Monday, August 10, 2015

थारु कल्याणकारी सभा र थारु सभासद संग मधेशी नेतृत्वको छलफल । मधेशी मोर्चाद्धारा थारु आन्दोलन प्रति समर्थन




सोमवार दिउसो मधेशी मोर्चाको बैठकले थारु आन्दोलनमा समर्थन जनाए संगै मधेशी मोर्चाका शिर्ष नेताहरुले थारु कल्याणकारी सभा र थारु सभासदहरु संग लामो बैठक आजै साझ गरेका छन । थारु कल्याणकारी सभाको पुरानो वानेश्वर स्थित कार्यलयमा भएको बैठकमा थारु कल्याणका केही वरिष्ठ पदाधिकारी सहित थारु समुदाय सभासदहरु उपस्थिती थिए भने मोर्चाको तर्फवाट तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सहभागी थिए ।

शनिवार अवेर राती चार प्रमुख दलले ६ प्रदेशको सिमांकन गरे सगै थारुहरुले पश्चिमका बर्दीया, कैलाली र कन्चनपुरमा आन्द्योलन गर्दै आईरहेका छन । ६ प्रदेशको सहमतीमा हस्ताक्षर गरेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले समेत पछिल्लो समयमा थारु समुदायका सभासदहरु संग पटक पटक छलफलहरु चलाईरहेका छन । यद्यपी थारु सभासदहरुले गच्छदारलाई धोका दिएको भन्दै आलोचन गर्न थालेका छन । मोर्चाका एक सदभावना पार्टीले हिजै वित्रप्ति जारी गरेर थारु आन्द्योलनमा आफुहरुले पुर्ण समर्थन जनाउने जनाएका थिए । त्यस लगतै आज फोरम नेपालको बालकुमारी स्थित सम्पर्क कार्यलयमा बसेको बैठकले मोर्चा द्धारा संयुक्त रुपमै विज्ञप्ति जारी गदैृ थारु आन्दोलन प्रति एक्वद्धता जनाएका छन ।


मोर्चा स्रोतका अनुसार मोर्चा नेताहरुले थारु आन्दोलन पुर्ण समर्थन र सहभागी हुदै मधेशका अन्य भागमा पनि आन्दोलन कसरी उठाउने वारेमा गृहकार्यहरु थालेका छन । मधेशका जिल्लाहरुमा मोर्चाको स्थानिय स्तरमै नेताहरु विभिन्न ठाउहरुमा प्रर्दशन तथा बन्दहरु घोषण गर्दै ६ प्रदेश नमान्ने चेतावनी दिन थालेका छन । यता मोर्चामा आबद्ध चारै मधेशी पार्टीहरुका युवा तथा विद्यार्थी संगठनहरुले आज संयुक्त बैठक गरेर नेतृत्वहरु आन्दोलनका लागी खुटा नकमाउन चेतावनी पुर्ण विज्ञप्ति निकालेका छन ।

No comments:

Post a Comment