Thursday, August 6, 2015

यो मस्यौदाको आधारमा आउने नयां संविद्यान हामी स्विकार गर्ने छैनौ - महन्थ ठाकुर


तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले १६ बुदे सहमतीको आधारमा ल्याएको मस्यौदा र त्यस मस्यौदाको आधारमा आउन लागेको संविद्यान हामी कुनै पनि हालतमा स्विकार नगर्ने बताएका छन । ठाकुरले आज काठमाडौमा पार्टीको विद्यार्थी संगठनको सातौ बार्षीकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको अन्तक्रिया कार्यक्रममा बोल्दै ठाकुरले १६ बुदे सहमती प्रतिगामी भएको भन्दै वर्तमान मस्यौदालमा जतीसुकै लेपपोत गरे पनि यो अग्रगामी हुन नसक्ने दाबी गर्दै उनले भने, हामी यही प्रक्रिया मार्फत आउने नयां संविद्यानलाई स्विकार गर्ने छैनौ ।
 
ठाकुरले अहिले हामीहरुले गरीरहेको विरोध कुनै एउटा कुराको नभएर सम्रग प्रक्रियामै असहमती भएको भन्दै वर्तमान मस्यौदाले कुनै पनि हालतमा अग्रगामी नयां संविद्यँन दिन सक्ने दाबी गरे । ठाकुरले भने, हामी अन्तरिम सविद्यान र विगतमा भएको २२ र ८ बुदे सहमतीवाट तल कुनै पनि हालतमा झर्ने सवाल नै आउदैन । ठाकुरले हालै ४ र ५ गते मधेशको जिल्लाहरु मस्यौदाको भएको प्रतिकारको क्रममा सुरक्षकर्मीहरुले देखाएको उग्रताको परिणम यो राज्यले भोग्नै पर्ने दाबी गरे ।

ठाकुरले मधेशमा बच्चा र महिलामाथी हात भएको प्रसंग उल्लेख गर्दै बच्चामाथीको आक्रमणलाई मधेशको भविष्य माथीको आक्रमणको रुपमा प्रष्टाएका थिए भने महिला माथीको आक्रमणलाई मधेशको संस्कृति माथीको आक्रमणको रुपमा प्रष्टाएका थिए । ठाकुरले यो दुई पक्षमाथीको आक्रमणको परिणम धेरै नराम्रो हुने भन्दै राज्यको चरित्र नसुर्धे सम्म मधेशको संघर्ष जारी रहने बताए ।

कार्यमक्रममा वरिष्ठ राजनितीक विश्लेषक सिके लालले सतारुढ दलहरु वईमानीमा उत्रेका कारण द्धन्द थप वढने निश्चित रहेको दाबी गरे । लालले भने, वईमानीको चरित्र नै द्धन्द जन्माउने हुन्छ, त्यसैले वइमानी गरेर शान्ति  आउने् आशा गर्न मुर्खता हुने तर्क गरे । लालले सतारुढ दलहरुले मधेशी सहित सिमान्तकृत समुदाय संग विगतमा भएको आन्द्योलन विरुद्ध वईमानी गर्न लागेको बताए ।
 
अन्तक्रियामा बोल्दै अधिवक्ता तथा अधिकारवादी दिपेन्द्र झाले मधेशमो मुद्धा र मागहरु स्पष्ट रुपमा विगतको ८ बुदे र २२ बुदेले बोलीरहेको भन्दै काठमाडौमा प्रमुख दलहरुले गरीरहेको कामलाई भुलभुलईयाको संज्ञा दिए । झाले भने, चार दलले मधेशको भावना विपरित काम गरीरहेको छ, घोषणा त गरोस त्यस पछि मधेशको आफनो पोजिसन देखाईहाल्छ ।

No comments:

Post a Comment