Wednesday, August 19, 2015

मधेशी मोर्चाद्धारा सरकारसंग वार्ता गर्न अस्विकार । विगतको सहमती कार्यन्वयन नगरे सम्म आन्दोलन जारी रहने


अनिश्चितकालिन मधेश बन्द पश्चात मधेशमा चर्केको आन्दोलन निष्कर्षमा नपुगे सम्म आन्दोलन नरोक्ने निष्कर्ष संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले निकालेका छन ।  बुधवार विहानै तमलोपाको पार्टी कार्यलयमा बसेको मोर्चाको बैठकमा तमलोपा अध्यक्ष महन्थ ठाकुरले सरकारी पक्ष वार्तामा बस्नका लागी गरेको प्रयास वारे जानकारी गराएका थिए । ठाकुरले आफुले सरकारी पक्षलाई प्रष्ट रुपमा विगतको मधेश आन्दोलनको क्रममा भएको ८ बुदे र २२ बुदे सम्झौता कार्यन्वयन नभए सम्म आफुहरुको जारी आन्दोलन नरोकिने बताइ दिएको सुनाएका थिए । केहि अघि पहिला नै मोर्चाका अन्य सवै अध्यक्षहरुले नै ठाकुरलाई सरकारी पक्षहरु संग कुराकानी गर्न जिम्मा दिएका थिए । आजको बैठकमा तमलोपा अध्यक्ष ठाकुरले जारी आन्दोलन चर्कीए पश्चात सतारुढ दलहरु वाट आएको वार्ताको वारेमा कुरा राखे पछि सबै सहभागीहरुले सरकारी पक्षसंग तत्कालै वार्तामा बस्नुको कुनै औचित्य नभएको सुझाएका थिए । अध्यक्ष ठाकुर समेत सरकारी पक्ष विना आन्दोलन मधेशको मुद्धा सम्बोधन गर्नेमा  आफुलाई पनि विश्वास नभएको बताएका थिए ।


आज बसेको मोर्चाको् बैठकले जारी आन्दोलनमा प्रहरी दमन पनि अत्यद्यिक भईरहेको भन्दै मोर्चाको आन्दोलनलाई समेत संयमित कसरी बनाउने वारेमा कुराकानी भएको थियो । साथै मोर्चाले जारी आन्दोलनको क्रममा धाईते हुनेहरुको उपचारको तत्काल कसरी व्यवस्था गर्ने वारेमा वारे समेत समन्वय गर्ने विभिन्न समितीहरु बनाउने भएका छन ।
 
साथै मधेश र थरुहट प्रदेशका लागी जारी आन्दोलनमा साहदत दिनेको परिवारलाई ५० लाख रुपैया, सम्बन्धीत परिवारको व्यक्तीलाई रोजगारीको व्यवस्था र बालबच्चाहरुलाई उच्च तह सम्मको शिक्षाको व्यवस्था पनि प्रादेशिक सरकारले ग्यारेन्टी गर्ने निणर्य गरेका छन । समाजिक सन्चालहरुमा मोर्चाको यो निर्णय माथी व्यापक आलोचन पनि आईरहेको देखिन्छ । तर मोर्चाका एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले यस्ता आलोचनाहरुलाई खण्डन गर्दै भने, दोस्रो जनआन्दोलन गर्दा गिरिजा प्रसादले पनि १० लाख रुपैया दिने घोषणा गरेका थिए, त्यती वेला लोकतान्त्रिक थियो र अहिले मधेशको सवाल घोषणा गर्दा भडकाउन कसरी हुन्छ ?
 
महतोले आफुहरुले यस्तो निर्णय गरेर मधेशीहरुको रगतको मुल्य नतोकेको भन्दै आन्दोलनमा समान्य क्षतीहरुवाट नर्तसनका लागी गरिएको बताए ।  भोली देखि मोर्चाका शिर्ष नेतृत्वहरु मधेशका जिल्लाहरुमा गएर आन्दोलनमा सहभागी हुन लागेको समेत महतोले बताए ।

No comments:

Post a Comment