Sunday, August 23, 2015

सदभावनाका सभासदद्धारा राजिनामा पेश


मधेशमा आन्दोलन चर्के संगै घोषणा गरिए बमोजीम सदभावना पार्टीका ४ जना सभासदहरुले आज संविद्यानसभाका अध्यक्षलाई आफनो राजिनामा बुझाएका छन । सहअध्यक्ष लक्ष्मणलाल कर्ण, शैलो देवी महोतो, विमल केडिया र निलम्बित सभासद सजंय साहको राजिनामा आज संविद्यानसभाको अध्यक्ष नेम्बाड समकक्ष बुझाइएको छ । अघिल्लो साता नै मधेशमा आन्दोलन चर्कीए पछि सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महताले पत्रकार सम्मेलन गरेर आफुहरुले संविद्यानसभा परित्याग गर्ने निर्णय गरेको घोषणा गरेका थिए ।


आज बुझाइएको ४ जना मध्ये निलिम्बत साह जनकपुर बम काण्डमा मुछिएर जेलमा छन । साहलाई पार्टीवाट कुनै कारवाही नगरेको भन्दै सदभावना पार्टीको व्यापक आलोचना समेत हुदै आएको छ । शैलो देवी महतो पार्टी अध्यक्ष राजेन्द्र महतोको पत्नी हुन । महिला कोटामा आफनो पत्नीलाई सभासद बनाएको भन्दै अन्य केही मधेशी नेता संगै महतोको पनि व्यापक आलोचना भएको थियो । त्यसैगरी अन्य दुई जना सभासदहरु नरसिंह चौधरी र माधुरी साह जिल्लामा भएकाले आज उनीहरुको राजिनामा नबुझाइएको सदभावना पार्टीले जनाएको छ ।

No comments:

Post a Comment