Friday, August 28, 2015

चिनिया पक्षद्धारा मधेशी पार्टीहरु समक्ष लगानीको प्रस्ताव


हालै नेपालको भ्रमणमा आएको उच्च स्तरीय चिनिय कम्युनिष्ट पार्टीको राजनितीक टोलीले मधेशी पार्टीहरु समक्ष लगानीको लागी प्रस्ताव गरेका छन ।  अघिल्लो आईतवार काठमाडौ आएको चिनिया कम्युनिष्ट पार्टीको अन्तराष्टिय विभागको सहायक मन्त्री डोउ यिनयोङ को नेतृत्वमा ५ सदस्यीय राजनितीक टोली काठमाडौ आएका थिए । नेपालको राजनितीक दलहरु संगको सम्बन्ध विस्तारका लागी छलफल गर्न काठमाडौ आएकोे भनिएको उक्त चिनिया टोलीले मधेशी पार्टीहरुको तर्फवाट फोरम लोकतान्त्रिक र तमलोपाका उच्च नेताहरु संग बैठक गरेका थिए । गएको सोमवार दिउसो २ बजे देखि याक एन्ड यती होटलमा भएको बैठकमा फोरम लोकतान्त्रिकका अध्यक्ष्ाँ विजय गच्छदार र जितेन्द्र देव तथा तमलोपा वाट सहअध्यक्ष हृदेश त्रिपाठी र महामन्त्री गोविन्द चौधरी सहभागी थिए ।  उक्त बैठकमा सहभागी एक नेताका अनुसार चिनिया टोलीले आफुहरु मधेशी पार्टीहरु संग पनि राजनितीक सम्बन्ध विस्तार गर्न इच्छुक रहेको बताएका थिए । साथै चिनिया टोली बैठकमा सहभागी दुवै मधेशी पार्टीहरुलाई चिनिया विदेश मन्त्रालयले राजनितीक दलहरु मार्फत गर्ने लगानीका लागी अगाडी आउन प्रस्ताव गरेका थिए । मधेशमा आन्द्योलन चर्किएको वेला उक्त चिनिया राजनितीक टोलीले काठमाडौमा वैद्य सहित प्रमुख राजनितीक दलहरुसंग छलफल गरेर मंगलवार अवेर राती स्वदेश फर्केका थिए । बैठकमा सहभागी नेताका अनुसार चिनिया टोलीलाई मधेशी नेताहरु जारी नयां संविद्यानको प्रक्रियामा मधेशी पार्टीहरुले राखीरहेको असन्तुष्टी र मधेशमा जारी आन्द्योलनको वारेमा समेत जानकारी गराएका थिए । चिनिया पक्ष नयां संविद्यान चाडो जारी होस भन्ने पक्षमा विचारहरु राखेका थिए ।


नेपालमा राजतन्त्र समाप्त भए पश्चात चिनिया पक्षहरु याहाका दलहरु संग राजनितीक सम्बन्ध विस्तारको लागी पछिल्लो समयमा अत्यद्यिक सक्रिय देखिन्छ । कतिपय कुटतिनिज्ञहरुले भारतले यसलाई मन नपराएको समेत बताउने गरेका थिए । तर पछिल्लो समयमा मोदीको भारतमा उदय भए संगै दुवै पक्षहरु नेपालको पक्षमा सहकार्यको निती अघि वढाएको बताउने गरेका छन ।

नेपालमा नयां संविद्यान निर्माणको प्रक्रियामा तीव्र असन्तुष्टिी पोख्दै  मधेशी पार्टीहरुले मधेशमा आन्द्योलन गरीरहदा उक्त टोली वेइजिंगवाट दिल्ली हुदै काठमाडौ आएका थिए । यस अघि गएको डिसेम्बरमा पनि चिनिया पक्षको उच्च राजनितीक टोली काठमाडौ आउदा सामुहिक रुपमा मधेशी शिर्ष नेताहरु संग डिनर बैठक गरेका थिए ।

No comments:

Post a Comment