Wednesday, August 26, 2015

मधेशमा आन्द्योलन चर्कदै गर्दा चिनिया उच्च राजनितीक टोलीले गरे नेपाल भ्रमण

चिनिया कम्युनिष्ट पार्टीका सहायक मन्त्री डोउ यिनयोङ काठमाडौ विमानस्थलमा

नयां संविद्यानको प्रक्रिया प्रति असन्तुष्टि व्यक्त गर्दै आन्दोलनमय मधेश रहेको बेला चिनिया कम्युनिष्ट पार्टीको उच्च स्तरीय राजनितीक टोली तीन दिन नेपालमा बसेर सबै पक्षहरु संग छलफल गर्दै मगलवार अवेर राती फर्केका छन ।  चिनिया कम्युनिष्ट पार्टीको अन्तराष्टिय विभागको सहायक मन्त्री डोउ यिनयोङ को नेतृत्वमा ५ सदस्यीय राजनितीक टोली गएको आईतवार भारतको दिल्ली हुदै काठमाडौ आएका थिए । पछिल्लो समयमा संघियताको सन्दर्भमा नेपालको लागी एकै ठाउमा भारत र चिन उभिएको आशय सहितको समाचारहरु तथा विश्लेषणहरु कुटनितीज्ञ क्षेत्रहरु वाट आईरहेको सन्दर्भमा यसलाई जानकारहरु महत्वका साथ हेरिएको बताएका छन । नेपालमा चिनीया गतिवीधीलाई सार्वजनिक रुपमै आलोचना गर्दै आएको भारतीय पक्षहरु चाही मोदी प्रधानमन्त्री भए संगै त्यसलाई कतिपय ठाउहरुमा करेक्सन गर्दै आएको देखिन्थयो । तर केहि हप्ता अघि मात्रै काटमाडौमा आयोजना गरिएको एउटा अन्तरक्रिया कार्यक्रममा भारतीय पुर्व जनरल अशोक मेहताले नेपालमा चिनीया गतिविधीहरु खुल्ला रुपमा वढन थालेको भन्दै तीव्र आक्रोश पोखेका थिए ।

गएको आईतवार काठमाडौ आउनु अघि दिल्ली पुगेको चिनीया राजनितीक टोली त्याहा को को संग भेट गर्यो त्यो खासै खुलाइएको छैन । तर काठमाडौ झर्ने वितिकै एमाले अध्यक्ष केपी ओली लाई भेटेका थिए । तीन दिने काठमाडौ बसाईको क्रममा उक्त राजनिती टोलीले एमाओवादी अध्यक्ष प्रचण्ड, माओवादी नेता मोहन वैद्य र मंगलवार फर्कनु अघि प्रधानमन्त्री सुशिल कोईराला संग भेटेका थिए । त्यसको साथै पछिल्लो समयमा मधेश प्रति पनि तीव्र चासो राख्न थालेको चिनिया पक्षले आन्दोलनरत मधेशी पार्टीहरुका दुई प्रभावशाली नेताहरु लाई पनि भेटेका थिए ।


प्रधानमन्त्री संगको भेट पश्चात उक्त टोलीको भ्रमणवारेमा जारी गरिएको विज्ञप्तिमा चिन पछिल्लो समयमा नेपालको राजनिती शक्तिहरुसंग सम्बन्ध विस्तार गर्ने क्रममा यो टोली राजनितीक भेटघाट गरेको जनाइएको थियो ।

पछिल्लो केहि बर्ष यता बर्षमा दुई चोटी उच्चस्तरीय चिनिया कम्युनिष्ट पार्टीको  राजनिती टोली नेपाल आउने गरेको जानकारहरु बताउछन । यस अघि अघिल्लो बर्षको डिसेम्बरमा आएको यस्तै उच्च स्तरीय राजनितीक टोलीले मधेशी पार्टीहरुका शिर्ष नेताहरु सग डिनर बैठक गरेका थिए । हाल मधेशमा आन्द्योलनको क्रममा प्रमुख मधेशी पार्टीहरुका शिर्ष नेताहरु काठमाडौमा नभएकाले यो टोलीले दुई जना प्रभावशाली उपाध्यक्षहरु संग लामो झलाकुसारी गरेको बुझिएको छ । चिन नेपालमा संघियता नचाहेको शक्तिको रुपमा पनि कतिपय कुटनितीज्ञहरुले विशलेषण गर्दै आएका छन ।

पछिल्लो समयमा नेपालका प्रमुख चार दलले गरेको १६ बुदे सहमतीमा पनि चिनीया भुमिका रहेको भन्दै भारतका कतिपय सांसदहरुले सार्वजनिक रुपमै असन्तुष्टि पोखेका थिए । १६ बुदे सहमतीमा संघियता तत्काललाई थाती राख्दै नयां संविद्यान जारी गर्ने उल्लेख गरिएको थियो । तर पछि सर्वोच्चको निर्णय र मस्यौदा माथीको सुझाव संकलनको क्रममा मधेशमा भएको प्रर्दशनले प्रमुख दलहरु ६ प्रदेशको खाकामा सहमती गर्दै सिमाकंन गरेका थिए । तर मधेश, थरुहट सहितको व्यापक आन्दोलन उठे पश्चात दलहरु त्यसलाई ७ प्रदेशमा अघि वढाएका थिए । ७ प्रदेशको खाकामा पहाडी क्षेत्रमा देखिएको विरोधहरु सामन्य भए पनि मधेश र थरुहटहरुको आन्द्योलनलाई थप घिउ थप्ने काम गरेको थियो ।

जानकारहरुको बुझाईमा चिनीया पक्षमा नेपालमा संघियता नचाहेको र संघियता अपरिहार्य भएको खण्डमा सक्दो कम प्रदेश बनाउन दबाब नेपाली पक्षहरु माथी दिदै आएका थिए । भारतमा मोदी प्रधानमन्त्री भए संगै नेपालको सन्दर्भमा भारत र चिन पनि एकै दृष्टिकोण काम गर्न थालेको समेत बताउने गरिएको छ । यद्यपी भारतीय कतिपय सुरक्षा अधिकारीहरु अझै पनि नेपालमा भईरहेको चिनीया गतिवीधीलाई आलोचना गर्ने गर्छन । तर भारतको मोदी सरकारको एकजना प्रभावशाली मन्त्री राजनाथ सिंहले नै केही महिना पुर्व नेपालको मधेश क्षेत्रमा रहेको चिनिया सेन्टरहरु भारतको लागी टाउको दुखाइको विषय नभएको बताएका थिए ।

नेपालमा गएको १२ बैशाखमा महाभुक्मप आएको केहि समय पश्चात भारतीय प्रधानमन्त्री मोदी चिन भ्रमणमा जदा चिनिय पक्षले वेईजिंगमा गरेको पत्रकार सम्मेलमै दुई देशको उच्च स्तरीय वार्तामा नेपालमा यी दुई छिमेकी कसरी काम गर्ने वारेमा छलफल भएको जनाएका थिए ।

खासगरी यस अघि मधेश क्षेत्रमा चिनीया गतिवीधीलाई देखि नसक्नु भारतीय सरकारी पक्ष पछिल्लो समयमा लचक हुदै आएको देखिन्छ ।  पहिलो संविद्यानसभामा मधेशी जनअधिकार फोरम नेपाल शक्तिशाली रुपमा उदाय पछि चिनीया पक्षले उपेन्द्र यादव संग सम्बन्ध विस्तार गर्न अघि सरेको देखिन्थयो । तर कतिपय जानकारहरुको बुझाईमा त्यही कारण भारतीय पक्षले यादवलाई ब्लायकलिस्टेट गर्न पुगे । पछि फोरम लागतार फुटको मार खान थाले पछि हरेक फुटमा भारतीय भुमिका जोडिएको सार्वजनिक हुन्थयो । 

तर पछिल्लो केहि यता चिनीया पक्षहरु मधेशमा पनि आफनो राजनितीक सम्बन्ध वढाउन लागी परेको देखिन्छ । गएको डिसेम्बरमा चिनिया राजनितीक टोलीले त्यही अनुरुप मधेशी पार्टीहरुका शिर्ष नेताहरु संग डिनर बैठक राखेका थिए । त्यस पछि पनि कयौन प्रभावशाली मधेशी नेताहरु संग चिनीया पक्षले सम्बन्ध वढाउन खोजेको देखिन्छ ।

हाल संघियता प्रति नै तीव्र असन्तुष्टि राख्दै आन्दोलनमा होमिएको मधेशी शक्तिहरु संग चिनिया पक्षले के छलफल गर्यो त्यो चाही रहस्यको विषय देखिन्छ । साइलेन्ट डिपलोमेसी गर्ने चिनीया पक्षहरु संघियताकै लागी आन्द्योलन हुदा नेपाल भ्रमण गरेर याहाको उच्च राजनितीक नेतृत्वलाई भेटनु पनि त्यतीकै महत्वपुर्ण देखिन्छ ।

No comments:

Post a Comment