Sunday, August 9, 2015

६ प्रदेशको मधेशमा व्यापक विरोध । मधेशी मोर्चाको बैठक भोली बस्दै


प्रमुख चार दलले गए राती संघियताको सन्दर्भमा गरेको ६ प्रदेशको सहमतीप्रति मधेशी पार्टीहरु सहित मधेशका विभिन्न पक्षहरुले असन्तुष्टि जनाएका छन । वर्तमान प्रक्रियाको सुरु देखि नै विरोध गर्दै आएका मधेशी मोर्चामा आबद्ध चार मधेशी पार्टीहरुले यस विरुद्ध आफना आन्दोलनलाई थप सशक्क्त बनाउने जनाएका छन । आईतवार मोर्चामा आबद्ध तराई मधेश लोकतान्त्रिक पार्टी र सदभावना पार्टीले विज्ञप्ति निकालेर आफना सवै पंक्तिलाई आन्दोलनमा होमिन आग्रह गरेका छन । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तमलोपाका उपाध्यक्ष वृषेशचन्द्र लालले निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ, विगत देखि आन्दोलित रहेको आफना सबै निकायलाई ६ प्रदेशको विरुद्धमा आर कि पारको आन्दोलनमा होमिन आग्रह गर्दछौ । यसका साथै सदभावना अध्यक्ष महतो द्धारा जारी गरिएको विज्ञप्तिमा आज देखि थारु समुदायले थालेको आन्द्योलनमा एक्यवद्धता समेत जनाइएको उल्लेख गरिएको छ । महतो द्धारा हस्ताक्षर गरिएको विज्ञीपतमा थप भनिएको छ, सदभावना पार्टी मधेशी मोर्चा संगै पार्टीगत तहवाट समेत आज देखि कडा आन्दोलनमा जाने निर्णय गरेको छ ।

मधेशी मोर्चाको बैठक भोली बस्दै 




१६ बुदे सहमती देखि नै वर्तमान प्रक्रिया प्रति असन्त्ुष्टि जनाउदै आन्दोलन गर्दै आएका मधेशी मोर्चाले अगामी रणनिती बनाउनका लागी भोली बैठक गर्दै छ । आईतवार मोर्चाका तीनै ओटै अध्यक्षहरु एक आपसमा फोन वार्ता गरेका छन । भोलीको बैठक तमलोपाका अध्यक्ष महन्थ ठाकुरले बोलाउन लागेको एक नेताले बताए । गए राती चार दलले संघियतामा ६ प्रदेशको सिमांकन गरेपछि आज दिन भरी नै मधेशी पार्टीहरुका अध्यक्षहरु विभिन्न पक्षहरु संग छलफल गर्न व्यास्त देखिन्थे । ६ प्रदेशको खाकामा सप्तरी देखि पर्सा सम्म एउटा मधेश प्रदेश बनाइए पनि बाकी सबै जिल्लाहरु पहाडसंग जोडिएका छन ।

मधेशी पार्टीहरुले पुर्वको झापा देखि पश्चिमको कन्चनपुर सम्म दुई ओटा प्रदेश बनाउनु पर्ने अडान राख्दै आएका थिए ।  तर सतारुढ दलहरुले सुरु देखि नै उत्तर दक्षिणको खाकाको संघियताको वकालत गर्दै आएका थिए ।

गए राती फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार सहित चार दलले ६ प्रदेशको खाकामा हस्ताक्षर गरेपछि आईतवार विहानै देखि मधेशका प्रमुख सहरहरुमा विरोध प्रर्दशनहरु भएका छन । पश्चिमका मधेशका जिल्लाहरुमा थारुहरुले आन्दोलनका घोषणा गरेका छन । आईतवार विहानै देखि विरगंज, कलैया, गौर, जनकपुर, राजविराज, विराटनगर लगागतका सहरहरुमा प्रधानमन्त्री सहित चार दलका शिर्ष नेताहरुको पुतला जलाइएको छ ।

 हालै १६ बुदे सहमतीको आधारमा जारी गरिएको नयां संविद्यानको प्रारम्भिक मस्यौदा माथीको सुझाव संकलनको क्रममा मधेशमा व्यापक प्रतिकार गरिएको थियो । मधेशका कपिलवस्तू देखि मोरड सम्म त पुर्ण रुपमा सुझाव संकलन नै प्रभावित भएका थिए भने अन्य क्षेत्रमा पनि विभिन्न विरोधका कार्यक्रमहरु देखिएको थियो ।

No comments:

Post a Comment