Sunday, August 30, 2015

टिकापुर तान्डव - पुर्वलडाकुले भडकाए टिकापुर दंगा


अघिल्लो सोमवार कैलालीको टिकापुरमा थारु आन्दोलनको क्रममा भएको दंगा माओवादीका पुर्व लडाकुहरुले गराएको रहस्य एक अनुसन्धानवाट खुल्नमा आएको छ । टिकापुरमा गएको सोमवार भएको प्रर्दशनकारी र प्रहरी विचको झडपमा उच्च प्रहरी अधिकारी सहित नौ जनाको मृत्यू भएको थियो । घटनाको सात दिन वितिसक्दा पनि त्यस क्षेत्रमा क्फुर्य जारी नै छ । घटना लगतै अनुसन्धानको लागी त्याहा पुगेको एक स्रोत का अनुसार घटनाको दिनमा भएको थारुहरुको प्रर्दशनमा २ हजार देखि २५ सय सम्मको संख्यामा पुर्व लडाकुहरु आएका थिए । उनीहरु कसवाट परिचालित थियो त्यो एकिनका साथ भन्न सक्ने अवस्था छैन तर थारु आन्दोलनको क्रममा त्यस क्षेत्रमा देखिएको घटनाक्रमहरुले वैद्य माओवादीले उनीहरुलाई त्याहा परिचालित गरेको देखिन्छ । २८ साउनमा टिकापुरमा मधेशी नेताहरुको आतिथ्यमा टिकापुरमा गरिएको आमसभामा माओवादी वैद्य माओवादीका नेता देव गुरुड पनि त्याहा पुगेका थिए । उक्त आमसभामा मधेशी नेताहरु र काग्रेस सभासद अमरेश सिंहले दिएको अभिव्यक्तिलाई लिएर काठमाडौमा विभिन्न टिकाटिप्पणीहरु भईरहेको देखिन्छ । तर स्रोत भन्छन, उक्त आमसभा गरेर मधेशी नेता तथा सिंह लगतै फर्केका थिए । तर माओवादी नेता गुरुड त्यही वसेर टिकापुर नजिकैका गाउहरुमा माओवादीका पुर्व लडाकुहरुलाइृ चार दिन सम्म प्रशिक्षण दिएका थिए । ७ भदौमा टिकापुरको सरकारी कार्यलयहरुमा थरुहट सरकार ले्ख्न हिडेका १० हजार भन्दा वढीको प्रर्दशनकारीहरुको भिडमा माओवादी पुर्व लडाकुहरु कसको योजनमा त्याहा मिसायो त्यो भन्ने खुल्न सकेको छैन । वैद्य माओवादीले वर्तमान संविद्यानसभाको सम्रग प्रक्रियावाट अलग छन ।


७ गतेको प्रर्दशनमा पुर्व लडाकुको घुसपैठ

अनुसन्धानको क्रममा टिकापुर, धनगढी क्षेत्रमा रहेको उक्त स्रोतका अनुसार ७ गतेको प्रर्दशनको क्रममा निस्केको जुलसको सुरुमा महिलाहरु फ्रन्टवाट व्यानर सहित देखिएका थिए । जसरी जुलुस अगाडी वढन थाल्यो प्रहरीसंग पहिलो पटक भनानभन भए लगतै महिलाहरु व्याक भएको देखिन्छ तर प्रशक्षित पुर्व लडाकुहरुले उक्त क्षेत्र पुरै आपफनो नियन्त्रणमा लिएको देखिन्छ । सशस्त्र र नेपालको जम्मा ४० देखि ४२ जना सम्मको प्रहरी २५ सयको संख्याको लडाकुहरुको अगाडी केही देखिएनन । उनीहरुले प्रहरीलाई चारै तिरवाट घेरा हालेर आक्रमण गरेर दे्खिएको छ । त्यसमा पनि नेपाल प्रहरी संग हतियार नै थिएन, सशस्त्रले बन्दुक चलाउन नै मानेनन । केही धाईते प्रहरी जवानहरुले दिएको सार्वजनिक अभिव्यक्तिहरुमा सशस्त्रले बन्दुक जलाएको भएको प्रहरी तर्फ यती ठुलो क्षती नहुन पनि सक्थ्यो । प्रहरीलाई घेरा हालेपछि पुर्वलडाकुहरुले र्ववरता पुर्वक नै सक्दो प्रहरी जवानहरुलाई मारेको देखिन्छ । एसएसपी लक्ष्मण न्यौपानेलाइ भला घोपेर वा लाठी पहार भन्दा पनि कुटदाकुटदै मारेको देखिएको छ । सशस्त्रको एसपीको वढी गार्ड लाई जलाएर मारिएको थियो । अनुसन्धान अधिकारीहरुका अनुसार उनी थारु समुदायकै भएकाले थप तडपाएर मारेको देखिन्छ ।

१८ महिनाको बच्चालाई होईन, उनको हवल्दार बुबालाई मार्न खाजेका थिए पुर्व लडाकुले

टिकापुर दंगामा अहिले मृत्यू भएको ९ जनामा ८ प्रहरी अधिकारी र एक जना १८ महिने नाबालक टेकेन्द्र साउद छन । आन्द्योलनरत थरुहट संघर्ष समितीले आफहरु तर्फ कसैको मृत्यु नभएको जनाइसकेको छ । घटनामा मृत्यू भएको १८ महिने टेकेन्द्रको मृत्यूको पनि संशास्पद देखिएको छ । आफनो घरको आगंनमा खेलाइरहेको अवस्थामा टेकेन्द्र लाई गोली लागेको थियो । टेकेन्द्रका वुवा नरेन्द्र प्रहरी हवल्दार हुन । उनलाई टिकापुरमा दंगा भएको झण्डै २ घण्टा पश्चात मृत्यू भएको थियो । स्रोतले दिएको जानकारी अनुसार पुर्व लडाकुहरुले टेकेन्द्रका बुबा प्रहरी हवल्दार नरेन्द्रलाई मार्नका लागी उनको घर पुगेका थिए । र नरेन्द्र लाई मार्न उदेश्यका साथ नै त्याहा ५ राउन्ड गोल्ी चलेको देखिन्छ । तर नरेन्द्रलाई एक गोली पनि नलगाी आंगनमा खेलाईरहेका उनका १८ महिने छोरा टेकेन्द्रको टाउको मै एक गोली लाग्न पुग्यो । त्यस पश्चात पुर्व लडाकुहरु त्याहा वाट फरार भएको दखिन्छ ।

पहाडेले होईन, प्रहरीले जलाए थारुहरुको घर

उच्च प्रहरी अधिकारी देखि समान्य त्याहा आफनो डयुटीमा खटेका प्रहरी जवानहरुलाई प्रर्दशनकारीसंगको दंगामा मारे पछि प्रहरीकै आडमा त्याहा झण्डै अहिले सम्ममा २ सय थारु अगुवाहरुको घर जलाइयो । घटना लगतै स्थानिय प्रशासनले टिकापुर क्षेत्रमा अनिश्चितकालिन क्फर्य लगाएको घोषणा गर्यो । तर क्र्फयूमा लागे पनि भोली पल्ट नेपाली सेना एक्सनमा नआए सम्म थारुहरुको घरहरुमाथी आक्रमण भईरहयो । आक्रमण यती उग्र रुप लियो कि ८ भदौको एकाबिहानै थारु सभासदहरुले काठमाडौमा प्रधानमन्त्रीलाई भेटेर क्यर्फमा आफहरुको घरमा जथाभावी तोडफोड र आगजनी भईरहेको भन्दै अवसथ थप भडको खण्डको त्यसको जिम्मा तपाईले लिनु पर्ने सम्मको धम्की दिएर आयो । उनीहरुले क्युर्फ थारुहरु लागी मात्रै लगाइएको भन्दै मिडियामा रोष पनि प्रगट गरेको देखिन्छ ।

यसरी थारुहरुको घरमा तोडफोड र आगजनी भए पश्चात काठमाडौमा त्याहा थारु भर्सेज पहाडी समुदाय द्धन्द चर्केयो भन्ने आकंलन छ । तर अनुसन्धान स्रोतका अनुसार पहाडी समुदायले थारु समुदायहरुको घर माथी आक्रमण गरेको देखिदैन । ७ भदौमा प्रहरी संग भिडन्त पश्चात प्रहरीहरु अत्यद्यिक आक्रोशित देखिन्छन । र त्यही वेलुकी देखि भोली पल्ट सेना नआए सम्म थारुहरुको घर, पसलहरुमा भएको आक्रमणमा पनि उनीहरुले नै सादा पोशाक लगाएर गराएको देखिन्छन । झण्डै १ सय देखि डेढ सय सम्मको भिडले थारु समुदायको घरहरुमा आक्रमण गरेका थिए । जुन भिडमा २५ देखि ३० जना सम्म प्रहरी कै संरक्षणमा हुर्केने स्थानिय गुण्डाहरु देखिन्छन भन्ने अन्यमा प्रहरी परिवारकै महिला सदस्यहरु तथा प्रहरीहरु स्वयंम पनि सादा पोशाकमा उक्त घटनाहरुमा संग्लन रहेको देखिन्छ ।

घटना पश्चात टिकापुर, धनगढी क्षेत्रमा अहिले पनि थारु तथा पहाडी दुवै समुदाय अत्यद्यिक त्रासमा छन । अनिश्चितकालिन क्फर्यूका कारण कुनै पक्षहरुले सार्वजनिक कार्यक्रमहरु गर्न पाएका छैन । उक्त क्षेत्र अहिले पुर्ण रुपमा सेनाको नियन्त्रणमा छन । तर स्थानिय प्रहरुी प्रशासनलाई समेत भेटेका स्रोत भन्छन, प्रहरीहरुमा अझै पनि उक्त घटनालाई लिएर तीव्र आक्रोशीत देखिन्छ ।

No comments:

Post a Comment