Thursday, August 13, 2015

भारतका पुर्वअधिकारीहरु भन्छन - संघियताको उचित व्यवस्थापन हुनुपर्छ ।


भारतका पुर्व दुई अधिकारीहरुले नेपालमा संघियताको उचित व्यवस्थापन हुनु पर्नेमा जोड दिएका छन । काठमाडौमा विहिवार आयोजना गरिएको अन्तक्रिया कार्यक्रममा नेपालका लागी पुर्व भारतीय राजदुत केभी राजन र भारतका पुर्व कर्णेल अशोक मेहताले प्रमुख दलहरुको सहमतीमा ल्याइएको ६ प्रदेशको खाकालाई साकारात्मक भन्दै केन्द्र र प्रदेशको व्यवस्थापन उचित तरिकाले गर्न सुझाए । उनीहरुले केन्द्र र प्रदेशको उचित व्यवस्थापन नभए नाकारात्मक द्धन्दहरु सिर्जना हुने भन्दै घुमाउरो तरिकाले प्रदेशहरुलाई वलियो वनाउनु पर्नेमा जोड दिए । उनीहरुले प्रदेश चाहना स्थानिय स्तरमा जनताहरुले आफैले शासन गर्नु पाउनु पर्ने र विकास तथा समृद्धीको सपनावाट आउने भएकाले संघियतालाई सक्दो वलियो वनाउनु पर्ने तर्क गरे । संघियता र केन्द्रको टसल धेरै ठाउमा देखिन्छ, उनीहरुले भने, यसलाई उचित व्यवस्थापन नगरेको खण्डमा नया नयां द्धन्दहरु सिर्जना हुने अवस्थाहरु देखा पर्न सक्छ, यसलाई सक्दो उचित तरिकाले समेटिनु नै बुद्धमानी हुन्छ । नेपालको संघियतालाई लिएर केही पक्षमा देखिएको असन्तुष्टि वारेमा टिप्पणी गर्दै उनीहरुले सवै समस्या एकचौटी समाधान नहुने तर्क गर्दै जायज मागहरुलाई वेलामै  समाधान गरेर अघि वढनु पर्ने तर्क गरे । पुर्व राजदुत राजनले भारतको ६० बर्षको संघियताको समयावद्यीमा अझै पनि कतिपय मुद्धाहरु चली नै रहेको उदाहरण त्यसलाई उचित ढंगले सम्बोधन गर्नु पनि पर्ने तर्क गरे । राजनले भने, संघियतावाट क्षेत्रिय राजनिती मैलाउछ भन्नेमा चिन्ता लिनु पर्दैन, किनकी यसले धेरै ठाउमा सिमान्तकृत समुदायहरुलाई केन्द्रीय मुलप्रवाहमा ल्याउने गर्छन, यसलाई सहज रुपमा स्विकार गर्नु नै लोकतान्त्रिक विधि हुन्छ ।


भारतीय सेनाको पुर्व कर्णेल तथा नेपालको मामलामा विशेष जनकार मानिने अशोक मेहताले भारतको नेपालमा रहेको सुरक्षा चासो वारेमा विस्तृत रुपमा बोलेका थिए । मेहताले नेपालको संघियताहरुमा पनि आन्तरिक संगै वाह्य सरक्षा चुनौती देखिएको भए पनि त्यसलाई समयमै उचित व्यवस्थापन हुनु पर्नेमा जोड दिए । मेहताले भने, संघिय नेपालको लागी वाह्य भन्दा पनि म आन्तरिक सुरक्षा चुनौती नै वढी देखिरहेको छू । मेहताले नेपालको संघियताहरु भारतीय सुरक्षा चासो दुष्टिकोण पनि अत्यद्यिक महत्वपुर्ण हुने बताए । उनले भने, नेपाल हाम्रो लागी आज मात्रै होईन, विगत देखि नै रणनितीक दृष्टिकोणले समेत अत्यद्यिक चासोको ठाउ छ । मेहताले नेपालमा पछिल्लो समयमा चिनिया चासो समेत ह्वातै वढेर आएको टिप्पणी गरेका थिए ।

मेहता र राजन दुवैले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी भए पछि नेपाल भारतको सम्बन्धमा नयां नयां साकारात्मक आयामहरु थपिएको बताएका थिए। उनीहरु दुवै जनाले नेपालमा चाडो नयां संविद्यान जारी भएर विकास र समृद्धीको सन्दर्भमा भारत याहाको सरकारसंग मिलेर काम गर्न इच्छुक रहेकोमा जोड दिएका थिए ।

No comments:

Post a Comment