Tuesday, August 11, 2015

संविद्यानसभा वाट वाहिरिन मधेशी मोर्चाका नेतृत्व प्रति तीव्र दबाब



सघियता सहितको नयां संविद्यानमा अनेकन मुद्धाहरुमा आ आफना असन्तुष्टि पोख्दै आएका मधेशी मोर्चा भित्र संविद्यानसभावाट वाहिरिन ठुलो दबाब सिर्जना हुदै गएको छ । मोर्चामा सहभागी चार मधेशी पार्टीहरुको तर्फ वाट हाल संविद्यानसभामा जम्मा ३५ जना सभासदहरु छन ।

हिजो सोमवार मात्रै बसेको मोर्चाको बैठकमा समेत शिर्ष नेतृत्वहरु विच त्यसवारेमा छलफल भए पनि त्यस वारेमा कुनै ठोस निर्णय चाही हुन सकेन । मधेशको राजनितीक वृतमा सत्ताको आरोप खेप्दै आएका मधेशी पार्टीहरुका लागी आफनो वास्तविकता देखाउने एउटा मौका पनि यो भएको कतिपयको वुझाई छ भने कतिपयले संसदीय प्रणलीमा राजनितीक गर्ने लोकतान्त्रिक शक्तिले सदनमा आफनो विरोधको स्वरलाई दर्ता गराउनु भन्दा वाहिरिनु वुद्धमानी नहुने तर्क पनि गर्छन । तर मोर्चा भित्रकै युवा पंक्तिहरुको दिन प्रति दिन यती ठुलो दबाब सिर्जना हुदै गएको देखिन्छ कि मधेशी नेतृत्वहरु विस्तारै त्यसवारेमा आन्तरिक छलफलहरुलाई तीव्र बनाएको छ । हिजो मात्रै मोर्चाको बैठकमा संविद्यानसभामा वाहिरिने वारे समान्य छलफल गरेका मधेशी नेतृत्वहरु सम्भावित भविष्यको परिस्थितीको लेखाजोखा गर्न लागी परेको देखिन्छ ।


सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भन्छन, मधेशी नागरिकको तह देखि पार्टीको विभिन्न तहवाट यसवारेमा व्यापक दबाब आईरहेको कुरा सत्य हो र त्यस वारेमा मैलै मोर्चामा कुरा पनि अगाडी बढाए । महतोको अनुसार त्यसु वारे सम्भतह अर्कौ बैठकमा छलफल हुनेछ ।

आज मात्रै तमलोपाका अध्यक्ष महन्थ ठाकुरले पार्टी कार्यलयमा काठमाडौमा उपल्वध पदाधिकारीहरु संग आज छलफल गरेका थिए । छलफलमा सबैले संविद्यानसभा वाहिरिनु पर्ने आश्यको कुरा अध्यक्ष ठाकुुरलाई राखेको तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनलले बताए । सोनलका अनुसार आज बोल्ने अधिकांश वर्तमान सिमांकन र मस्यौदा स्विकार गर्दा मधेशले विगतको सम्पुर्ण उपलब्धीलाई गुमाउने भएकाले संघर्षमा सश्क्क्त भएर अगाडी वढन सुझाएका थिए । अध्यक्ष ठाकुरले कम क्षतीमा व्यवस्थीत तरीकाले उपल्ब्धी मुलक आन्द्योलन कसरी गर्न सकिन्छ भन्ने वारेमा आफु गृहकार्य गरीरहेको जानकारी गराएका थिए ।

पछिल्लो समयमा मधेशका अधिकावादीहरु समेत खुलेरै संविद्यानसभावाट राजिनामा दिन मधेशी नेतृत्वहरु माथी दबाब सिर्जना गर्न थालेका छन । यसका साथै मधेशका जिल्लाहरुमा सक्रिय विभिन्न दबाब समुहहरुले समेत मधेशी मोर्चामा आबद्ध दलहरुलाइ संविद्यानसभा परित्याग गर्न विभिन्न तरीकाले कुराहरु अघि वढाउन थालेका छन । मधेशी नेतृत्वहरुले यसवारेमा खुलेर बोल्न चाहेका त छैन तर यस विषयलाई लिएर ठुलो दबाबमा परेको उनीहरुको निकटस्तहरुले बताउन थालेका छन । यद्यपी संविद्यानसभामा अन्तिम मस्यौदा पेश नहुन्जेल संविद्यानसभा नछाडनेमा उनीहरु एकमत देखिन्छ । अहिले दबाबमा देखिएका मधेशी नेतृत्व भन्छन, असिन्तम मस्यौदा पेश यही तरीकाले पेश भएको खण्डमा आफहरु त्याहा आफना असहमती राख्दै त्याहावाट वाहिरिने कि वारेमा छलफलहरु अघि वढाइरहेका छौ ।

No comments:

Post a Comment