद्यानसभाले अन्तह नयां संविद्यान आउदो आईतवार ३ असोजमा एक विशेष समारोहका विच घोषणा गर्ने जनाएको छ । आज आफनो कार्यतालिका सार्वजनिक गर्दै संविद्यानसभाले ३ असोज वेलुकी ५ बजे नयां संविद्यान जारी गर्ने जनाएको हो । यता एक महिना देखि आन्द्योलनमा रहेको मधेशी शक्तिहरुले जारी हुने नयां संविद्यान आफुहरुले नमान्ने घोषणा पनि गरीसकेका छन । मधेशी पार्टीहरुले प्रमुख तीन दलले संघियता, समानुपातिक प्रतिनिधित्तव लगायतको मधेशको मागहरुलाई पुर्ण वेवास्ता गर्दै संविद्यान ल्याउन लागेको बताएका छन । साथै मधेशी पार्टीहरुले पहिलो संविद्यानसभाको पुवी सन्धयामा भएको मधेश आन्द्योलनमा सरकार संग भएको ८ बुदे सम्झौतालाई पनि संविद्याँनमा समावेश नगरिएको भन्दै वर्तमान जारी सबै प्रक्रियावाट अलग छन । आन्दोलनरत मधेशमा नयां संविद्यान जारी पछि थप समस्याहरु उत्पन्न हुन सक्ने भन्दै सवै तिर चिन्ताहरु समेत व्यक्त भईरहेको पाईन्छ । मधेशी पार्टीहरुले त्यसलाई अस्विकार गर्ने सार्वजनिक गरेपछि सम्भावित स्थिती भयावह नहोस भन्ने मनसायले स्थानिय प्रहरीहरुले मधेशका जिल्लाहरुमा मधेशी नेताहरु माथी व्यापक धरपकड समेत सुरु गरेको देखिन्छ । आज मात्रै रौतहट, पर्सा लगायतका जिल्लाहरुमा प्रहरीहरुले स्थानिय प्रभावशाली मधेशी नेताहरुलाई छानी छानी समातेका छन ।

Sunday, September 13, 2015

महोतरीका मधेशी नेताहरु भारत तिर पलायन । भारतमा शरणार्थी भएर आन्दोलन चलाउने

गाउ गाउमा रहेको रहेको प्रहरी चौकीहरु आन्दोनकारीहरुको निशानामा । महोतरीको भ्रमरपुरा स्थित प्रहरी चोकीको वोर्ड आन्दोलनकारीहरु जलाउदै
अघिले साता देखि अत्यद्यिक तनावमा रहेको महोतरी जिल्लाका मधेशी नेताहरु असुरक्षाको कारण देखाउदै सिमावर्ती भारतीय  पसेका छन । अघिल्लो साता देखि तनाव सुरु भए पछि महोतरीमा प्रहरीको गोली वाट ६ जनाको  मृत्यू भईसकेको छ भने आन्द्योलनकारीहरुले एक जना प्रहरी अधिकारीलाई पनि लखेटी लखेटी मारेका थिए । प्रहरी अधिकारीको मृत्यू भएसंगै प्रहरीहरुले  गाउ गाउ पसेर आम नागरिकलाई तर्साउनुको साथै स्थानिय नेताहरुको पछि गर्न थाले पछि स्थिती भयावह बन्दै गएको नेताहरुले बताएका छन । महोतरीको प्रायजसो सबै मधेशी पार्टीहरुका अगुवाहरु लगभग ३५ देखि ४० जना सम्म जलेश्वरको सिमावर्ती भारतीय सहर मधवापुरमा गएर दुई यता बस्न थालेका छन । संघिय फोरम नेपालका महोतरी अध्यक्ष राम नरेश रायले मधवापुरवाट टेलिफोनमा दलानसंग कुरा गर्दै भने, हामीलाइ प्रहरी प्रशासनले अत्यद्यिक रुपमा परेशान गर्न थाले पछि हामी याहा आएर बसेका छौ । राय भन्छन, दुई चार दिन भित्रै वातावरण सहज नभए आफुहरु भारत सरकार संग शरणार्थी  बनाउन माग गर्ने छौ । रायका अनुसार महोतरीको जलेश्वर नजिक गाउहरुमा प्रहरीहरुले अत्यद्यिब वातावरण असहज बनाइ दिएका छन । उनका अनुसार एक दुई दिन भित्रै प्रहरीले आफनो क्रियाकलापमा सुधार नगरे गाउ गाउ मानिसहरु भारत पस्ने वारेमा छलफल गरीरहेका छन । राय भन्छन, हामी अझै विभिन्न माध्यमवाट प्रशासनलाई वातावरण सहज बनाई दिन भनिरहेका छौ, तर आज विहान सम्म पनि प्रशासन आफनो अडान वाट तल झरेको छैन, हामीले गाउलेहरुले थामथुम पारीरहेका छौ, त्यो धेरै दिन गर्न सकिदैन, दुई चार दिन भित्र प्रहरीको व्यहवारमा सुधार नआए जलेश्वर आसपासका हजारौ मानिसहरु भारत पस्ने कुराकानी भईरहेको छ ।

संविद्यान जारी गर्ने प्रक्रिया अघि वढयो । मधेशले अस्विकार गर्ने

१ महिना देखि आन्दोलनमा रहेको मधेशलाई वेवास्ता गरेर प्रमुख तीन दलहरुले संविद्यान निर्माणको प्रक्रिया अघि वढाए पछि अवस्था थप भयावह तिर जाने चिन्ता सर्वत्र हुन थालेको छ ।

गएको ३० दिन देखि आन्दोलनरत मधेशलाई वेवास्ता गर्दै अन्नतह प्रमुख तीन पार्टीहरुले नयां संविद्यान जारी गर्ने प्रक्रियालाई अघि वढाएका छन । नयां संविद्यानको कयौन मुद्धाहरु तीव्र असन्तुष्टि राख्दै सबै मधेशी पार्टीहरु यो प्रक्रियालाइ वहिष्कार गरेका छन ।  विगतको मधेश आन्द्योलनको क्रममा भएको सहमतीहरुलाई प्रमुख दलहरुले अस्विकार गरेर अघि वढे पछि मधेशी पार्टीहरु आन्द्योलनमा होमिएका थिए । गएको १ महिना देखि आन्द्योलनमा रहेको मधेशमा कम्तीमा ३५ जना भन्दा वढीको मृत्यू भईसकेको छ । आन्दोलनको क्रममा प्रर्दशनकारीहरुले कतिपय ठाउहरुमा प्रहरी माथी पनि समेत धावा बोलेका छन । मधेशको स्थिती पुरै भयावह अवस्थामा गुज्रीरहदा पनि प्रमुख दलहरुले त्यसलाई सम्बोधन गर्नुको सटा संविद्यान जारी गर्ने प्रक्रियामा अघि वढे पछि मधेशमा झनै वढी स्थिती विग्रने सर्वत्र चर्चा भईरहेको पाइन्छ । यता आन्द्योलनरत मधेशी पार्टीहरुले प्रमुख दलहरुले जारी गर्न लागेको संविद्यालाई मधेशले अस्विकार गर्ने र आन्दोलन अगाडी वढाउने बताएका छन । मधेशी मोर्चाका एक घटक फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, तीन दलका नेताहरुले आफनो काम गरेका छन, त्यसैगरी हामी पनि आफनो काम गरीरहने छौ । यादवले मधेशलाई वेवास्ता गरेर जारी गर्ने संविद्यान कुनै शर्तमा मधेशले स्विकार नगर्ने बताए । यादव भन्छन, हामी आन्द्योलन मै छौ, आन्दोलन अगाडी वढछ, अब त्यही वाट सबै कुराको हिसावकिताव हुनेछ । काठमाडौमा चर्चा रहेको जस्तो वार्ताको कुनै सम्भावना नरहेको यादवको भनाई छ । उनले भने, प्रमुख दलहरु वार्ता गर्नका लागी केही गरेकै छैन, अनि कसरी वार्ता हुन्छ । मिडियाले वार्ताको वारे गलत अपवाह फैलाएको यादवको भनाई छ ।

Saturday, September 12, 2015

ठाकुर र सरकारी पक्ष विच अनौपचारिक छलफल । ठाकुरद्धारा विगतको सहमती सम्बोधन गर्न सुझाव


आन्दोलनरत मधेशी मोर्चाको शिर्ष नेता र सरकारी पक्षको वार्ता टोली विच अनौपचारिक वार्ता आज भएको छ । हिजो मात्रै सरकारी पक्षले दुई दिनको लागी संविद्यान निर्माणको प्रक्रिया स्थगीत गरेर आन्द्योलन पक्षहरु संग वार्ता गर्ने निर्णय गरेका थिए । सरकारी पक्षको उक्त निर्णय पश्चात हिजो वेलुकि नै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव काठमाडौ आएका थिए । त्यसैगरी आज विहानै तमलोपा अध्यक्ष महन्थ ठाकुर पनि काठमाडौ आए । उनीहरु हिजो कपिलवस्तूमा आमसभामा सहभागी भएका थिए । हिजो बेलुकी काठमाडौ आए पश्चात फोरम नेपालका अध्यक्ष यादव हिजो राती नै काठमाडौ उच्चस्तरीय कुटतिनिज्ञ बैठकमा सहभागी भएर आजै विहानै फेरी उपत्यका वाहिर गएका छन । यता आज विहान काठमाडौ आएका तमलोपा अध्यक्ष ठाकुर संग सरकारको तर्फवाट काग्रेस नेता तथा मन्त्री महेश आचार्य, आनन्द प्रसाद ढुगांना र एमाले नेता विष्णू पौडेलले  संयुक्त रुपमा भेटेर वार्ताको वारेमा छलफल गरेका छन ।  आचार्य, ढुगांना र पौडेलले तमलोपा अध्यक्ष ठाकुरसंग भेटे लगतै धनुषावाट प्रतिनिधित्व गर्ने दुई प्रमुख काग्रेसका मधेशी सभासदहरु लाई लिएर प्रधानमन्त्रीसंग भेटन पुगेका थिए । ढुगांनाले विमलेन्द्र निधि र रामकृष्ण यादवलाई लिएर प्रधानमन्त्रीसंग भेटेर सक्दो लचिलो भएर मधेशी मोर्चासंग वार्ता गर्न सुझाएका थिए । साथै उनीहरु तीनै जनाले सरकारले दुई दिनका लागी स्थगीत गरेर संविद्यान निर्माणको प्रक्रिया कम भएको भन्दै केही लम्बियाउने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए ।

Friday, September 11, 2015

किन भडक्दै छन पुर्वी मधेश ?


पछिल्लो केहि दिन यता मध्य मधेशका पर्सा देखि धनुषा, महोत्तरी हुदै सिरहा सप्तरी सम्मको जिल्ला अत्यद्यिक अशान्तिको चपेटामा छन । गएको २८ दिन  देखि आन्द्योलनको क्रममा बन्दको रहेको पुरै मधेशका जिल्लाहरु सुरुमा शान्तिपुर्ण प्रर्दशनहरुमा केन्द्रित थिए । आन्द्योलनको पहिलो हप्तामै सप्तरीको भारदहमा प्रहरीको गोलीवाट एक जनाको मृत्यू भएको भए पछि स्थिती भयावह होला भन्ने आशंका गरिएको थियो तर त्यो भएन वरु आन्द्योलन थप शान्तिपुर्ण रुपमा देखिए । भारदह घटना लगतै मधेशी मोर्चा सहितका मधेशका शिर्ष नेताहरु मधेश झरे र स्थानिय स्तरमा आन्द्योलनहरु सहभागी हुन थाले । तर दोस्रो हप्ता नबित्दै पश्चिमको कैलालीको टिकापुरमा प्रर्दशनकारीहरु र प्रहरीको ठुलो भिडन्त भयो जसमा उच्च सुरक्षा अधिकारी सहित ८ जनाको प्रहरीको मत्यू भयो भने एक जना स्थानिय नबालकको पनि मृत्यु हुन पुग्यो । कतिपयले उक्त घटना पश्चात कि त आन्द्योलन नै सकिने कि त अत्यद्यीक उग्र भए आन्दोलन हिंसात्मक भएर आउन सक्ने आकंलन गरेका थिए । सरकारले टिकापुर घटना भएकै दिन कैलालीको टिकापुर सहित पुर्वी मधेशको सर्लाही र रौतहटलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेर नेपाली सेना परिचालन गरे । जसको मधेशमा व्यापक विरोध अझै भईरहेको छ । टिकापुर घटनाको भए पश्चात पनि १ साता भन्दा वढी सम्म पुर्वी मधेशको आन्दोलन खासै हिंसात्मक देखिएन । तर त्यस पछि अर्थात पछिल्लो दुई साता यता पुर्वी मधेशका विरगंज देखि विराटनगर हुदै आज सम्मको जनकपुर र जलेश्वर सम्मको घटना अत्यद्यिक हिंसं्रक बन्दै गएको देखिन्छ । आखिर किन पुर्वी मधेशमा हिंस्रक आन्दोलनको रुपमा अवस्था भडक्दै छन त ?

आज मात्रै जनकपुर र जलेश्वर घटना पश्चात राष्टिय मानव अधिकार आयोगले एक प्रेस विज्ञप्ति निकाल्दै तराई मधेशमा दंगा ग्रस्त क्षेत्र घोषणा गरेर सरकारले परिचालन गरेको नेपाली सेनालाई तत्काल फिर्ता लिन भनेको छ । आयोगको विज्ञिप्तले घुमाउरो रुपमा सेना परिचालनले अवस्था थप विग्रेको देखिन्छ र उनले उनले तत्काल वार्ता गर्न भनेको छ । साथै आयोगले आन्द्योलनको क्रममा प्रर्दशनकारीहरु माथी सुरक्षा निकायले अत्यद्यिक वल प्रयोग गरिरहेको पाइएको र प्रर्दशनकारीहरुले विभिन्न घरेलू हतियार प्रयोग गरेर प्रहरी कार्यलय सहित सरकारी सम्पतिहरु तोडफोड गरिरहेको देखिन्छ । 

Thursday, September 10, 2015

काग्रेसका मधेशी सभासदहरुले भोली सभामुखलाई प्रक्रियामा भाग नलिने वारे औपचारिक जानकारी गराउदै ।

भारत, अमेरिका, युरोपियन युनियनलाई मधेशमा दमन भईरहेको भन्दै ध्यानाकर्षण



नेपाली काग्रेसको तर्फवाट संविद्यानसभामा प्रतिनिधित्व गर्ने मधेशी, थारु, जनजाती सभासदहरुले भोली सभामुख सुवासचन्द्र नेम्बाडलाई औपचारिक रुपमा हस्ताक्षर बुझाउदै आफुहरु जारी प्रक्रियामा सहभागी नहुने जानकारी गराउने तयारीमा जुटेका छन । मधेशमा आन्दोलन चर्किए संगै पार्टी भित्र असन्तुष्टि पोख्दै आएका काग्रेसका मधेशी, थारु सभासदहरुले मधेशी मोर्चा संग वार्ता गर्न दबाब दिदै आएका छन । उनीहरुले सरकारी पक्ष वार्तामा जानुको सटा मधेशमा सुरक्षा निकाय मार्फत अत्यद्यिक वल प्रयोग गर्न थालेको भन्दै नेपाल स्थित कुटनितीक निकायहरुलाई पत्राचार समेत गरेका छन । संयुक्त राष्टिय संघिय प्रतिनिधी देखि नेपालमा रहेका भारतीय राजुदत, अमेरिकन राजदुत, युरोपियन युनियन सहितका राजदुतहरुलाई पत्र लेखेर सरकार मधेशमा अत्यद्यीक वल प्रयोग गरिरहेको भन्दै राष्ट संघ मार्फत हस्तक्षेप गर्न आग्रह गरेका छन । यस अघि मधेशी मोर्चाका एक घटक फोरम नेपालले पनि संयुक्त राष्ट संघलाई पत्र लेखेर मधेशमा अत्यद्यीक प्रहरी दमन भईरहेको भन्दै हस्तक्षेप गर्न आग्रह गरेका थिए ।
 
काग्रेसका एक मधेशी सभासदले दिएको जानकारीको अनुसार सभासदहरुको हस्ताक्षर सुरु गरिएको छ । भोली सभामुख सुवासचन्द्र नेम्बाडलाई दिउसो भेटेर काग्रेस मधेशी सभासदहरुले हस्ताक्षर बुझाउदै आफुहरु जारी प्रक्रियामा सहभागी नहुने औपचारिक जानकारी गराउने छन । त्यस पछि काग्रेसका ती मधेशी सभासदहरुले सार्वजनिक रुपमा पत्रकार सम्मेलन गरेर आफनो धारणा समेत राख्ने कार्यक्रम रहेको छ । 

पारीको स्थानिय स्तरको सहयोगमा प्रमुख नाकाहरु ठप्प ।

सरकारले सेना सहितको उच्च सुरक्षा घेरामा नाकाहरु वाट समान पास गराउन थाले पछि मधेशमा अवस्था थप भडकिएको थियो । पछिल्लो तीन दिन देखि भारतीय स्थानिय स्तरको सहयोगमा नाकाहरु पुर्ण रुपमा ठप्प छन ।
जारी आन्द्योलनको प्रभाव वढाउनका लागी मधेशी मोर्चाको स्थानिय नेताहरु सिमापारीको स्थानिय स्तरमा समन्यन गरेर नाकालाई पुर्ण बन्द गराउन थालेका छन । नाका भएको क्षेत्रमा सरकारी पक्षले उच्च सुरक्षा वल प्रयोग गरेर राती राती मालसमानहरु काठमाडौ ल्याईरहेका थिए । जसका कारण आन्द्योलन प्रभाव काठमाडौमा कम देखिएको निष्कर्ष मधेशी मोर्चाले निकाले पछि मधेशी नेताहरुले यस्तो उपाय निकालेका छन । अधिकांश प्रमुख नाका गएको दुई दिन देखि पुर्ण रुपमा ठप्प छन । हालै विरगंजको सिमावर्ती सहर रक्सौल, सुनौली नाकाको सिमावर्ती सहर गोरखपुर सहितका प्रमुख नाका पर्ने भारतीय सहरमा मधेशी मोर्चाका केही नेताहरु पुगेर उता तर्फ समन्य गर्न थालेका छन । गएको २६ दिन देखि मधेशको पुर्व देखि पश्चिम सम्म पुर्ण रुपमा आन्द्योलिन रहदा पनि काठमाडौमा देखिएको उदासिनताका कारण मधेशमा थप आक्रोशहरु देखिन थालेका छन ।

Wednesday, September 9, 2015

गम्भिर द्धन्दमा फस्दै मधेश ।


पछिल्लो २५ दिन देखिको लागातारको आन्दोलनमा रहेको मधेशमा प्रहरी प्रशासन र आन्दोलनकारीहरुको दिनहू जसो हुने मुठभेडले गम्भिर प्रकृतिको दिर्घकालिन द्धन्दहरु निम्तयाउने खतराहरु देखा पर्न थालेका छन । नयां संविद्यानको जारी प्रक्रियाको सुरु देखि नै मधेशी पार्टीहरुले विरोध गर्दै आएका छन । तर पनि काठमाडौमा प्रमुख चारले प्रक्रियालाई एक पछि अर्को गरी अघि वढाउन थाले पश्चात मधेशमा आन्दोलन चर्किएको हो । आज मात्रै महोतरीको जलेश्वर, सप्तरीको भारदह र मोरडको विराटनगरमा प्रहरी र आन्दोलनकारीहरु विच ठुला ठुला झडप भएको छ । सप्तरी र जलेश्वरमा प्रर्दहनकारीहरुको मृत्यू नै हुन पुगेका छन भने जलेश्वर सहित, भारदह र विराटनगरमा समते गरी दर्जनौ गम्भिर धाईतेहरु भएका छन । हिजो मात्रै गृहमन्त्रीले सुरक्षा निकायहरुलाई सामुहिक रुपमा निर्देशन दिदै नयां संविद्यान जारी गर्ने माहौल सिर्जना गरी दिनका लागी आवश्यक वातावरण बनाउन निर्देशन दिएको बताएका थिए । जुन आफैमा भयानक घटनाक्रम देखिन्छ ।  

Tuesday, September 8, 2015

मधेशमा किन हुदैछन काग्रेस -एमालेको पार्टी कार्यलय माथी आक्रमण ?

सोमवार जनकपुरको काग्रेस पार्टी कार्यलयमा गरिएको आगजनी

हिजो सोमवार जनकपुरमा काग्रेसको पार्टी कार्यलयमा आन्दोलनकारीहरुले आगजनी गरेका छन । एमालेको पार्टी कार्यलयमा पनि समान्य क्षती भएको छ । जनकपुरमा हिजो देखि सुरु भएको तनाव अझै समान्य भईसकेको छैन । तर जारी आन्दोलनको क्रममा जनकपुरमा पहिलो पटक चाही काग्रेस, एमालेको पार्टी कार्यलय माथी आक्रमण भएको होईन । यस अघि नै मोरड देखि कैलाली सम्मको अनेकन जिल्लाहरुमा यी पार्टीहरुको कार्यलयहरु तोडफोड र आगजनीको सिकार भईसकेका छन । महोतरीको जलेश्वरमा पनि यस अघि नै एमालको कार्यलयमा आगजनी गरिसकिएको छ , हालै विरगंजमा भएको हिंसात्मका तनावको वेला पनि त्याहा एमालेको पार्टी कार्यलयमा आगजनी गरियो । सप्तरी, रौतहट लगायतका जिल्लहरुमा पनि एमाले सहित काग्रेसको पार्टी कार्यलयहरुमा क्षती भईसकेको देखिन्छ । आखिर मधेशमा जारी आन्द्योलनको क्रममा किन काग्रेस, एमालेको पार्टी कार्यलयहरु माथी आन्दोलनकारीहरु जाई लाग्छन ?

जनकपुरमा बस्दै आउनु भएका वरिष्ठ साहित्यकार राजेन्द्र विमल भन्छन, क्रान्तिमा मानवीयता भन्ने विषय जहिले पनि गौण हुन जान्छ र भावनात्मकता र आवेश  प्रधान भएर प्रकट हुन्छ । त्यसैले मधेशमा जारी आन्द्योलनको क्रममा काग्रेस, एमालेको पार्टी कार्यलय माथी भईरहेको् आक्रमणलाई म समान्य रुपमा लिन्छू , विमल भन्छन । विमल भन्छन, आन्द्योलनकारीहरुको निशानामा जहिले पनि सत्ता पक्ष हुन्छ, आन्दोलन भनेकै सताको विपक्षमा हो, त्यसैले अहिले आम मधेशीको बुझाई के छ भने सतामा रहेका काग्रेस, एमालले हामीलाई अधिकार दिन चाहेका छैन वा दिइरहेका छैन, त्यसैले उनीहरुको कार्यलय माथी ठाउ ठाउमा आक्रमणहरु भइरहेको देख्छू, विमल यसरी विश्लेषण गर्छन । उनका अनुसार मधेश पुरै आन्दोलनको रापमा जलीरहदा काठमाडौले देखाउनु पर्ने साहुनभुती देखाईरहेका छैन, वरु वरिष्ठ भनाउदा नेताहरु थप घुणित तरीकाले मधेशको वा आन्द्योलनको वारेमा सार्वजनिक टिप्पणीहरु गरिरहेको छ, यसले अवस्थालाई थप असहजता तर्फ लगदै गरेको छ ।

Monday, September 7, 2015

यो राज्यसत्ताको अन्तय अब निश्चित छ - महन्थ ठाकुर

नयां संविद्यानको जारी प्रक्रिया प्रति असन्तुष्टि रहदै आएको मधेश गएको २४ दिन देखि आन्द्योलनको रापमा चल्दै छन । सबै मधेशी पार्टीहरुका शिर्ष नेताहरु आन्द्योलनमा सहभागी हुदै मधेशमै छन । अघिल्लो साता मात्रै आन्दोलनको कार्यक्रमहरु वाट दुई दिनका लागी तमलोपा अध्यक्ष महन्थ  ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादव काठमाडौ आउदा याहा हल्ला खल्ला नै मच्चियो । उनीहरु फेरी मधेश झरे । हिजो वेलुकी फेरी तमलोपा अध्यक्ष जनकपुर वाट काठमाठौ आइपुगे । उनी पर्सी देखि पश्चिम मधेश जादै छन । आन्दोलनमा दिनरात खटीरहदा ठाकुरको वुढो शरीर तंग्रीएको देखिन्थ्यो । आज विहान उनीसंग गरिएको कुराकानीको सम्पादित अंश -


हिजो वेलुकी मात्रै मधेशवाट काठमाठडौ आइपुग्नु भएको छ, पछिल्लो तीन साता देखि आन्द्योलनको क्रममा मधेश तीरै हुनुहुन्थ्यो, अहिले को अवस्था के छ ?

- हेर्नुस, मधेशका सहर देखि गाउ सम्मका पुरै जनताहरु आन्द्योलित छन । मधेशमा रहेका सबै संघ संस्थाहरु आन्द्योलन प्रति एक्यवद्धता जनाउदै आन्दोलनमा होमिसकेको छ । सहर वा सदरमुकाममा मात्रै अव आन्द्योलन समिती छैन । तपाई गाउ गाउ जानु भयो भने जनताहरु त्याहाका सडकहरु अवरुद्ध गरेर प्रर्दशन गरीरहेको पाउनुहुन्छ । गाउ गाउमा जय मधेशको नारा गुन्जिदै छन । एका तर्फ यो अवस्था छ भने अर्को तर्फ सरकारी पक्ष अत्यद्यिक दमनमा उत्रेका छन । सरकारको प्रहरी प्रशासन अत्याचार गर्दै छन मधेशीहरु संग । मधेशीहरुको घर घरमा गएर कुटपिट गरिएका छन । उनीहरुलाई सम्प्रदायिकता नै भडकाउने गरी गालीगलौजहरु गरिरहेका छन । त्यसैले एका तर्फ जनता आफनो अधिकारका लागी आन्द्यँोलित छन भने अर्को तर्फ सरकारी अत्याचारका कारण प्रताडित पनि देखिन्छ ।

तपाईले पनि भन्नु भयो कि तीन साता लामो आन्द्योलनवाट मधेश गुज्रीरहेको छ । वार्ताको पनि खासै सफल प्रयासहरु देखिएका छैन । अब के हुन्छ त ?

- हेर्नुस । वार्ताको ढोका त अब सरकारी पक्षहरुले बन्द गरीसके । त्यसैले अब के का लागी वार्ता ? र म त यो पनि भन्छू कि किन वार्ता ? किनकी मधेशीहरु कुनै नयां चिज मागेका छैन । उनीहरुले यो सताले विगतमा मधेशसंग गरेको सम्झौता लागु गर्न मात्रै भनेका छन । त्यसैले विगतको सहमतीहरु लागु गरे किन चाहियो वार्ता ।

र जाहा सम्मको अब के हुन्छ भन्ने प्रश्न छ, हेर्नुस मधेशीहरु आन्द्योलनमा छन । उनीहरु यो राज्यसत्तामा आफनो सहभागीता खाजेको हो, जो कुरा विगतको अन्तरिम संविद्यानले पनि स्विकार गरीसकेको विषय हो । तर अहिले सताधारीहरु त विगत भन्द्या पनि पछि फर्केने काम गरेको छ । मधेशी सहितको सिमात्कृतकृत समुदायलाई कसरी छेक्न सकिन्छ भन्ने तर्फ पो लाग्यो । त्यसैले जनताले त्यसलाई मान्दैनन । र जनताको अगाडी कहिल्यै पनि सताधारी टिक्न सकेको छैन । इतिहास साक्षी छन, जित जहिले पनि जनताकै हुन्छ । काहा गयो निर्वाचनमा जितेका सभासदहरु । उनलाई जिताएका जनताहरु आज के भन्दै छन, एक चोटी आफनो क्षेत्रमा गएर जनता कुरा सुन्न म आग्रह गर्छु ।

Sunday, September 6, 2015

काठमाडौले थप भडकाउदै मधेश

जारी आन्द्योलनको क्रममा विरगंजमा निकालिएको मसाल जुलुस

पछिल्लो तीन साता देखि आन्दोलनमा रहेको पुर्वी देखि पश्चिम मधेशलाई पुर्ण वेवास्ता गरेर सतारुढ दलहरुले शनिवार नयां संविद्याँनको निर्माणलाई अघि वढाए पछि मधेशलाई थप भडकाउन लागेको आरोप लग्न थालेका छन । आन्दोलनरत मधेशी मोर्चा संग सतारुढ दलहरुले वार्ता गर्नुको सटा उनीहरुलाई थप चिढाए पछि मधेशका जिल्लाहरुको आन्द्योलन पनि थप सशक्क्त बनाउने रणनितीमा मधेशी पार्टीहरु अघि वढेका छन । यस अघि नै मधेशी पार्टीका शिर्ष नेताहरुले शनिवार सम्ममा सतारुढ दलहरुले उचित वातावरण नबनाए त्यस पछि के हुन्छ त्यसको जिम्मा आफुहरुले नलिने बताएका थिए । त्यसैगरी दलहरुले वार्ताको सटा संविद्यान निर्माणको प्रक्रिया अघि वढाउने निर्णय गरे पछि आज जनकपुरमा पत्रकारहरु कुराकानी गर्दै तमलोपा अध्यक्ष्ाँ ठाकुरले अब वार्ताको औचित्य नै समाप्त भईसकेको भन्दै तीन दलको हटका कारण मुलुक गम्भिर दुर्घटनामा फस्न लागेको बताए । उनले मधेशी मोर्चाको आन्द्योलन कुनै पनि शर्तमा नरोकिने वरु थप सशक्क्त बनाउने चेतावनी दिए । त्यसैगरी विरगंजमा आयोजना गरिएको पत्रकार सम्मेलनमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन दलहरुले मधेशी जनतालाई अपमान गरेको भन्दै त्यसको मुल्य चुकाउनका लागी काठमाडौलाई तयार रहन चुनौती दिए । कपिलवस्तूमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तीन दलले शनिवार गरेको निर्णयलाइ एतिहासिक गल्ती भन्दै मधेश आन्दोलन जारी रहने उदघोष गरे ।

Saturday, September 5, 2015

मधेशी शिर्ष नेताहरुको अगुवाईवा मधेशको ठाउ ठाउमा विशाल प्रर्दशनहरु

शनिवार विरगंजमा निकालिएको विशाल जुलुस


आन्द्योलनमय रहेको मधेशको ठाउ ठाउमा विशाल प्रर्दशनहरु भएको छ । मधेशी मोर्चाका शिर्ष नेताहरु पनि सहभागी त्यस्ता प्रर्दशनहरु पछिल्लो समयमा थप सशक्क्त बन्दै गएका छन । हिजो मात्रै विरगंजमा निकालिएको शब यात्रामा लाखैको सहभागीतामा विशाल प्रर्दशन गरिएको छ । उक्त प्रर्दशनमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । त्यसैगरी जनकपुर वाट जलेश्वर सम्म हिजो नै विशाल मोटरसाइकल जुलुस तमलोपा अध्यक्ष महन्थ ठाकुरको अगुवाईमा निकालिएको छ । सदभावनाका अध्यक्ष राजेन्द्र महतोका अगुवाईमा कपिलवस्तूमा विशाल विरोधसभाको आयोजना गरिएको छ ।

Friday, September 4, 2015

मधेशमा जारी आन्द्योलनमा अहिले सम्म १२ जना आन्दोलनकारी र १० प्रहरीको मृत्यू । २ सय भन्दा वढी धाईते

राजीव राउत

सिमांकन सहित नयां सविद्याँनको कयौन मुद्धाहरु प्रति तीव्र असन्तुष्टि पोख्दै मधेशमा जारी आन्द्योलनमा अहिले सम्म १२ जनाको मृत्यू भईसकेको छ भने २ सय भन्दा वढी धाईते हरु भएका छन । धाइतेहरु मध्ये ५० जनाको गम्भिर अवस्थामा रहेका छन । पछिल्लो आन्द्योलनको क्रममा सवै भन्दा पहिलो सप्तरीको भारदहमा राजीव राउतको मृत्यू भएको थियो । मधेशमा जारी आन्द्योलनको क्रममा प्रहरी प्रशासनले अत्यद्यिक वल प्रयोग गरीरहेको भन्दै चौतर्फी आलोचना समेत भईरहेको छ । सरकारले टिकापुर घटना पछि मधेशका कयौन जिल्लहरुलाई दंगाग्रस्त क्षेत्र घोषणा गर्दै नेपाली सेना परिचालन गरीसकेका छन ।

जारी आन्द्योलनको क्रममा आन्दोलनकारी तर्फ सप्तरी भारदहका राउत संगै वाराका हफिजत मिया , पर्साका धर्मराज सिंह, दिनानाथ साह, भोला साह, सोहन साह, दिलीप चौरसिया, रौतहटका राजकिशोर ठाकुर, रुपन्देहीका दुर्गेस यादव, सुनिल यादव, सैलेन्द्र श्रीवास्तव, रामेश्वर पासीको मृत्य भईसकेका छन ।

Thursday, September 3, 2015

गच्छदारको नयां मोर्चाबन्दी - सम्भावित भाडभौलोको अर्को खतरा


पहिलो संविद्यानसभाको विद्यटन पश्चात दोस्रो संविद्यानसभाको निर्वाचनको मिती घोषणा भईसकेको समयको कुरा हो । एक दिन चिया खानका लागी यो सवाददातालाई फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले वोलाएका थिए । एका विहानै भर्खरै मन्त्रीवाट पार्टीको वागडोर राम्ररी सम्हालन लागेका यादव काहा चिया खान पुगे । मधेशी पार्टीहरुको आन्तरिक कलहको कारण तत्कालिन रुपमा निर्वाचनको लागी मोर्चाको वैठक बसाउन पहल तीव्र रुपमा चलीरहेको थियो तर सम्भव भइराखेका थिएन । यादवसंग कुराकानीको सन्दर्भमा मैलै जिज्ञासा राखे आखिर बैठक समेत किन बस्न नसकेको ? तत्कालीन रुपमा मोर्चामा समेत सहभागी यादवले वडो खुलेर कुरा गर्दै भने, हेर्नुस कुनै शिर्ष भनाउदा अध्यक्षहरुलाई एक अर्कौ माथी विश्वास छैन । सवैले सबै माथी यती ठुलो आशंका गर्छन कि पुरै मधेशको राजनिती डमाडोल हुने अवस्थामा पुगी सकेको छ । उनकै शब्दमा महन्थ ठाकुर, विजय गच्छदार र राजेन्द्र महतो विचको आन्तरिक टकराव यती उच्च तहमा पुगी सकेको थियो बैठक बस्ने अवस्था नै थिएन । ठाकुरले सबै पार्टीहरु संग एकताको प्रस्ताव पेश गरेका थिए नभए निर्वाचनमा संगै जाउ भनेर सहकार्यको लागी आब्हान गरेका थिए । तकाालिन अवस्थामा उपेन्द्र यादव त्यो गेममा थिएन । यादव र ठाकुर विच एकिकरणको लागी छुटै केही असफल बैठकहरु बसेको थियो । राजेन्द्र महतोले सार्वजनिक रुपमै ठाकुर र गच्छदारलाई मधेशका गद्धार घोषणा गरेका थिए । मैलै राज किशोर यादवलाई अर्को प्रश्न तेर्साए यी शिर्ष नेताहरु विच किन आखिर मनमुटाव ? उनले फेरी खुलेर हास्दै केही प्रसंगहरु सुनाए । उनले भने, विजय गच्छदार मलाई कहिले काही राती फिट भए पछि फोन गर्छन, उनी भन्ने गर्छन, हेर भाई त्यो वुढोलाई किन उनीहरु यती भाउ दिएको ? तिमीहरुले मलाई साथ दिनु पर्यो, त्यसलाई तह लगाउनु पर्छ है । वुढो भन्ने उनले ठाकुरलाई इकिंग गरेका थिए भने उनीहरु भन्नाले दक्षिणी छिमेकी शक्तिकेन्द्र । हिजो तिनै  राजकिशोर यादव, गच्छदार र शरदसिंह भण्डारी विच छुटै नयां मोर्चाबन्दीको घोषणा गरिएको छ ।

Wednesday, September 2, 2015

महन्थ ठाकुर र उपेन्द्र यादव कुटनितिज्ञ/राजनितीक भेटघाटमा व्यवस्त

उपेन्द्र यादव र महन्थ ठाकुर

मधेशमा आन्द्योलन चर्कीरहदा काठमाडौमा आएका मधेशी मोर्चाको प्रमुख दुई नेताहरु नेपाल स्थित विभिन्न कुटनितिज्ञ देखि सतारुढ दलहरु संग छलफलमा गर्न भ्याएका छन । हिजो मात्रै पुर्वी मधेशका सवै जिल्लहरुमा सम्बोधन गरेर तमलोपा अध्यक्ष ठाकुर र फोरम नेपालका अध्यक्ष यादव काठमाडौ आएका थिए । भोली फेरी यी दुवै नेताहरु मधेश झर्दै छन । १९ गते सिरहाको मिर्चैयामा मधेशी मोर्चाले आयोजना गर्न लागेको बृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रमका लागी ठाकुर र यादव काठमाडौ वाट जनकपुर हुदै त्याहा पुग्ने योजना छ । मोर्चाका अन्य शिर्ष नेताहरु मधेश मै छन । आन्द्योलन चलीरहदा काठमाडौ छिरेका यी दुई नेताले याहा विभिन्न उच्च स्तरीय भेटघाट देखि अनौपचारिक छलफलहरु गर्न भ्याएका छन । स्रोतका अनुसार हिजो मंगलवार फोरम नेपालका अध्यक्ष यादवले नेपाल स्थित युरोपियन युनियन तथा अमेरिकन राजदुतसंग छुटा छुटै बैठकहरु गरेका छन । त्यसैगरी तमलोपा अध्यक्ष ठाकुरले पनि काठमाडौ स्थित केही प्रभावशाली विदेशी राजदुतहरु संग छलफल गरेको उनी निकटस्तहरुले बताएका छन । मधेशमा आन्द्योलन चर्के सगं नेपाल स्थित कुटनितज्ञ निकायहरुको चासो वढेको देखिन्छ । भेटघाटको अवसरमा यादव र ठाकुरले जारी आन्द्योलन र नयां संविद्यानमा मधेशी पार्टीहरुले उठाउदै आएको सरोकारको विषयमा व्रिफिगं गरेका थिए ।

Tuesday, September 1, 2015

विरगंजको तस्वीर - कसरी भडक्यो विरगंज ?


आइतवार वेलुकि सम्म शान्त प्रर्दशनमा रहेको विरगंज एक्कासी सोमवार विहान देखि उग्र देखिए । प्रहरी  र प्रर्दशनकारी विचको झडपमा हिजो र आज गरी ५ जनाको मृत्यु पर्सामा र १ जनाको वारामा भईसकेको छ । ४० जना वढी धाईते भएका छन । झण्डै आधा दर्जनलाई उपचारका लागी काठमाडौ ल्याइएको छ । गएको तीन साता देखि विरगंजमा शान्त रुपमा आन्द्योलन चल्दै थियो । यती सम्मको कोई धाईते समेत भएका थिएन । तर एक्कासी सोमवार देखि अत्यद्यीक तनावमा देखिए । मंगलवार दिउसो सरकारले विरगंजलाई दंगाग्रस्त क्षेत्र घोषणा गर्दै सेना परिचालन गर्ने निर्णय गरेको छ । तर विरगंजका बासीहरु चार दिन अघि देखि नै सेनाको परेडहरु विहान विहानै देख्न थालेका थिए ।

चार ओटा मधेशी पार्टीहरु फोरम नेपाल, तमलोपा, सदभावना र तमसपा सम्मलीत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको अगुवाईमा मधेशमा  प्रर्दशनहरु आन्द्योलन सुरु भए यता हुदै आएको थियो । विचमै सम्भवतह आन्द्योलनमा आफुहरुको कम सहभागीताको अनुभुती गरेका अनिल झा, मातृका यादव सहितको छुटै संघिय मधेशी मोर्चाको घोषणा भयो । जुन मोर्चाको अगुवाईमा विरगंजमा दे्खिए शिव पटेल, शशी मिया कपुर जस्ता पहिलो मधेश विद्रोहका अगुवाहरु । आन्दोलनमा आफुहरु अघि हुनु पर्छ भन्ने होडवाजीका कारण उनीहरुले मधेशी मोर्चा भन्द्या भिन्न तर कडा समानान्तर कार्यक्रमहरु विरगंज क्षेत्रहरुमा गर्न थाले ।  दुवै पक्षमा कसको आन्द्योलानको चर्को भन्ने होडवाजी नै सुरु भएको विरगंजका केही स्थानिय अगुवाहरु वताउछन । यता प्रहरीले राती राती स्र्किटगं गरेर तेल तथा मालवाहक गाडीहरु पठाई नै रहेका थिए ।