Sunday, August 16, 2015

मुठभेडको बाटोमा मधेश

२३ साउनको मध्यरातीमा प्रमुख चार दलले टुगाएको संघियताको सिमांकनको विरोधमा गएको ८ दिन देखि पश्चिम मधेश पुर्णरुपमा बन्द छ । पश्चिममा खासगरी थारु समुदायले संघियतामा आफुहरुलाई पहाड तिर मिसाएको भन्दै तीव्र आपती जनाइरहेका छन । थारुको यो अभियानमा मधेशी समुदायको पनि पुरै साथ देखिन्छ । संघियताको सिमाकंनलाई पश्चिम मधेश आठ दिन देखि पुर्ण ठप्प रहदा पुर्वी मधेशका जिल्लाहरु पनि गएको ८ दिन देखि कुनै र कुनै रुपमा बन्द हडतालको मार खेप्दै आएका छन ।  पुर्वी मधेशका जिल्लाहरुमा खासगरी झापा, मोरड र सुनसरीलाई नमिसाएको भन्दै यता विरोधका स्वरहरु चर्को देखिन्छ । ठाउ ठाउमा मधेशी राजनिती समबद्ध युवाहरु विभिन्न नामा संगठित भएर छुटै स्थानिय स्तरमा आन्दोलन चलाईरहेको देखिन्छ । यही सेरोफोरामा आज र भोली मधेशी मोर्चाले बन्दको आब्हान गरेका छन भने अनिल झा नेतृत्वको सदभावना पार्टीले पनि तीन दिने मधेश बन्दको घोषणा गरेका छन ।





पश्चिमी मधेशका जिल्लाहरुमा कैलाली कन्चनपुर वाट सुरु भएको थारु समुदायहरुको विरोध प्रर्दशमा मधेशी मोर्चाले औ्रपचारिक रुपमै सार्थन जनाउने निर्णय गरे पछि नवलपरासी सम्म यो आन्द्योलनको स्वरुप दिन प्रति दिन ठुलो हुदै गएको देखिन्छ । हिजो शनिवार मात्रै नवलपरासीमा एमाले सांसदको घरमा मधेशी प्रर्दशनकारीहरुले तोडफोड गर्न खोज्दा प्रहरीले गोली नै बर्साए । खासगरी पछिल्लो तीन दिन यता नवलपरासी, रुपन्देही र कपिलवस्तूमा मोर्चा र थारु संगठनहरुको आन्दोलन दिन प्रति दिन ठुलो हुदै गएको् देखिन्छ । उता प्रहरी प्रशासन पनि यस प्रति कठोर भएर प्रस्तुत भईरहेको देखिन्छ । रुपन्देही र नवलपरासीमा मात्रै दर्जनौ प्रर्दशनकारीहरु प्रशासनका सिकार भएको देखिन्छ । उता प्रशासनको दमन वढन थाले पछि मधेशी र थारु समुदायका संगठनहरुको आन्दोलनको प्रभाव पनि गाउ गाउ सम्म फैलिन थालेका छन ।

हिजो शनिवार मात्रै नवलपरासीको दक्षिण क्षेत्रका मधेशी वसोवास गर्ने गाउवाट प्रहरीले आफनो स्थायी पोष्टहरु हटाउन वाध्य भएका छन । गाउलेहरुले प्रहरी दमनमा उत्रेको भन्दै गाउगाउमा विरोध गर्न थाले पछि प्रहरीले असुरक्षित महसुस गर्दै आफनो प्रहरी पोष्टहरु हटाएको जनाएको छ ।

केही अधिकारकर्मीहरुका अनुसार नवलपरासी, रुपन्देही लगायतका पश्चिम जिल्लाहरुको सदरमुकाममा प्रहरी प्रशासन अत्यद्यिक कठोरताका साथ आन्दोलनकारीहरु माथी व्यवहवार गर्न थालेका छन । साथै विभिन्न संगठनको नाममा मधेशी समुदाय विरुद्ध विभिन्न गलत नाराहरु लगाउदै त्यसको विरुद्धमा प्रर्दशनहरु पनि गराउन थालेका छन । प्रमुख दलहरुले नवलपरासी जिल्लालाई विभाजन गर्दै वर्दीया सम्म र लुम्बिनी अन्चलका अरु पहाडी जिल्लाहरु मिसाएर एउटा प्रदेश बनाउने घोषणा गरेका छन भने थारु बाहुल्य रहेको कैलाली, कन्चनपुरलाई अखण्ड सुदुरपश्चिममा गाभि दिएको छ ।

भडकने खतरा 

झापा, मोरड र सुनसरीलाई मधेश प्रदेशमै राख्नका लागी आज विराटनगरमा गरिएको प्रर्दशन



नयां संविद्यान निर्माणको वर्तमान प्रक्रियामा सुरु देखि नै मधेशलाई विभिन्न कुरा ठग्न लागेको भन्दै मधेशी समुदायमा तीव्र असन्तुष्टी देखिन्छ । यो असन्तुष्टि चुलिरहेकै वेला  प्रमुख दलहरुले ६ प्रदेशको सिमांकनमा मधेश संग विभिन्न ढंगवाट वईमानी गरेको आरोप मधेशमा सुनिन्नछ । र यसको विरोध पनि प्राय जसो सबै मधेशका जिल्लाहरुमा भईरहेको देखिन्छ । तर काठमाडौ वाट प्रकाशित र प्रशासरण हुने राष्टिय मिडियाले अझै पनि मधेशमा सानो स्वरमा रहेको केही आवाजहरुलाई प्राथमिकतामा राख्दै मधेशलाई पहाडसंग् नजोडिएको भन्दै त्यसलाई उचालिरहेको देखिन्छ । जसका कारण समाज थप भडकाव तिर लम्किरहेको देखिन्छ । आज मात्रै पश्चिम मधेशका प्रमुख एउटा सहरमा मधेशी प्रर्दशनकारीहरुले काठमाडौ वाट प्रकाशित हुने दैनिक पत्रिकाहरुलाई चलाएर मिडियाप्रति पनि आक्रोश पोखेका छन ।  यता पुर्वका जिल्लाहरुमा भइरहेको विरोध प्रर्दशनलाई त अहिले सम्म समाचारमा सेन्सर नै गरीरहेको त्यस क्षेत्रका नागरिक अगुवाहरुले समेत लगाईरहेको देखिन्छ । झापा, मोरड र सुनसरीमा त्उस क्षेत्रवाट प्रतिनिधित्व गर्ने मधेशी नेताहरुको अगुवाई छुटै आन्दोलन समिती बनाएर गएको दिन तीन देखि त्यस क्षेत्र बन्द लगायतका विरोध कार्यक्रमहरु हुदै आईरहेको देखिन्छ ।

जनकपुर क्षेत्रमा सक्रिय युवाहरुको आन्दोलन समिती मासले धनुषा, महोतरीका गाउ गाउमा विरोध कार्यक्रहरु विभिन्न स्वरुपमा गर्दै आएका छन । आईतवार मात्रै त्याहाका अगुवा युवा नेताहरुको अगुवामा ६ प्रदेशको सिमांकन तथा नयां संविद्यानको अन्य कयौन प्रावद्याँन माथी असन्तुष्टि वारेमा विभिन्न विरोध कार्यक्रमहरु सम्पन्न भएको छ ।

राजविराजमा आज गरिएको प्रर्दशन

यस अघि गएको ४र ५ गते नै संविद्यानसभाले अघि सारेको प्रारम्भिक मस्यौदा माथी सुझाव संकलनको क्रममा मधेशका सबै जिल्लाहरुमा मुठभेडको वातावरण सिर्जना भएको थियो । तर पनि प्रमुख चार दलहरुले त्यसलाई पुरै वेवास्ता गरेर अघि वढीरहेको देखिन्छ । उता पुर्व देखि पश्चिम सम्मका मधेशमा दिन प्रति दिन विरोधका कार्यक्रमहरु सशक्क्त बन्दै गएको देखिन्छ । साथै यसको प्रतिकारमा समेत कयौन घटनाहरु घटन थालेको देखिन्छ । जसले मधेशलाई नराम्ररी मुठभेडको सिकार बनाउनेमा कुनै दुईमत छैन । प्रमुख चार दल र प्रहरी प्रशासन यस प्रति सचेत भएन भने ठुलै दुर्घटना नहोला भन्न सकिन्न ।

मधेशी तथा थारु समुदायको आन्दोलन लाई समाचारमा प्राथमिकतमा नदिएको भन्दै नेपालगंजमा मधेशी तथा थारु प्रर्दशनकारीले पत्रिकाहरु जलाउदै

1 comment:

  1. यो नक्शा मा समस्या के? http://demrepubnepal.blogspot.com/2015/08/blog-post_634.html

    ReplyDelete