Thursday, August 27, 2015

मधेशी पार्टीको संसदीय दलमा प्रधानमन्त्रीको वार्ता पत्र ।

मधेशी पार्टीले एक वाक्यमा जवाफमा दिने छन - वार्ताको वातावरण पहिला वनाइयोस ।

                                                                                                                                              फोटो/पहिलो पोष्ट


मधेशमा आन्दोलनरत मधेशी मोर्चालाई प्रधानमन्त्रीले वार्ताका लागी पठाएको पत्र मोर्चा सम्बद्ध मधेशी पार्टीहरुको संसदीय दलमा आज आइपुगेको नेताहरुले बताएका छन । पछिल्लो १७ दिन देखि पश्चिम मधेश तथा १२ दिन देखि पुर्वी मधेशमा आन्द्योलन चलीरहदा हिजो मात्रै सरकारको तर्फवाट प्रधानमन्त्रीले वार्ताको लागी मोर्चा सम्बद्ध मधेशी पार्टीहरुलाई पत्र लेखेका थिए । मोर्चामा आबद्ध मधेशी पार्टीहरुका अध्यक्षहरु मधेशमै भएकाले वार्ता पत्रको जवाफ भोली नै पठाउन नसकिने नेताहरुले जनाएका छन । एक शिर्ष नेताका अनुसार प्रधानमन्त्रीले वार्ताका लागी कुन व्योहोराको पत्र लेखेको छ, त्यसमा पनि जवाफ कस्तो पठाउने भन्ने निर्भर हुने जनाए । यद्यपी एक शिर्ष मधेशी नेताले मधेशी पार्टींहरुले सरकारलाई पहिला वार्ताको लागी वातावरण बनाउन समान्य एक वाक्यमा जवाफ पठाउने आन्त्रिक तयारीमा छ । वार्ताको कस्तो वातावरण भन्ने जिज्ञासामा ती शिर्ष नेताले भने, सरकारले मधेशमा निषेध आज्ञा, क्युर्फ र सेना परिचालन गरीरहदा हामी वार्तामा बस्दिन । वातावरण भनेको यी सबै कुरामा सरकार व्याक भए मात्रै मोर्चाको तर्फवाट वार्ताको लागी तयारी गरिने छ । अहिले प्रधानमन्त्रीलाई पठाउने जवाफ पत्रमा यी सबै कुरा उल्ल्ेख गरिदैनन, उनी भन्छन, सिधा हामीले वार्ताको वातावरण पहिला बनाउनुस भन्ने छौ ।

सतारुढ दलहरुको तर्फवाट चारको दलको निर्णय अनुसार प्रधानमन्त्रीले हिजो लेख्नु भएको वार्ता पत्र आज कुनै मधेशी शिर्ष नेताहरु काहा पुग्न सकेको छैन । तमलोपाका सहअध्यक्ष हृदेश त्रिपाठीले भने, आज अवेर मात्रै हाम्रो संसदीय दलमा वार्ता पत्रको आएको सुचना म पाएको छू । भोली उक्त पत्र  अध्यन गर्ने त्रिपाठीले जनाए । मधेशी मोर्चामा आबद्ध मधेशी पार्टीहरुका शिषै नेतृत्वहरु सरकारी पक्ष अहिले पनि वार्ताका लागी गम्भिर नभएको आकलन आन्तरिक रुपमा गरेका छन । नेताहरुका अनुसार मधेश र थरुहटहरुको आन्द्योलनले देशै ठप्प हुने अवस्था आउन लागेकाले कतै वार्ताको नाममा अल्झाउने होईन पनि आशंकाहरु उव्जीएको छ । मधेश र थरुहट आन्द्योलनको क्रममा कतिपय ठाउमा हिंसा भडकिए पछि सरकारी पक्ष वार्ताको लागी चौतर्फी दबाबमा परेको देखिन्छ , एक नेता भन्छन, त सरकारी पक्षहरुमा हामीले अहिले पनि गम्भिरता पाएको छैनौ । त्यही अनुरुप मधेशी मोर्चा पनि आफुहरु वार्ता विरोधी नरहेको जनाउ दिदै समान्य जवाफ प्रधानमन्त्रीलाई पठाउने रणनिती वनाएको छ । आन्द्योलनमा सहकार्य गर्दै आएको थरुहट पक्ष र मधेशी मोर्चा वार्ताको प्रक्रियामा पनि सहकार्य गरेर अघि वढने तयारी गरिरहेको जनाएको छ ।


No comments:

Post a Comment