Friday, August 7, 2015

भाजपाको वर्तमान भारतीय सरकारले मधेशलाई नजरअन्दाज गर्दै - अनिल झा

भारतीय साहित्यकार एवं संस्कृतिक अभियानी योगेन्द्र बाबा सम्मान ग्रहण गर्दै


नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झाले भारतको वर्तमान भाजपाको सरकारले मधेशलाइ नजरअन्दाज गरीरहेको आरोप लगाएका छन । काठमाडौमा आज भारतीय  साहित्यकार तथा संकृतिक अभियानी योगेन्द्र बाबाको सम्मानमा आयोजना गरिएको कार्यक्रममा बोल्दै झाले वर्तमान भारतीय सरकारको व्यहवारले मधेशीहरुको मुल मुद्धा समाप्त हुन लागेको दाबी गरे । झाले भने, हामी ९९ प्रतिशत मधेशीहरु भारतलाई खुल्ला दिलले समर्थन गर्छौ तर हामीसंग अहिले भइरहेको वईमानी प्रति भारत खासै केही पहलकदमी नलिएको समेत बताए । झाले भारतको भारतीय जनता पार्टीले एक मधेशी नेतृत्ववाट धोका पाएका कारण वर्तमान भाजपाका सरकारले मधेशलाई यसरी वेवास्ता गरेर अगाडी वढन लागेको दाबी गरे । उनले कुन मधेशी नेतृत्वले भाजपालाई धोका दिएको भन्ने खुलाएन तर भने, हामीलाई थाहा छ, भाजपाले एक मधेशी नेतृत्ववाट नराम्ररी धोका पाएका छन, यसको अर्थ यो होईन कि मधेशीहरुले भारत वा भाजपालाई धोका दिएको छ । झाले नेपालमा हाल बनिरहेको नयां संविद्यानले भारत र नेपालको जनस्तरमा रहेको समबन्धलाई समेत नराम्ररी प्रभाव पार्ने भएकाले यसप्रति भारतीय पक्ष गम्भिर हुनु पर्ने उल्लेख गरे ।


काठमाडौवाट प्रकाशित हिमालिनी हिन्दी मासिक नामक पत्रिकाले भारतीय संस्कृतिक अभियानी योगेन्द्र बाबाको सम्मानमा आज कार्यक्रमको आयोजना गरेका थिए । भाजपाको भातृ संगठनको रुपमा रहेको आरएसएसको पुर्व प्रचारक समेत रहेका योगेन्द्र बाबा संस्कार भारतीय नामको संस्थाको संस्थापक पनि हुन ।
सम्मान कार्यक्रममा बोल्ने मौका पाएका सदभावना अध्यक्षले योगेन्द्र बाबालाई सम्बोधन गर्दै भने, तपाईहरुले पनि यसमा साकारात्मक भुमिका खेली दिनु पर्यो । नेपालमा रहेको मधेशी समुदायको अस्तीत्व नै मेटिने गरी सतारुढ दलहरुले नयां संविद्यान जारी गर्न लागेको बताउदै झाले यसले भविष्यमा भारतलाई समेत अप्ठायारो पर्ने बताए ।

झाले मधेशी पार्टीहरुका नेताहरुले अव पनि नढाटिनकन मधेशी जनतालाई सबै कुरा साचो रुपमा बताइदिनु पर्ने समय आई सकेकोमा जोड दिए । उनले भने, हामी सबैले हिजो के गर्यो, अब नढाटिकन मधेशी नागरिकहरुलाई बताइ देउ, उनीहरु जे गर्छन हामी त्यसकै पछि जानु पर्छ । झाले मधेशी वुद्धजिवी तथा सन्चारकर्मीहरुले समेत मधेशी राजनितीलाई वलियो बनाउनमा सहयोग नगरेको गुनासो गरे । उनले भने, समय रहदा हामी अरुका लागी काम गर्छौ र कुरा विग्रन थाले पछि मधेशी नेताहरु वाट आशा गर्छौ ।
मधेशीहरुको सम्पुर्ण पहिचान, अस्मितालाई समाप्त पार्ने गरी नयां संविद्यान चाडै जारी हुन लागेको झाको भनाई थियो ।

कार्यक्रममा सम्मनित भएका भारतीय साहित्कार तथा संस्कृतिक अभियानी योगेन्द्र बाबाले नेपाल भारतको सम्बन्धको बारेमा बोलेका थिए । उनले हालै नेपालमा आएको महाभुकम्पवाट पिडितहरुलाई सहयोग गर्न भारतमा विभिन्न स्तरवाट सहयोगका लागी कामहरु भइरहेको जानकारी गराएका थिए ।

No comments:

Post a Comment