Friday, August 28, 2015

बन्द खुकुलो पार्दै आन्दोलन लम्बाउने रणनितीमा मधेशी मोर्चा । भोली प्रधानमन्त्रीलाई जवाफ पठाउने ।

आज मलंगवामा आयोजना गरिएको आमसभामा मोर्चाका चारै शिर्ष नेताहरु

आन्द्योलनरत मधेशी मोर्चाले प्रधानमन्त्रीले वार्तामा आब्हान गरेको पत्रको जवाफ भोली पठाउने भएका छन । मोर्चाका सवै शिर्ष नेताहरु मधेशका जिल्लाहरुमा आन्दोलनमा सहभागी रहेकाले भोली मात्रै पत्र पठाउने कुरा भएको मोर्चाका नेताहरुले बताएका छन । आज सर्लाही सदरमुकाममा आमसभा गर्न पुगेका मोर्चाका चारै शिर्ष नेताहरुले प्रधानमन्त्रीलाई कुन व्योहोराको पत्र पठाउने वारेमा त्याहा छलफल समेत गरेका छन । आज मंलगवामा रहेका मोर्चाका एक घटक तमलोपाका अध्यक्ष महन्थ ठाकुरले बताए अनुसार प्रधानमन्त्रीले पठाएको पत्र साकारातम्क भए पनि मोर्चाले पहिला वार्ताको वातावरण वनाउने व्योहोरा जवाफ पठाउन लागेका छन ।

ठाकुरले आज बेलुकी मात्रै आफनो प्रधानमन्त्री संग फोनमा पुन कुराकानी भएको समेत बताए । आज केही वेर अघि मात्रै प्रधानमन्त्री संग मेरो कुरा भएको छ, म उहालाई प्रष्ट रुपमा भनेको छू कि वार्ताको पहिला वातावरण सरकारले तयार पार्नु पर्छ, त्यस पछि मात्रै आफुहरु वार्तामा कसरी बस्ने भन्ने वारेमा सोच्ने छू । ठाकुरले प्रधानमन्त्री संगको आज टेलिफोन संवाद वारेमा भने, म उहालाई जनआन्द्योलनमा संगै हामी आन्द्योलनरत रहदाको कुराहरु पनि सम्झाएको छु, सम्भवतह उहाले अब मनन गर्नु हुन्छ होला । ठाकुरले आफुले प्रधानमन्त्रीलाई विगतमा आफुहरु संग भएको सम्झौतालाई समेत समेटिने गरी सम्बोधन गर्न सुझाएको बताए ।  ठाकुरले काठमाडौमा आफनो केही नेताहरु रहेकाले उनीहरुले प्रधानमन्त्रीलाई भोली जवाफ पठाइ दिन भनेका छौ । तर मुख्य कुरा द्धन्दको कारण कसरी सम्बोधन गर्ने नै हो, ठाकुरले भने, द्धन्द रहे सम्म आन्द्योलनलाई कसैले रोक्न सक्दैन । त्यसैलै जनता किन आन्द्योलनमा छन भन्ने कुराको सामाधान पो खोज्नु पर्छ ।


मोर्चाको रणनिती

संघियता सहितको विषयमा नयां संविद्यान प्रति असन्त्ुष् िजनाउदै आन्द्योलनमा रहेका मधेशी मोर्चाले बन्दलाई केहि खुकुलो पार्दै आन्द्योलनलाई अझै केही लम्बाउने रणनितीमा रहेको बुझिएको छ । मोर्चा सम्बद्ध कतिपय भित्रियाहरुका अनुसार वार्ताको क्रममा दबाब पनि एक खालको वनिरहोस भन्ने उदेश्यले तत्कालै आन्द्योलनका कार्यक्रमहरु फिर्ता हुने छैन । यद्यपी स्थानिय स्तरमा बन्दलाई केहि खुकुुला्े पार्ने र जसका कारण कष्टकर बन्दै गएको जीवनहरु केही समान्इ महसुस गरोस । एक नेताका अनुसार पहिलो मधेश आन्द्योलनको क्रममा पनि लामो आन्दोलन चलीरहदा विच विचमा दुई तीन दिन लागी वन्दहरु खुलाइएको थियो । स्थानिय स्तरमा अधिकाश ठाउहरुमा मोर्चाले भोलीको रक्षा बन्धनलाई लिएर बन्दलाई खुकुलो पार्ने जनाएको छ ।

No comments:

Post a Comment