Saturday, August 1, 2015

वैद्य र विपल्वसंग सहकार्य गर्ने वारेमा मधेशी मोर्चा भित्र छलफल




आज बसेको मधेशी मोर्चाको बैठकमा आन्दोलनका लागी माओवादीका दुई ओटा समुहहरु मोहन वैद्य र नेत्र विक्रम चन्द विपल्व संग सहकार्य गर्ने वारेमा छलफल भएको छ । मधेशी मोर्चाले सतारुढ दलहरु आफुहरुको माग सम्बोधन नगर्ने मुडमा रहेको निष्कर्ष निकाल्दै भविष्यमा गर्ने सशक्क्त आन्दोलनका लागी वैद्य र विपल्वसंग सहकार्य गरेर अघि वढने सक्ने निष्कर्ष निकालेका छन । बैठकमा सहभागी एक नेताका अनुसार विपल्व संग उपेन्द्र यादव र वैद्य संग त्यस वारेमा तमलोपा अध्यक्ष महन्थ ठाकुरले कुराकानी समेत भईरहेको जानकारी गराएका थिए ।

आज विहानै सदभावना पार्टीको कार्यलयमा बसेको मोर्चाको बैठकमा प्रधानमन्त्रीसंग भएको छलफलको वारेमा तमलोपा अध्यक्ष ठाकुरले जानकारी गराउदै आफुलै सतारुढ पक्ष गम्भिर नपाएको निष्कर्ष सुनाएका थिए । त्यस पछि सम्भावित आन्दोलनका लागी सहकार्य गर्न विभिन्न पक्षहरु कुराकानी गरीरहेको प्रसंग उठेको थियो ।



बैठकमा ठाकुरले वैद्य आफुसंग छलफल गरेको र यादवले विपल्व आफु संग भेट गरेको बताएका थिए । त्यस पछि बैठकले मोर्चा भित्रै उनीहरु ल्याउनु भन्दा सहकार्य गरेर अघि वढन सक्ने निष्कर्ष निकालेका छन । मधेशी मोर्चाले हरेक निर्वाचन क्षेत्रमा कोण सभाको साथै विभिन्न सहरहरुमा विरोधसभाहरु गर्ने जस्ता कार्यक्रमहरु पनि आज सार्वजनिक गरेका छन । मोर्चाले सतारुढ दलहरु वर्तमान मस्यौदाकै आधारमा नयां संविद्यान ल्याउने निष्कर्ष निकाल्दै आन्दोलनको अगामी रणनिती वारे केही गम्भिर छलफलहरु अघि वढाउने समेत निष्कर्ष निकालेका छन ।


1 comment:

  1. देश मधेसी क्रांति ३ तर्फ लम्केको हो? http://demrepubnepal.blogspot.com/2015/08/blog-post_59.html

    ReplyDelete