Wednesday, August 12, 2015

काहा हराए हृदेश त्रिपाठी ?

हृदेश त्रिपाठी

प्रमुख चारका दलका नेताहरुले जेठको अन्तिम साता १६ बुदे सहमती गर्दा मधेशीमोर्चामा आबद्ध चार मधेशी पार्टीहरुले तत्कालै प्रतिक्रिया दिदै भने, हामीले यसलाई कुनै पनि हालतमा मान्ने छैनौ । केही पुर्व मात्रै सक्रिय भएको मधेशी मोर्चाले औपचारिक रुपमै निर्णय गर्दै भने, हामी अब सशक्क्त आन्दो्लनमा जान्छौ । मधेशी मोर्चाले त्यसको विरुद्धमा विभिन्न आन्दोलनका कार्यक्रमहरु पनि बनाए । तर चार दलको निर्णय अनुसार नयां संविद्यानको प्रारम्भिक मस्यौदा आयो । मस्यौदा माथी जनताको सुझाव संकलनको कार्यक्रम तय भयो । त्यती वेला सम्म मधेशी मोर्चाको हरेक कार्यक्रमका डिजाईनर देखिन्थे तमलोपाका सहअध्यक्ष हृदेश त्रिपाठी । त्रिपाठी एक मधेश राजनितीका खेलाडी पात्र हुन । उनी नेतृत्व गर्दैन्न, तर मधेशी राजनितीको निर्णयक चाजोपाजोमा उनको भुमिका जहिले पनि निर्णयक देखिन्थ्यो । तर मस्यौदा माथी ४ /५ साउनमा सुझाव सकलनको विरोध कार्यक्रम लिएर आफनो गृहजिल्ला नवलपरासी पुगे पछि त्रिपाठी त्यस यता कुनै भुमिकामा देखिएका छैन । आखिर के यस्तो भयो र त्रिपाठी जस्तो खेलाडी मधेश राजनितीका पात्र यसरी ओझेलमा छन ।

त्रिपाठी साउन ४ / ५ गतेकै कार्यक्रमको सेरोफोरोमा नवलपरासी गए पछि विहिवार मात्रै काठमाडौ फर्केका छन । न त उनी पार्टी वा मोर्चाको कुनै कार्यक्रममा देखा परे । हालै कपिलवस्तूमा आयोजना गरिएको एउटा पार्टीको आयोजनामा उनी मात्रै सहभागी भएको देखिन्छ ।

मोर्चाको विभिन्न कार्यक्रम बन्दा तमलोपा अध्यक्ष ठाकुरले उनलाई पश्चिमका जिल्लाहरुमा सहभागी हुन फोनमा पटक पटक आग्रह पनि नगरेका होईन । तर तमलोपा स्रोत भन्छन, त्रिपाठीले ठाकुरलाई पनि म नितान्त व्यक्तिगत कामहरुमा व्यस्त रहेको वाहाना दे्खाउदै इन्कार गरे । त्यस पछि ठाकुरले नेपालगंज लगायतका ठाउमा तमलोपाका नेता सुक्लालाई पठाए । जब कि त्रिपाठी यस भन्दा पहिला पश्चिमका भैरहवा देखि नेपालगंज सम्मका कार्यक्रमहरु चासो पुर्वक सहभागी हुन रुचाउथे । आन्दोलनको कार्यक्रमका डिजाईनरको रुपमा देखिने त्रिपाठी यती वेला सिनवाट वाहिरिएको देखिन्छ , जती वेला संघियताको सिमांकन गरिएको छ, नयां संविद्यान घो्षणको अन्तिम तयारीमा प्रमुख दलहरु लागी परेको देखिन्छ । मधेशी पार्टीहरु र मोर्चा औपचारिक रुपमा अहिले सम्म यसको विरुद्धमा देखिएका छन । मोर्चा औपचारिक रुपमा आन्द्योलनको कार्यक्रमा छ । प्रश्न फेरी आउछ कि त्रिपाठी यती महत्वपुर्ण समय मधेश राजनितीको केन्द्र वाट आफुलाई वाहिर राखेका छन र गृह जिल्ला नवलपरासी स्थित आफनो निजी निवासमा के गर्दै थिए ?

1 comment:

  1. Hridayesh Tripathy http://demrepubnepal.blogspot.com/2015/08/hridayesh-tripathy.html

    ReplyDelete