Monday, August 17, 2015

पुर्व र थरुहटमा आन्दोलन चर्किए पछि मधेशी मोर्चाद्धारा अनिश्चितकालिन मधेश बन्दको घोषणा ।

आइृतवार नवलपरासीको भजहियाको प्रहरी चौकीमा मधेशी तथा थारु आन्दोलनकारीले गरेको आगजनी


पुर्वका तीन ओटा मधेशी जिल्लाहरु झापा, मोरड र सुनसरी तथा पश्चिम मधेशका जिल्लाहरुमा थारुहट आन्दोलन चर्किए पछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज देखि अनिश्चितकालिन मधेश बन्दको घोषणा गरेका छन । हिजो र आज गरी दुई दिने बन्दको घोषणा गरेको मधेशी मोर्चाको सोमवार दिउसो बसेको बैठकले संघियता सहित नयां संविद्यानमा मधेशी, थारु, जनजाती समुदायको जायज मागहरु सम्बोधन नहुन्जेल बन्द जारी राख्ने निर्णय गरेको थियो । तमलोपाको केन्द्रिय कार्यलयमा सोमवार बसेको बैठक पछि मोर्चाका चारै अध्यक्षहरुले संयुक्त व्कतव्य निकाल्दै यस्तो अनिश्चितकालिन बन्दको घोषण गरेको सार्वजनिक गरेका थिए । यस अघि देखि नै पश्चिमी मधेशका जिल्लाहरु गएको ९ दिन देखि बन्द रहदै आएको छ भने पुर्व जिल्लाहरुमा समेत ठाउ टाउमा बन्द हडतालहरु हुदै आएको थियो । झापा, मोरड र सुनसरीलाई मधेश प्रदेशमै राख्नका लागी उक्त क्षेत्रमा पनि विगत चार दिन देखि स्थानिय स्तरमा आब्हान गरिएको बन्दका कारण बन्द हुदै आएको छ । स्थानिय स्तरमा मधेशी युवाहरुले छुटै संघर्ष समितीहरु बनाएर धमाधम बन्द गर्न थाले पनि मधेशी मोर्चामा आबद्ध नेतृत्वहरु दबाबमा आज अनिश्चितकालिन मधेश बन्दको घोषणा गरेका हुन । मोर्चाले आब्हान गरेको दुई दिने बन्दलाई अनिश्चितकालिन नबनाए आफुहरु स्थानिय स्तर बन्द्य फिर्ता हुन नदिने चेतावनी ठाउ ठाउ वाट आए पछि मधेशी मोर्चाले सोमवार दिउसो यस्तो निर्णय गर्न बाध्य भएका हुन ।


आज विराटनगरमा निकालिएको जुलुस

यता मधेशी मोर्चाले औपचारिक रुपमा थारु समुदायहरुको बन्दमा यस अघि नै समर्थन र सहभागी हुने निर्णय गरीसकेकाले पश्चिमका जिल्लाहरुमा दिन प्रति दिन आन्दोलन चर्कदै गएको देखिन्छ । हिजो मात्रै नवरपरासीको मधेशी बाहुल्य दुई दक्षिणी गाउहरु कुरीया र नरसहीवाट प्रहरी चौकीहरु हटाइएको थियो । गाउलेहरु आन्दोलनमा उत्रेपछि प्रहरीले सम्भावित आक्रमण हुन सक्ने भन्दै त्याहाप्रहरु िचौकी हटाएको जनाएका थिए । यता आज नवलपरासीको वेलासर गाउमा आन्द्योलनमा उत्रेका गाउलेहरु र सशस्त्र प्रहरी विच ६ घण्टा दोहारो झडप भएको थियो । जसमा तीन जना गाउलेहरु र तीन जना प्रहरी धाईते भएका छन ।

सप्तरीमा आन्दोलनमा उत्रेका प्रर्दशनकारीहरुले जिल्लको दुई ओटा सरकारी कार्यलयमा आगजनी गरेका छन । यता पुर्वका झापा, मोरड र सुनसरीलाई मधेश प्रदेशमै राख्नु पर्ने माग गर्दै ती जिल्लाहरुमा समेत दिन प्रति दिन प्रर्दशन सशक्क्त हुदै गएको छ । विराटनगरमा मधेशी प्रर्दशनकारीको नेतृत्व गर्दै आएका फोरम नेपालका नेता जयराम यादवका अनुसार हिजो विराटनगरमा मधेशी प्रर्दशनकारीले प्रहरीले एउटा गाडीमा ताडफोड गरेपछि आज प्रहरीहरु साइड लागेका थिए । मोर्चाले अनिश्चिकालिन बन्द घोषण गरे पछि विराटनगर र इनरवामा ठुलो जुलुसहरु निस्को थियो ।

उता पुर्वका तीनै जिल्लामा रहेका थारु, लगायतका पक्षहरु संग मधेशी पार्टीका त्यस क्षेत्रका अगुवाहरुले अगामी आन्दोलनको रणनिती वारेमा आज बैठकहरु गरेका छन । इनरवामा आज बसेको सबै पक्षको बैठकले पुर्वका झापा, मोरड, सुनसरी र उदयपुरलाई मधेश प्रदेशमा नराखे सम्म संयुक्त रुपमा सश्क्क्त आन्दोलन गर्नेवारे रणनितीहरु बनाएका छन ।

उता पश्चिमका केही जिल्लाहरुमा थारु तथा मधेशी समुदायको प्रर्दशनकारीहरुलाई लक्षित गरेर अखण्ढ पक्षधरहरुले अवरोध सिर्जना गर्न खोज्दा दोहारो झडप समेत भएको छ । विगत दुई दिन यता रुपन्देहीको भैरहवामा झडपहरु हुदै आएका थिए । आज वुटवल र धनगढीमा समेत दाहोरो झडपहरु भएको बताइएको छ । पश्चिमका मधेशी जिल्लाहरुमा रहेका अधिकारकर्मीहरुका अनुसार अखण्ड पक्षधर तथा विभिन्न पहाडी समुदायको समुहहरुले मधेशी तथा थारु समुदायलाई लक्षित गरेर विभिन्न अपमानीत हुने खालका नाराहरु सडकमा लगाएका थिए ।

यसको साथै सोमवार विहान मात्रै काठमाडौमा प्रर्दशनमा उत्रेका तमलोपाका १२ जना केन्द्रिय नेता तथा युवाहरुलाई प्रहरीले समातेर केही घण्टा पछि रिहा गरेका थिए । तमलोपा पार्टी कार्यलयले जनाएको अनुसार तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनल, केन्द्रिय सदस्य तथा युवा नेता सुरेश मंडल सहितका एक दर्जन नेताहरुलाई प्रहरीले समातेर लगेका थिए । 

No comments:

Post a Comment