Monday, August 3, 2015

युवा वैज्ञानिक डा राजीव झा भन्छन - राजनिती होईन, समाजिक अभियान चलाउछू ।

नेपाल सरकारले हिजो मात्रै घोषणा गरेको राष्टिय प्रतिभा पुरस्कारवाट धनुषा जिल्लाको परवाहा गाविसका ३६ बर्षीय डा राजीव झा सम्मानित भएका छन । मेडिकल क्षेत्र उत्कृष्ट काम गरे वापत डा झा चिनको प्रभावशाली १ सय युवाको लिष्टमा परे पछि नेपालमा केही बर्ष अघि व्यापक चर्चा पाएका थिए । क्यान्सरको रिसंर्च क्षेत्रमा विद्यावारिद्यी गरीसकेका झा चिन सरकारको स्कुल अफ क्लिनिकल मेडिसिनमा स्थायी प्राध्यापकको रुपमा काम गर्छन । चिन सरकारले उनी पढाईरहेको विश्वविद्यालयमा उनकै नाम मा डा राजीव प्रयोगशाला पनि बनाईरहेका छन । हिजो नेपाल सरकारले उनलाई युवा वैज्ञानिकको रुपमा यस बर्षको राष्टिय प्रतिभा पुरस्कार दिने घोषणा गरेका छन । प्रस्तुत छ डा झा संग गरिएको कुराकानी - 

डा राजीव झा


तपाईले हिजो पुरस्कार पाएको सुचना पहिलो पटक कसवाट थाहा पाउनु भयो ?

- म अली ढिलो सुचना पाए । त्यो भन्दा पहिला समाचारहरु सवै ठाउमा आईसकेका थिए । हिजो वेलुकि मात्रै मलाई जनकपुरवाट फोन आयो कि तपाई नै त्यो राजीव झा हो, जसले युवा वैज्ञानिकको रुपमा पुरस्कार पायो भनेर, त्यस पछि म समाचारहरु हेरे । वल्ल त्यस पछि थाहा भयो । त्यस पछि अली वेलुकि केही पत्रकारहरुले पनि फोन गर्यो ।

पहिलो पटक राष्टिय प्रतिभा पुरस्कार पाएको सुन्दा कस्तो अनुभुति भयो ?

- हो । यो चाही साच्चिकै मेरो लागी महत्वपुर्ण थियो । हुनत म चिनको अत्यद्यिक महत्वपुर्ण पुरस्कार पाईसकेको मान्छे । तर पनि आफनो देशले यस्तो पुरस्कारको घोषणा गर्दा म अली भावुक भयो । वास्तवमा मलाई सोध्नु हुन्छ भने, म चिनमा १ सय युवा भित्र नै छनौट हुदा मेरो देशले पनि मलाई केही गर्ला कि लागेको थियो तर त्यो भएन । यद्यपी त्यती वेला नेपाली मिडियाले मेरो वारे अत्यद्यिक महत्वका साथ समाचारहरु प्रकाशित गरेका थिए । 

डाक्टर भन्नाले समान्य रुपमा आम मानिसले विरामीलाई जाच्ने भन्ने वुझछ, तपाई वैज्ञानिक भएका कारण तपाईको मुख्य काम चाही के ?

- म पनि डाक्टर नै हो तर म विरामी जाच्ने काम केही समय मात्रै गरेको छू । म अहिले पुर्ण कालिन अनुसन्धानमा लागी सकेको हु ।

तपाई विद्याँवारिद्यी पनि गर्नु भएको छ ? तपाईको विज्ञता के मा छ ?

- म मुख्य गरी क्यान्सरको वारे अध्यन अनुसन्धान गर्छु । मैलै विद्यावारिद्यी पनि यही विषयमा गरेको हू ।

तपाई अव चिनमा त्यत्रो ठुलो विश्वविद्यँलयमा स्थायी रुपमा प्राध्यापकको रुपमा काम गरीराख्नु भएको छ । अब नेपाल फर्कने कुनै योजना छ कि ?

- म स्थायी प्राध्यापक भएकाले म जाहा पनि जादा र जतीसुकै समय विताउदा पनि मलाई खासै समस्या छैन । यद्यपी म चिन अहिले नै पुर्ण रुपमा छोडने छैनौ । तर नेपालमा म चाडै एउटा रिसर्च सेन्टर खोल्ने योजना बनाईरहेका छौ । यस वारेमा सम्बन्धित निकायहरुमा काम पनि भईरहेको छ ।


कस्तो रिर्सच सेन्टर ?

- यो याहाको मौलिक हुने छ । सवैलाई थाहा छ कि नेपालमा जडीवुटीहरु धेरै छन । म त्यसैलाई चिन संग पनि कुरा गरीरहेको छू र यसलाई नै रिसंच सेन्टर मार्फत याहा काम सुरु गर्न चाहन्छू ।

अब, अली प्रसंग वदलौ, तपाई एउटा युवा । नेपालमा अहिले जारी राजनितीक माहौललाई कसरी हेर्नु भएको छ ?

- हो, राजनिती संग कोई पनि टाढा रहन सक्दैन । तर अहिले जे भईरहेको छ, त्यसवाट सन्तुष्ट रहने ठाउ चाही छैन । हामी काहा स्थायी सरकार मात्रै भईदियो भने मलाई पुर्ण विश्वास छ कि हामी अत्यद्यीक चाडो विकासमा फडको मार्न सक्छौ ।

विश्वमा धेरै वैज्ञानिकहरु राजनितीमा हाम फालेको उदाहरण छ । तपाई पनि राजनितीमा आउनु हुन्छ कि ?

- म राजनितीमा आउछू भन्ने कुरा पुरै निश्चितका साथ अहिले नै त भन्न सक्दिन तर म नेपालमा रिर्सच सेन्टर खोलेपछि केही समाजिक चेतानाका लागी अभियानहरु चाही चलाउछू । म लाई त्यो गर्न साह्ै मन छ ।

अन्तमा हरेक सफल मान्छेहरुको आ आफनै राजहरु हुन्छन । तपाइको सफलताको राज के ?

- हाहाहा....., हो हरेक सफलता भित्र कुनै न कुनै राज हुन्छ नै । तर म तपाई लाई यती आग्रह गर्छू कि यसको जवाफ तत्कालै म दिन्न । म अझै केही गर्न खोजीरहेको छू । त्यस पछि मात्रै त्यो कुराको पर्दा खोल्ने छू ।

No comments:

Post a Comment