Wednesday, August 12, 2015

युवा वैज्ञानिक राजीव झा सम्मनित । पुरस्कारको रकम अशक्क्त र असहाय विद्यार्थीलाई प्रदान गरिने घोषणा

युवा वैज्ञानिक राजीव झा सम्मनित हुदै ।
युवा वैज्ञानिक राजीव झालाई आज नेपाल सरकारले यस बर्षको राष्टिय प्रतिभा पुरस्कार वाट सम्मानित गरेका छन । चिनमा क्यान्सर सम्बन्धी अनुसन्धान गरीरहेका डा झा सहित ९ जनालाई उक्त पुरस्कार प्रदान गरिने घोषणा दुई हप्ता अघि नै सरकारले गरेका थिए । युवा दिवसको उपलक्ष्यमा आज काठमाडौमा आयोजना गरिएको विशेष कार्यक्रममा झालाई नेपाल सरकारका गृहमन्त्री सहित अन्य वरिष्ठ मन्त्रीहरुले संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गरेका थिए ।

चिनको सियान विश्वविद्याँलयमा क्यान्सर सम्बन्धी अनुसन्धान गरीरहेका डा झा त्याहाका स्थयी प्रोफेसर पनि हुन । सन २०१३ मा डा झा चिनको प्रतिभाशाली १ सय युवा भित्र छनौट भए पछि उनको चर्चा नेपाल र चिन दुवैमा चुलिएको थियो । धनुषाको परवाहा गाउका मुल निवासी ३६ बर्षीय डा झा मेडिकल विज्ञानमा विद्यावारिधी गरिसकेका छन ।


नेपाल सरकारको तर्फवाट पुरस्कार पाए पश्चात सम्बोधन गर्न पुगेका झाले आफु पुरस्कार वापत पाएको १ लाख रुपैया धनुषा र गुल्मी जिल्लाका अशक्क्त तथा असहाय विद्याँर्थीहरु प्रदान गर्ने घोषणा गरेका थिए । आफनो छाटो सम्बोधानमा झाले आफनो गृह जिल्ला धनुषा र दुई बर्ष अगाडी गुल्मी पुग्दा त्याहा अवस्था देखेर दुख लागेको समेत गुनासा गरे । उनले त्यही घटनालाई सम्झदै पुरस्कार रकम ती दुवै क्षेत्रमा आधा ाधा गरुी वाडेर प्रदान गर्ने जनाए ।

साथमा यो पनि पढनुस 

युवा वैज्ञानिक डा राजीव झा भन्छन - राजनिती होईन, समाजिक अभियान चलाउछू । http://www.dalannepal.com/2015/08/441.html



No comments:

Post a Comment