Wednesday, August 12, 2015

तमलोपा भित्र शुक्लाको प्रस्ताव - फरक मत राख्दै अघि वढौ

नेता सर्वेन्द्रनाथ सुक्ला 

तराइ मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री तथा संसदीय दलका नेता सर्वेन्द्रनाथ सुक्लाले नयां संविद्यानको असहमत मुद्धाहरुमा फरक मत राख्दै अघि वढन सुझाएका छन । पार्टीको हिजो देखि सुरु भएको आन्तरिक छलफलमा सुक्लाले मधेशको सबै मुद्धा तत्कालै समबोधन गराउने हटमा नलाग्न र सवै ठाउ अधिकार लामो संघर्ष पछि मात्रै मिल्ने गरेको उदाहर दिदै पार्टीलाइ असहमत मुद्धाहरुमा फरक मत राखेर विरोध गर्दै अघि वढन सुझाएको बैठकमा सहभागी एक नेताले बताए । हिजो देखि सुरु भएको पार्टीको छलफलको क्रममा सुक्लाले हिजै आफना कुरा राखेका थिए । बैठक स्रोतका अनुसार सुक्लाले भारतको तिलंगनाको उदाहरण दिदै त्याहा ६० बर्ष देखि लागीरहेको भन्दै मधेशलाई पनि लामो संघर्षमा लागी रहनु पर्ने तर्क गरेका थिए । तमलोपा भित्र सुक्ला  अध्यक्ष महन्थ ठाकुर  प्रति हावी भएको रुपमा चित्रण गरिने गर्छन ।

तराई मधेश लोकतान्त्रिक पार्टीको संसदीय दलको नेता समेत रहेका सुक्ला माथी अन्य नेताहरुले सत्ताको लागी वार्गेनिंग गरिरहेको चर्चा पछिल्लो समयमा पनि नचलेको होईन । तमलोपाका एक भित्रियाका अनुसार सुक्ला पछिल्लो समयमा एमाले अध्यक्षहरु संग पनि लागातार बैठकहरु गर्दै आएका छन । १६ बुदे सहमतीको सेरोफेरोमा सुक्ला र गच्छदार विच पनि लागातार कतिपटक बैठकहरु भएको थियो । जसको आलोचना तमलोपाको पदाधिकारी बैठकमा समेत भएको थियो । 

मधेशी मोर्चाका सभासदहरु लाई संविद्याँनसभा वाट राजिनामा दिएर आन्दोलनमा होमिन चर्को दबाब मधेशको राजनितीक  वृतमा उच्च स्तरमा देखिन्छ । तमलोपा भित्रै पनि दोस्रो र युवा तहका सबै नेताहरु संविद्यानसभा परित्याग गरेर आन्दोलनमा होमिनु पर्ने आवज सार्वजनिक रुपमै राख्ने गरेको पाइन्छ । हिजो देखि पनि तमलोपाको सुरु भएको आन्तरिक छलफलमा समेत प्रायजसो सबैले सशक्क्त आन्दोलनको पक्षमा बोल्दै त्यसका लागी वातावरण सिर्जना गर्न संविद्यानसभा परित्याग गर्न अध्यक्ष ठाकुरलाई सुझाएका थिए । पार्टी भित्र र मधेशी मोर्चा वृतमा विगत केहि समय अघि देखि नै यो प्रसंग उठे पनि तमलोपा अध्यक्ष ठाकुर यस प्रति अहिले खुलेर बोल्न चाहेका छैन ।

No comments:

Post a Comment