Tuesday, August 25, 2015

मधेश र थारुको जारी आन्दोलनले भारतीय पक्षको गम्भिर सुरक्षा चासो

जारी आन्दोलनको क्रममा जनकपुरमा निकालिएको विशाल रयाली । मधेश र थारु आन्द्योनमा केहि हिसांका घटनाहरु देखिए पछि भारतीय पक्षले आन्द्योलनरत लाई पनि विभिन्न माध्यमवाट शान्तिपुर्ण रुपमा आफनो विरोधका कार्यक्रमहरु गर्न आग्रह गरेका छन ।

पुर्व देखि पश्चिम सम्मको मधेशमा जारी मधेश र थारु आन्द्योलन हिंसात्मक बन्दै गए पछि भारतीय पक्षले गम्भिर सुरक्षा चासोहरु व्यक्त गरेका छन । सोमवार कैलालीको टिकापुरमा थारु आन्दोलनकारी र प्रहरी विच हिंसात्मक झडप भए पश्चात मंगलवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री सुशिल कोईरालासंग फोन वार्ता गरेर त्यस्तो चासो र चिन्ता व्यक्त गरेको समाचारहरु आएको छ । यता नेपाल स्थित भारतीय राजदुत रन्जित रे ले नेपालका गृहमन्त्री वामदेव गौतमलाई भेटेर जारी आन्दोलनले उत्पन्न भएको पछिल्लो अवस्थामा भारतीय चासोहरुको वारेमा कुराकानी गरेका छन । भारतीय राजदुत रे ले हिजो मात्रै गृहमन्त्री वामदेव गौतमले भारत तिरवाट रौतहट लगायतको क्षेत्रमा मानिसहरु आएर अवस्थ विगारेको बताएको प्रति असन्तुष्टी पनि पोखेका थिए ।

नया दिल्ली स्थित एक वरिष्ठ भारतीय सुरक्षा विश्लेषकका अनुसार पछिल्लो समयमा नेपालको तराई मधेश क्षेत्रमा मधेश र थारु आन्द्योलन हिंसात्मक बन्दै गए पछि भारतले गम्भिर सुरक्षा खतराहरु महसुस गर्न थालेका छन । तराई मधेशको सम्पुर्ण जिल्ला भारतीय सिमा सगं जोडिएको भएकाले भारतीय पक्ष पछिल्लो समयमा अत्यन्तै गम्भिर रहेको जनाएको छ । भारतीय सुरक्षा विश्लेषक निहार नायक दलानसंग कुरा गर्दै मधेश र थारु आन्द्योलन हिंसात्मक बन्दै जादै भारतको पनि उच्च सुरक्षा चुनौती वढने भएकाले भारतीय पक्षले यसको वारेमा सरोकारहरु व्यक्त गर्नु अस्वभाविक नभएको बताए । नायकले भारत नेपालको सवै समुदायको हक हित सुरक्षित हुने गरी समावेशी संविद्यान आउन भन्ने चाहना राखेको भए पनि आन्तरिक रुपमा हस्तक्षेप नगर्ने बताए । नेपालको मधेश आन्द्योलन र थारु आन्द्योलन चर्किएर अघि वढन थाले पछि भारतीय पक्षले आफनो तर्फवाट सिमा सुरक्षा वल सहितका सुरक्षा निकायहरुलाई उच्च सुरक्षा सर्तकतामा राख्न लागेको समेत नायकले बताए । नेपालमा जारी मधेश  र थारु आन्द्योलन हिंसात्मक बन्दै जानु र मधेशी र पहाडी समुदाय विच तिक्क्ता उत्पन्न हुनुले दुर्गगामी समाजीक तथा सुरक्षाका चुनौती वढन सक्ने भारतीय आकंलन रहेको उनले जनाए । यस्तो अवस्थामा एन्टी भारतीय तत्वहरु अझै सिमा क्षेत्रमा हावी हुने खतरा हुन्छ, नायक भन्छन ।


आज मात्रै भारतीय प्रधानमन्त्री र नेपाली प्रधानमन्त्रीको फोन वार्ता पश्चात भारतको विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा पनि नेपालको आन्तरिक सुरक्षामा आवश्यक पर्ने सम्पुर्ण सहयोग भारतीय पक्षले  गर्न तयार रहेको भारतीय प्रधानमन्त्रीले बताएको उल्लेख गरिएको छ । भारतीय सुरक्षा विश्लेषक नायकले पनि दलानसंगको कुरामा नेपालमा जारी आन्तरिक आन्द्योलनहरु हिंसात्मकलाई तत्काल नेपाली पक्षहरुले अन्त गर्नु पर्ने वा त्यसमा कुनै सहयोगको आवश्यक परे भारतीय पक्षले त्यो गर्न सक्ने जनाए ।




पहिलो मधेश आन्द्योलन र दोस्रो मधेश आन्द्योलनको क्रममा नेपाल सरकार र मधेशी शक्तिहरुको विचमा भएको २२ बुदे र ८ बुदे सम्झौतामा भारतीय भुमिका रहेको चर्चा नेपालमा पटक पटक हुने गर्छन । साथै नेपालको आन्त्रिक  राजनितीमा पनि भारतीय भुमिकालाई लिएर विभिन्न टिकाटिप्पणीहरु वेला वखत हुने गर्छन । तर नायकले मधेश, थारु लगायतको आन्द्योलनहरु नेपाली राजनितीको आन्त्रिक मामला भएकाले यसमा नेपालका शक्तिहरु कसरी डिल गर्छन, त्यो नै निर्णयक हुने बताए । नायकले नेपाली पक्षले भारतलाई औपचारिक रुपमा आग्रह परे पश्चात मात्रै भारतले त्यसको वारेमा ठोस अवद्यारणा बनाउने बताए । नायकले पछिल्लो समयमा नेपालका राजनितीक शक्तिहरुले भारतलाई त्यस्तो कुनै आग्रह नगरेको र भारतले आन्तरिक राजनितिमा हाथ हाल्न पनि नचाहेको दावी गरे । हामी औपचारिक रुपमै नेपालको सवै पक्षलाई मान्य हुने गरी नयां संविद्याँन जारी हुनु पर्छ भनी सकेका छौ, उनले भने ।

मधेशी पार्टीहरु र नेपाल सरकार विच भएको २२/ ८ बुदेमा भारतीय भुमिका तत्कालिन अवस्थामा नेपाली राजनिती पक्षहरुको आग्रह गरिएकाले त्यसैलाई टेकेर भारतवाट अहिले अनावश्यक अपेक्षा राख्न नमिल्ने तर्क गरे । उनले भने, नेपाल आफै गर्न नसकेको अवस्थामा हामीलाई औपचारिक रुपमै आग्रह गरे पछि मात्रै हामी त्यसवारे सोच्ने र धारणा बनाउने छौ । 

No comments:

Post a Comment