Tuesday, August 18, 2015

मधेशमा आन्दोलन चर्के संगै सदभावनाद्धारा संविद्यानसभा परित्याग गर्ने घोषणा । सतारुढ दलद्धारा मोर्चा संग वार्ताको प्रयास । मोर्चाको बैठक भोली बस्दै


अनिश्चितकालिन मधेश बन्दको आब्हान गरेको भोली पल्टै मधेशका जिल्लाहरुमा आन्दोलन चर्किए पछि सदभावना पार्टीले संविद्यानसभावाट सामुहिक राजिनामा दिने घोषणा गरेका छन । संविद्यानसभामा सदभावना पार्टीको ५ जना सभासद छन । आज काठमाडौमा पत्रकार सम्मेलन गरेर सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र सदभावना पार्टीका संसदीय दलका नेता लक्ष्मणलाल कर्णले संसविद्यानसभा जनताको अधिकार दिनु भन्द्या पनि बहुमतको खेलमा अघि वढेको भन्दै त्याहा बस्नुको औचित्य अब नरहेको निष्कर्ष आफुहरुले निकाले जनाएका छन ।

दोस्रो संविद्यानसभामा मधेशी पार्टीहरुले समानुपातिक सभासद छनौटमा व्यापक पैसाको खेलावेला गरेको आरोप लगेका थिए । पछिल्लो समयमा मधेशी पार्टी भित्रै पनि संविद्यानसभावाट राजिनामा दिनु पर्ने माग चर्को रुपमा उठदै आएको थियो । यद्यपी मधेशी मोर्चाले यस वारेमा अहिले सम्म मुख खोलेका छैन । आज सदभावना पार्टीले आफनो यस्तो निर्णय सार्वजनिक गरे पछि मोर्चाको अन्य घटक अब के गर्लान भन्ने् चौतर्फी चासो बढेको देखिन्छ । भोली विहान ८ बजे मधेशी मोर्चाको बैठक तमलोपाको पार्टी कार्यलयमा बस्दै छन ।

यता मधेशका जिल्लाहरुमा आन्द्योलन चर्के संगै सरकारी पक्षहरु विभिन्न तहवाट मोर्चाको शिर्ष नेतृत्वहरु संग वार्ताको प्रयास गरीरहेको बुझिएको छ । नेताहरुले यसवारेमा अहिले मुख नखोले पनि केही भित्रियाहरुका अनुसार संघियताको सन्दर्भमा कसरी मधेशलाई चित बुझाउने र कर्णली सहित पहाडको केही क्षेत्रमा जारी आन्दोलनलाई समेत कसरी समेटिन सकिन्छ भन्ने वारेमा आन्त्रिक छलफलहरु चलाईरहेका छन । प्रधानमन्त्री कोईराला स्वयंमले तमलोपा अध्यक्ष महन्थ ठाकुरसंग आज भेटने प्रयास गरेको भए पनि भेटघाट हुन सकेको छैन । यद्यपी प्रधानमन्त्री र ठाकुर विच आज फोनमा लामो कुराकानी भएको बुझिएको छ । ठाकुरले यस अघि नै प्रधानमन्त्री सहित प्रमुख चार दललाई मधेशको संघियता सहितको अन्इ अजेन्डाको वारेमा प्रष्ट पारी सकेका छन । यद्यपी चार दलको शिर्ष तहमा मधेशी मोर्चाका तर्फ वाट तमलोपा अध्यक्ष ठाकुर संग अन्य छलफलहरु समेत भएको बुझिएको छ । काग्रेस भित्रै पनि संघियतामा मधेशलाई सन्तुष्ट हुने गरी सम्बोधन गर्न आन्तरिक दबाब समेत वढदै गएको देखिन्छ । एमाओवादीका मधेशी नेताहरु त खुल्ला रुपमै आफुहरु आन्दनोलनमा सहभागी हुने चेतावनी नै दिईसकेका छन । सरकारी पक्षवाट भईरहेको वार्ता प्रयास समेत भोली सम्म गर्ने वारेमा आन्तरिक तयारीहरु भईरहेको केही भित्रियाहरुको भनाई छ । यद्यपी मोर्चाका शिर्ष नेताहरु वार्ता गर्ने वा नगर्न वारेमा अन्योलमा देखिन्छ ।

मधेश भरी नै चर्कियो आन्दोलन

केही समय अघि देखि नै आन्दोलीत रहेका मधेशका जिल्लहरुमा मोर्चाले अनिश्चिकालिन बन्द आब्हान गरे संगै आन्द्योलनहरु चर्किएको छ । पुर्वको सप्तरी जिल्लामा आज भएको प्रर्दशनको क्रममा १ जनाको मृत्यू समेत भएको छ भने दर्जनौ धाईते भएका छन । त्यसै गरी पश्चिमका कपिलवस्तूमा समेत आज प्रहरीले गोली चलाएवाट १ दर्जन धाईते भएका छन । त्यसैगरी आज पनि हिजो जस्तै मधेशका झापा देखि पश्चिमको कैलाली सम्मको जिल्लाहरुमा विभिन्न विरोध प्रर्दशनहरु भएका छन । पश्चिमका कैलालीको केहि क्षेत्रमा अखण्ड र थारु समुदायको प्रर्दशनकारी विच दाहोरो झडपहरु समेत भएको थियो ।

No comments:

Post a Comment