Monday, August 31, 2015

‘मधेशको माग सम्बोधन गर’

मधेशको मुद्धा सम्बोधन गर भन्ने पम्पलेट छातीमा टासेर जनकपुर वारको कार्यक्रममा सहभागी हुन जादै एक अधिवक्ता / फोटो धनश्याम मिश्रा

मधेशमा जारी आन्दोलन प्रति एक्यवद्धता जनाउदै जनकपुर वारले विरोध जुलुस निकाल्दै मधेशको माग तत्काल सम्बोधन गर्न माग गरेको छ । गएको तीन साता देखि मधेशमा जारी आन्दोलन प्रति मधेशका जिल्लाहरुमा विभिन्न पक्षहरु वाट एक्यवद्धता जनाउने क्रम दिन प्रति दिन वढदै गएको छ । आज मात्रै सप्तरीमा विभिन्न पेशागत संगठनहरुले समेत जारी आन्द्योलन प्रति एक्यवद्धता जनाउदै विरोध जुलुसहरु निकालेका छन । यस अघि नै विरगंजका प्राध्यापकहरु सहित विभिन्न पेशागत समुहहरुले जारी आन्द्योलन प्रति एक्यवद्धता जनाइसकेका छन । नयां संविद्यानको जारी प्रक्रिया प्रति तीव्र असन्तुष्टि जनाउदै सुरु भएको मधेशमा आन्द्योलन दिन प्रति दिन सशक्क्त तथा हिसांत्मक समेत बन्दै गएको छ । प्रहरी प्रशासन ले अनावश्यक हस्तेक्षेप गर्न थालेपछि आन्द्योलनको क्रममा थप झडपहरु विभिन्न जिल्लाहरुमा भईरहेको देखिन्छ । स्थिती भयावह हुन थाले पछि मधेशका विभिन्न पक्षहरुवाट मधेशको मुद्धाहरुलाई तत्काल सम्बोधन गर्न मागहरु हुन थालेका छन ।

सरकारले थालेको वार्ता प्रक्रिया पनि पहिलो चरणमा असफल देखिए पछि वातावरण थप अन्योलग्रस्त बन्दै गईरहेको देखिन्छ । सतारुढ चार दलको तर्फवाट प्रधानमन्त्रील्े वार्ताको लागी पठाएको पहिलो पत्र पश्चात मधेशी मोर्चाले सताधारीहरुलाई जारी संविद्याँन निर्माणको प्रक्रिया तत्काल रोक्ने सहित चार बुदे सर्त अघि सारेको थियो । तर हिजो चार दलको बैठकलाई उक्त सबै कुरालाई अस्किावकार गर्दै पुन वार्ताको पत्र पठाएको छ । जसलाई मधेशी मोर्चाको नेताहरुले नाटकको संज्ञा दिएका छन । मोर्चाका शिर्ष नेताहरु आन्द्योलनमा सहभागी हुन मधेशका जिल्लाहरुको दौडाहामा छन । विरगंजमा रहेका सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण भन्छन, जारी आन्द्योलन संविद्याँनकै विषय संग सम्बन्धीत भएकाले प्रक्रिया नरोके हामी वार्ताको नाममा त्याहा डम्फु बजाउने जाने छैनौ ।


मधेशमा जारी आन्द्योलन प्रति एक्यवद्धता जनादै जनकपुर वारले निकालेको जुलुस




विरगंजमा क्र्फयूको विच प्रर्दशन जारी

आज प्रर्दशनको क्रममा विरगंजमा देखिएको दृश्य
 
पछिल्लो केहि दिन यता प्रहरीले निषेधीत क्षेत्र घोषणा गरेर मालवाहक गाडीहरु काठमाडौ पठाउन खोज्दा विरगंजमा प्रर्दशनहरु उग्र हुन थालेका छन । सुरुमा प्रहरीले राती राती पठाउन खोज्दा प्रर्दशनकारी हरुले रातीको समयमै त्यसको प्रतिरोधमा उत्रिएका थिए । आज विहान देखि फेरी विरगंजमा प्रर्दशनकारीहरु र प्रहरी विच झडपहरु हुन थाले पछि स्थिती तनावग्रस्त भएको छ । प्रहरीले विरगंजमा आज मात्रै झण्डै २०० राउण्ड अशुग्यास र १०० राउण्ड गोली चलाएको स्थानिय मधेशी नेताहरुले आरोप लगाएका छन । प्रहरीको गोली वाट झण्डै दुर्इै दर्जन गम्भिर धाईतेहरु भएको छ । प्रर्दशनकारी तर्फ कतिपय एक जनाको शरीरमै दर्जनौ गोली लागेको फोटोहरु समाजिक सन्जालहरुमा पोष्ट गरिएको छ । स्थानियहरुका अनुसार प्रहरीको गोलीवाट स्थानिय धाईते भए पछि विरगंजमा थप उग्र प्रर्दशनहरु हुन थालेका छन । प्रर्दशनकारीहरुले वाटोहरुलाई पुर्ण रुपमा अवरोध गरेका छन । प्रशासनले दिउसो ४ बजे वाट क्फूर्य जारी गरेको घोषणा गरे पनि प्रर्दशनकारीहरुले त्यसलाईै तोडदै विरगंजको मुख्य चौकहरुमा नारावाजी सहित प्रर्दशन गर्दै छन ।

यसैगरी दिउसो प्रहरीको गोली वाट आक्रोशित आन्दाmेनकारीहरुको भिडले विरगंजको प्रहरी कार्यलय र एमाले पार्टी कार्यलयमा आगजनी गरेका छन ।

यता रौतहटमा आन्द्योलनकारीहरुले जिल्ला विकास समितीको कार्यलयमा आगजनी गरेका छन । महोतरी सदरमुकाम जलेश्वरमा आन्द्योलनकारीहरुले एमालेको पार्टी कार्यलयमा आगजनी गरेका छन । जनकपुरमा भुमिसुधार कार्यलयमा आगजनी भएको छ । वाराको समेत झड पति तनाव उत्पन्न भए पछि प्रर्दशनकारीहरुले एमालेको पार्टी कार्यलयमा आगजनी गरेका छन । यसरी पछिल्लो समयमा मधेशका जिल्लहरुमा हुदै आएको प्रर्दशनहरु थप उग्र बन्दै गएको देखिन्छ । 

No comments:

Post a Comment