Saturday, August 22, 2015

भैरहवामा आन्दोलनकारी र प्रशासन विच सहमती । सिरहामा पनि तोडफोड र आगजनी नगर्ने सहमती । आन्दोलनलाई संयमीत र सश्क्क्त बनाउन मोर्चाद्धारा स्थानिय तहमा निर्देशन

बाराको कलैयामा महिलाहरुले निकालेको झिझिया जुलुस
पछिल्लो केही दिन यता तनावमा रहेको पश्चिम मधेशका भैरहवामा हिजो राती प्रशासन र आन्द्योलनकारी विच ७ बुदे सहमती भएको छ । गएको विहिवार आन्द्योलनकारी मधेशी मोर्चा माथी प्रतिकारको नाउमा भएको मुठभेडले त्यस क्षेत्रमा अत्यद्यिक तनाव उत्पन्न भएको थियो । विहिवारकै मुठभेडमा हराईरहेको १ जनको हिजो मृत शरीर फेला परे पछि भैरहवामा थप तनाव देखिएको थियो । त्यसलगतै भैरहवा प्रशासनले उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्दै आन्द्योलनकारीहरु संग वार्ता थालेका थिए । सहमती पश्चात अवस्था विस्तारै समान्य हुदै गएको बुझिएको छ । त्यस क्षेत्रमा सक्रिय रहेका मधेशी अधिकारकर्मीहरुले प्रशासनकै आडमा मोर्चाका आन्द्योलनकारीहरु माथी प्रहार भएको आरोप लगाईरहेका छन । यद्यपी प्रशरीले त्यसलाई अस्विकार गर्दै आईरहेका छन ।

भैरहवामा उग्र अवस्था पश्चात भएको सहमती पछि विस्तारै अवस्था संयमीत हुन आशा वढेको छ ।





यता सिरहामा स्थानिय प्रशासन र आन्द्योलनरत मोर्चा विच भएको बैठकमा अब ताडफोड र आगजनी नगर्ने मौखिक सहमती भएको छ । बन्द संगै सिरहाको मिर्चयामा पनि व्यापक तोडफोड र आगजनी भएको थियो । प्रशासन र स्थानिय मोर्चाका नेताहरु विच भएको बैठकले आन्द्योलन शान्त्पिुर्ण तरीकाले अघि वढाइने र प्रशरी प्रशासन पनि संयमित तरीकाले परिचालन हुने दुवै पक्ष्ँ विच मौखिक सहमती भएको छ । पछिल्ला केहि दन यता मधेशका जिल्लहरुमा आन्द्योलन हिसंक बन्न् थाले पछि चौतर्फी आलोचन हुन थालेका छन । मोर्चा सम्बद्ध र आन्द्योलनमा सक्रिय युवाहरु समेत यसलाई कसरी संयमीत बनाउने भन्ने वारेमा स्थनिय स्तरमा विभिन्न उपायहरु उपनाउन थालेका छन । जनकपुरमा सडक नाटकहरु गरेर विरोध प्रर्दशन हरु थालेका छन भने वारा, पर्सा लगायतका क्षेत्रमा सांस्कृति झाखीहरु निकालेर प्रर्दशनहरु गरिएको छ । पछिल्लो केहि समय यता तनावमा रहेको सप्तरीको भारदहमा पनि आन्द्योलनकारी र प्रशासन विच बैठक भए पछि हिजो देखि अवस्था समान्य हुदै गईरहेको छ ।
जनकपुरमा युवाहरु सडक नाटक गरेर विरोधका कार्यक्रमहरुलाई अघि वढाईरहेका छन ।


मोर्चाका शिर्ष नेताहरु पनि मधेशकै जिल्लहरुमा रहेका कारण आन्द्योलनलाई त्यही वाट कसरी संयमीत बनाउने वारेमा स्थानिय तहमा छलफलहरु समेत अघि वढाइएको छ । मोर्चाका शिर्ष नेताहरु सप्तरी र  सुनसरी पछि आज मोरडको विराटनगरमा संयुक्त आमसभा गर्दै छन ।
संघियता सहितको नयां संविद्याँनमा मधेशीहरुको तीव्र असन्तुष्किा कारण मधेशका पुर्व देखि पश्चिम सम्म आन्दोलन चर्किएको छ ।

No comments:

Post a Comment