Friday, August 21, 2015

मधेशमा जारी आन्दोलन प्रति विभिन्न पक्षको समर्थन वढदै । भारदहमा शिर्ष नेताको उपस्थितीमा शोकसभा

आज विरगंजमा प्राध्यापकहरुले आन्दोलन प्रति समर्थन जनाउदै

तराइ मधेशका पुर्व देखि पश्चिम सम्ममा जारी आन्दोलनमा विभिन्न पक्षहरुले समर्थन गर्दै सहभागी हुने क्रम दिन प्रति दिन वढन थालेका छन । नयां संविद्यानको वर्तमान प्रक्रिया प्रति सुरु देखि नै असन्तुष्ट रहदै आएका मधेशी मोर्चा सहितका मधेशी पार्टीहरु आन्दोलनमा उत्रे पछि त्यसमा विभिन्न पक्षहरुले प्रेस विज्ञप्ति जारी गरेर समर्थन गर्नुको साथै एक्यवद्धता जुलुसहरु ठाउ ठाउमा निकालेका छन । जनकपुरमा केही दिन पुर्व नै उद्योग वाणिज्य संघले वर्तमान आन्दोलन प्रति समर्थन जनाएका थिए । त्यसैगरी निजी विद्यालयहरुको संगठनहरुले समेत विज्ञप्ति जारी गर्दै आन्द्योलन प्रति समर्थन जनाएको उल्लेख गरेका थिए । जनकपुरमा आज मात्रै कानुन व्यवसायीहरु र प्राध्यापकहरुले छुटा छुटै प्रेस विज्ञप्ति जारी गर्दै समर्थन जनाएको छ । जनकपुरमा सक्रिय ६ ओटा युवा क्लवहरुले हिजो मात्रै आन्दोलन प्रति एक्यवद्धता जनाउदै सहभागी हुने घोषणा गरेका थिए । जनकपुरमा हिजो स्थानिय क्याम्पसहरुको विद्यार्थीहरुले संयुक्त रुपमा विरोध जुलुस पनि गरेका थिए । सर्लाहीमा पनि निजी विद्यालयहरुको संगठन प्यापसनले आन्द्योलन प्रति एक्यवद्धता जनाउदै विरोध जुलुस निकालेका छन । त्यसैगरी आज विरगंजमा पनि ठाकुर राम बहुमुखी क्याम्पसको प्राध्यापकहरुले आन्द्योलन प्रति एक्यवद्धता जनाउने घोषणा गरेका छन ।


सर्लाहीमा प्यापसनले आन्द्योलन प्रति समर्थन जनाउन निकालेको जुलुस

यस अघि पुर्वका सिरहा, सप्तरी लगायतका जिल्लाहरुमा समेत विभिन्न संघसंस्थाहरु जारी आन्द्योलन प्रति समर्थन जनाएको उल्लेख गरेका छन । भोली जनकपुरमा विभिन्न पेशागत संगठनहरुले आन्दोलनमा समर्थन जनाउदै विरोध जुलुस निकाल्ने तयारी गरेको त्याहा स्थिती केही मधेशी अगुवाहरुले जनाएका छन । प्रमुख चार दलहरुले सिमांकनमा सहमती गरे लगतै पश्चिम मधेशमा थरुहटहरुले आन्द्योलन सुरु गरे लगतै मधेशै भरी आन्दोलन चर्किएको छ ।

भारदहमा शोकसभा 


सप्तरीको भारदहमा आज आयोजना गरिएको शोकसभामा मोर्चाका शिर्ष नेताहरु



सप्तरीमा प्रहरीको गोली वाट मृत्यू भएको राजीव राउतको आज शोकसभा आयोजना गरिएको थियो । मधेशी मोर्चाका शिर्ष नेताहरुको उपस्थितीमा आयोजना गरिएको शोकसभामा नेताहरुले विगतको सम्झौता कार्यन्यवन नभए सम्म आन्दोलन जारी रहने उल्लेख गरेका थिए । हिजो नै पुर्व घोषणा गरिएको शोकसभामा खराव मौसमका कारण आज गरिएको थियो । शोकसभामा बोल्दै मार्चाका शिर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोले संयुक्त रुपमा वार्ताको कुनै औचित्य नभएको भन्दै विगतको सम्झौता कार्यन्वयन गर्न माग गरे । शोकसभामा सहभागी हुनु पर्व सप्तरीको राजविराजमा आयोजना गरेर तीनै शिर्ष नेताहरुले हालै मोर्चाले घोषणा गरेको ५० लाख रुपैयाको प्याकेजको बचाउ गरेका थिए । दुई दिन अगाडी मात्रै काठमाडौमा मोर्चाको भएको बैठकले मधेशमा जारी आन्दोलनमा मृत्यू हुनेको परिवारलाई ५० लाख क्षतीपुर्ती दिने निर्णय गरेका थिए । जसको चौतर्फी विरोध भईरहेको छ । भारदहमा संयुक्त रुपमा शोकसभामा सहभागी मोर्चाका नेताहरु भोली पुर्वको सुनसरीको इनरवामा पनि संयुक्त रुपमा सभामा सहभागी हुने सदभावना पार्टीका महासचिव मनिष सुनमले बताए ।

No comments:

Post a Comment