Thursday, August 20, 2015

भैरहवा कसरी भडक्यो ?

पश्चिम तराइ मधेशमा सक्रिय माहुरी होमक नामक मानव अधिकारवादी संस्थाका प्रमुख रवी ठाकुर भन्छन-

प्रर्दशनकारीहरुको प्रयोग गरेको टयाक्टरमा गरिएको आगजनी / फोटोहरु - माहुरी होम



विहिवार थरुहट र मधेशी मोर्चामा आबद्ध नेताहरुले सुनौली भन्सार बन्द गर्ने कार्यक्रम बनाएका थिए । सम्भावित प्रहरी झडपका कारण थरुहट र मधेशी मोर्चा दुवैले रुपन्देहीको गाउ गाउ वाट मानिसहरुलाइ टयाक्टर, बस, मोटरसाईकल वाट भैरहवामा उतारेका थिए । भैरहवामा जम्मा भएको दशौ हजारको भिड त्याहावाट सुनौली नाका तिर नारा जुलुस गर्दै अघि वढे । भैरहवाको देवकोटा चौक वाट सुनौली नाका सम्मको बाटोमा पहाडी समुदायको बस्तीहरु छ । नाराजुलुस गर्दै अघि वढेको प्रर्दशनकारीले वाटोमा केही घरहरुको सिसामा दुगां हान्न पुगे । केही ठाउमा पार्किग गरेर राखेको मोटरसाईकलहरु पनि तोडफोड गरियो । यसरी गर्दै थरुहट र मधेशी मोर्चाको प्रर्दशनकारी अगाडी वढन थाले पछि, पछिवाट त्यस क्षेत्रमा रहेका पहाडी समुदायहरु पनि एकजुट भएर सडकमा आए । त्यस पछि उनीहरुले पनि प्रर्दशनकारीले प्रयोग गरेको टयाक्टर, मोटरसाईकल र बसमा आगजनी गर्न थाले । प्रहरी एकतर्फी रुपमा पहाडी समुदायको पक्षमा उभिए पछि उनीहरुले समातेका जती प्रर्दशनकारीहरुलाइ कुटपिट गर्न थाले । ६५ जना भन्दा वढी मधेशी तथा थारु प्रर्दशनकारीहरु नराम्ररी धाईते हुन पुगे ।  यसरी तोडफोडमा उत्रदा दुई समुदाय विच द्धन्द चर्केने खतरा वढने देखिन्छ । त्यसैले प्रर्दशनकारीहरुले पनि आफनो आन्द्योलनको कुनै समुदायको विरुद्धम होईन कि संयमित तरीकाले गर्नु पर्छ । मधेशीहरुको लडाई राज्य व्यवस्था संग छ, कुनै समुदालाय संग होईन । याहाका प्रहरी प्रशासन एकपक्षीय छ, त्यसैले यस्तो अवस्थामा मधेशीहरुले नै नै अत्यद्यिक क्षती व्योहोर्ने पर्ने हुन्छ । हिजोको भैरहवा घटनावाट मधेशका आन्दोलनकारीहरुले पाठ सिक्नै पर्छ अनि संयमित तरीकाले आफनो प्रर्दशनहरु अगाडी वढाउनु पर्छ ।
प्रर्दशनकारीहरुले स्थानियको मोटरसाईकल जलाउदै




















प्रहरीकै संरक्षणमा मधेशी प्रर्दशनकारीहरु माथी कुटपिट गरिएको त्यस क्षेत्रमा सक्रिय अधिकर्मीहरुले बताएका छन ।

1 comment:

  1. बुटवल का भिजिलान्ते भैरहवा मा http://demrepubnepal.blogspot.com/2015/08/blog-post_370.html

    ReplyDelete