Thursday, August 20, 2015

किन हुन्छन तराई मधेशमा प्रहरी र प्रर्दशनकारी विच व्यापक भिडन्त ?

गएको १० दिन यता बन्द रहेको तराई मधेशका विभिन्न क्षेत्रमा प्रहरी र प्रर्दशनकारी विच कडा झडपहरु भईरहेको देखिन्छ । सप्तरीको भारदहमा भएको झडपमा एकको मृत्यू नै हुन पुग्यो ? नवलपरासी, रुपन्देही, कपिलवस्तूमा भएको झडपहरुमा दर्जनौ धाईते भएका छन । पश्चिमका बाके र कैलालीमा पनि दुई पक्ष विच झडपहरु भएको देखिन्छ । यस अघि पनि तराई मधेशको जिल्लाहरुमा प्रहरी र स्थानिय विभिन्न प्रर्दशनकारीहरु विच झडपहरु व्यापक रुपमा हुने गरेको देखिन्छ । सेवा केन्द्रको नाममा हुने आन्दोलन होस वा अघिल्लो महिनाको सुरुमा मस्यौदा माथीको सुझाव संकलन होस सबैमा प्रहरी र स्थानिय प्रर्दशनकारी विच व्यापक झडपहरु हुने गरेको देखिन्छ । आखिर किन यस्तो झडप र तनावको अवस्था सिर्जना हुन्छन त ?




१, प्रहरी संयमित नहुदा -  
तराई मधेशमा हुने विभिन्न साना देखि ठुला प्रर्दशनहरुलाई अवलोकन गर्दै आएका जानकारहरुका अनुसार प्रहरी प्रशासनको असंयमित नभई दिन सवै भन्द्या वढी झडपहरुको अवस्था सिर्जना हुने गरेको देखिन्छ । प्रहरीहरु जिउ धनको रक्षा गर्ने काम गर्नु पर्छ तर प्राय जसो ठाउमा आन्द्योलनलाई नियन्त्रण गर्न खोज्छ अनि वातावरण तनावमा परिणत भएर झडपहरु हुन्छन, गोली चल्छन र मान्छेहरुको मृत्यू हुन जान्छ । प्रहरी प्रशासनले आन्द्योलनलाई नियन्त्रण गर्नु भन्दा पनि संयमित तरीकाले बसी दिदा मात्रै झडपहरुको अवस्था सिर्जना नहुने तर्क गर्छन जानकारहरु । उदाहरणका लागी मस्यौदा माथीको सुझाव संकलनको क्रममा जनकपुरमा प्रर्दश्नमा उत्रेका प्रर्दशनकारीहरुलाई प्रहरीले नियन्त्रण गर्न खोज्दा अत्यद्यिक तनाव सिर्जना भयो तर हाल जारी आन्दोलनमा जनकपुरका प्रहरी आन्दोलनकारीलाई नियन्त्रण  नगरी दिदा अवस्था शान्त देखिन्छ । एक जानकार भन्छन, जनकपुरमा अहिले पहिला भन्दा पनि वढी सहभागीहरुको साथमा नारा जुलुस र विरोधका कार्यक्रमहरु हुन्छन तर प्रहरी संयमित भई दिदा अप्रीय घटना हुदैन । त्यसैले सबै भन्दा पहिलो यस्तो अवस्थामा प्रहरीको संयमित आवश्यक हुन्छ । प्रहरीले यदी दुई पक्षको आन्दोलन विच भडप आउने अवस्था सिर्जना भयो भने मात्रै त्याहा विचमा गएर दुवै पक्षमा भिडन्त गर्न वाट रोक्नु पर्छ । अन्यथा आन्दोलनकारीको प्रर्दशनमा जानु नै हुदैन ।

२, प्रर्दशनकारीहरु विच सन्चार ग्याप - 
 अवस्थाहरु विग्रनमा प्रर्दशनमा रहने विपक्षी समुदहरुको आन्तरिक कम्युनिकेशन राम्ररी नहुदा पनि धेरै ठाउमा वातावरण तनावमा परिणत हुन गएको देखिन्छ । आन्दोलनका नेतृत्वकर्ताको निर्णय र कार्ययोजना एउटा हुन्छ अनि स्थानिय स्तरमा त्यसको उचित प्रवाह नुदा त्याहा गतिविधी अर्को ढंगले वढन जान्छ । त्यसैले आन्दोलनमा रहने पक्षले स्थानिय स्तर सम्म नियमित सम्पर्कमा रहनु आवश्यक हुन्छ । जसले आम नागरिकको जिउधनको क्षती हुन वाट रोक्न सक्छ ।
३, लोकल प्रहरी प्रशासन यती वेला नराखौ - 
 समान्ययता स्थानिय त्यही जिल्लाका प्रहरी प्रशनसनहरु हुदा आम नागरिकको काममा सजिलो हुने विश्वास छ । तर तराई मधेशका जिल्लाहरुमा भएको पछिल्लो कयौन घटनाहरुमा स्थानिय प्रहरी प्रशासनहरु भई दिदा समस्या थप बल्झिन पुगेको देखिन्छ । एक नियमित अनुगमनकर्ताका अनुसार प्रहरी प्रशासनमा रहने स्थानियले आफनो अनेकन कारणहरुलाइ पेशागत मर्यादाको रुपमा इगोको विषय बनाउन थाल्छन । अनि समस्याहरु थप बल्झिन पुग्ने र अवस्था विग्रन थालेको देखिन्छ । त्यसैले कम से कम यस्तो तरल अवस्थामा रहेको वेला यस्तो नगरिदिदा राम्रो हुने कतिपय जानकारहरुको बुझाई छ ।
४, स्थानिय ससना अपराधीहरुको चलखेल - 
 खुल्ला सिमनाका कारण बोर्डर क्षेत्रमा ससना अपराधीहरुको कमी हुदैन । हुनत अपराधी सवै ठाउमा छन तर पनि खुल्ला सिमाका कारण मधेशका जिल्लाहरु अली वढी संवेदनशिल हुनु स्वभाविकै हो । तर यसलाई सही ढंगले विश्लेषण गरेर आन्द्योलनमा प्रहरीले हस्तक्षेत्र गर्नु पर्छ । अन्यथा धेरै ठाउमा अवस्थाहरु भडकन गएको देखिन्छ । राजनितीक समुहहरुले अधिकारका लागी आन्द्योलन गरीरहदा अपराधीहरु आफना फाईदाका लागी त्यसमा चलखेल गर्न खोज्नु अस्वभाविक होईन । तर नियन्त्रण रणनितीक रुपमा लिनु भन्द्या प्रहरी प्रशासन पुरै आन्दोलनकारीहरु संग अपराधीको व्यहवार गर्नु हुदैन । त्यसका लागी स्थानिय स्तरमा राजनितीक समुह, सुरक्षा निकाय र नागरिक अगुवाहरु विच समन्वयको उचित आवश्यक ता हुन्छन ।
५, आन्द्योलनको निकास स्थानिय स्तरमा खोज्न्नू हुदैन - 
 प्रहरी प्रशासन होस वा स्थानिय राजनितीक नेता कार्यकर्ता होस । सवैले बुझनु पर्ने के हुन्छ भन्ने आन्द्योलन अन्तिम निकास केन्द्र वाटै हुन्छ । केन्द्रजे जसरी त्यसलाई व्वस्थापन गर्छ, राजनिती त्यसरी नै व्यवस्थापन हुन्छ । तर अधिकांश ठाउमा आन्द्योलन चर्किय पछि स्थानिय स्तरमै त्यसलाई सल्टाउन सकिन्छ कि भन्ने प्रयासहरु गर्न थालिन्छ । जसका कारण पनि धेरै ठाउहरुमा अवस्था भडकिन पुग्छ । यसमा प्रहरी प्रशासनहरु वढी सचेत हुनु पर्छ । राजनितीक आन्दोलन स्थानिय स्तरमा भएरै केन्द्रमा सहमती बन्छ । त्यसैले त्यसलाई स्थानिय स्तरमा समाधान खोज्नू हुदैन ।
६, स्थानिय सरोकारवालाहरुको नियमित समन्वयन नहुदा
 हाम्रो सन्दर्भमा आम धारणा के छ भने स्थानिय स्तरमा आन्द्योलन सश्क्क्त बनाउन तोडफोड मै उत्रनु पार्छ अनि मात्रै काठमाडौमा उचित दबाब पुग्छ । त्यही भएर आन्द्योलनकारीहरुले सुरुमा आन्दोलनलाई सक्दो उग्र बनाउने प्रयास गर्छन । जुन विगतको लोकतान्त्रिक आन्द्योलनहरुमा पनि भएको छ । तर प्रहरी प्रशासनमा यसमा आन्द्योलनकारीहरु संग समन्वय गर्नु नकि त्यसलाई नियन्त्रण गरेर दबाउन सकिन्छ भनेर अघि वढनु पर्छ । अधिकाशं ठाउहरुमा एकचोटी अवस्था भडके पछि मात्रै प्रशासन र स्थानिय राजनितीक शक्तिहरु विच बैठक हुन्छ । त्यसको यदी सुरु देखि नै प्रशासन र स्थानिय राजनितीक शक्तिहरु विच नियमित बैठकहरु भईराख्यो भने, आन्दोलन पनि संयमित तरीकाले अघि वढछ अनि क्षती पनि कम हुन्छन ।

७, गैरजिम्मेवार मिडिया - 
 पछिल्लो समयमा मधेशमा जारी आन्द्योलनमा फेरी पहिला जस्तै केन्द्रीय मिडियाहरु पनि निशानामा देखिएका छन । पश्चिमका नेपाल देखि पुर्वका जनकपुर र विराटनगर सम्म केन्द्रीय पत्रिकाहरु जलाईएको छ । उनीहरुको विरुद्धमा नारावाजीहरु गरिएको छ । आखिर किन यस्तो हुन्छ त ? हालै पश्चिमका जिल्लहरुको अध्यन गरेर काठमाडौ फर्किकी राष्टिय मानव अधिकारआयोग कि सदस्य मोहना अन्सारी भन्छिन, यसको प्रष्ट कारण के हो भने मिडियाले सवैलाई समान ढंगले स्पेश दिन चाहदैनन । उनी भन्छिन, अखण्ड भन्दा कयौ गुण ठुलो सहभागीतामा थरुहटहरुको आन्दोलन भईरहेको छ, तर मिडिया कभरेज हेर्नुस, कसरी आईरहेको छ । अन्सारीका अनुसार मिडियाको यस्तो अवस्थाका कारण स्थानिय सन्चारकर्मीहरु समेत अप्ठायारो परेको देखिन्छ । आन्दोलनमा रहेको समुदायले आफना गतिविधीहरु मिडियामा कभरेज होस भन्ने चाहन्छ तर याहा मिडियामा एकतर्फी कभरेज आउछ यसले स्थानिय स्तरमा वातावरणलाई थप भडकाउने गरेको उनको विश्लेषण छ । उनलै भनिन, मैलै थरुहटर मधेशका १० जना स्थानिय सन्चारकर्मीहरु संग यसवारेमा कुराकानी गरेको छू, उनीहरुले आफुहरुले समचार सवै पठाउने गरेको बताउछन तर भोली पल्ट केही सिमित समचारहरु मात्रै त्यो तोडमोड गरेर आउने गरेको गुनासा गर्छन । यसले स्थानिय स्तरमा नराम्ररी वातावरण भडकाउन काम गर्ने गरेको अन्सारीको बुझाई छ ।

No comments:

Post a Comment