Thursday, August 20, 2015

सप्तरी र सुर्खेतमा प्रहरी द्धारा वल प्रयोग भएको राष्टिय मानव अधिकार आयोगको ठहर । बन्दको विकल्प खोज्न आग्रह


राष्टिय मानव अधिकार आयोगले प्रहरी द्धारा सप्तरी, सुर्खेत, सहितको मधेशको जिल्लाहरुमा जारी आन्दोलनमा व्यापक वल प्रयोग भएको भन्दै निष्पक्ष छानविन गर्न भनेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै सुर्खेत, सत्पतरी, सिरहा, नवलपरासी, रुपन्देही र कपिलवस्तू लगायतको जिल्लामा प्रहरीले अत्यद्यिक वल प्रयोग गरेको भन्दै त्यसको आलोचना गरिएको छ । विज्ञप्तिमा आन्दोलनमा उत्रेको भिडलाई नियन्त्रण गर्ने विभिन्न उपाय हुदा हुदै पनि प्रहरीले वलपुर्वक गोली चलाएको भनिएको छ । साथै आयोगले आन्द्योलनकारीहरु लाई पनि आफना प्रर्दशनहरुलाई शान्तिपुर्ण तथा संयमित बनाउन भनेका छन । आयोगको विज्ञप्तिमा भनिएको छ, कतिपय ठाउमा अस्पताल भित्र पसेर प्रहरीले वल प्रयोग गरेको घटनाहरु देखिएको भन्दै अगामी दिन वल प्रयोग नगर्न समेत सचेत गराएका छन । आयोगले सप्तरी र सुर्खेतमा मृत्यू भएकाहरुको परिवारलाई उचित क्षतीपुर्ती दिन र धाईतेहरुलाई निशुल्क उपचारको व्यवस्था गर्न पनि सरकारलाई भनेको छ । 

संघियताको सिमांकन सम्बन्धी चार दलले गरेको सहमती पश्चात सुरु भएको बन्द तथा आन्दोलनले आम नागरिकहरुको जनजीवन कष्टप्रष्द बन्दै गएको भन्दै आयोगले आन्दोलनकारीहरुलाई बन्दको विकल्प खोज्न आग्रह गरेका छन । साथै सवै पक्षलाई वार्ता तथा संवादवाट जारी समस्याको समाधान गर्न समेत आयोगले भनेको छ ।


यता संघियताको सन्दर्भमा असन्तुष्ट रहेका मधेशी तथा थारुहरुको बन्दका कारण आज १० औ दिन पनि तराई मधेशका पुर्व देखि पश्चिम सम्मका जिल्लाहरु ठप्प छन । मधेशी मोर्चा र थरुहट संघर्ष समितीले ठाउ ठाउमा गरेको प्रर्दशनका कारण केही ठाउहरुमा तनाव समेत सिर्जना भएको छ ।

आज दिउसो भैरहवामा तनाव उत्पन्न भए पछि प्रशासनले त्याहा क्फुर्य लगाएका छन । भैरहवामा १ दर्जन भन्दा वढी सवारी साधानमा तोडफोड तथा आगजनी गरिएको छ । यता जनकपुरमा पनि आज भएको प्रर्दशन उग्र रुप लिएको छ । जनकपुरमा समेत २० ओटा जती मोटरसाईकल र १ ओटा एम्बुलेन्समा प्रर्दशनकारीहरुले आगजनी गरेका छन । सप्तरीको राजविराज सहित मधेशका सवै जिल्लाहरुमा विरोध प्रर्दशनहरु गरिएको छ ।

No comments:

Post a Comment