![]() |
मधेशको मुद्धा सम्बोधन गर भन्ने पम्पलेट छातीमा टासेर जनकपुर वारको कार्यक्रममा सहभागी हुन जादै एक अधिवक्ता / फोटो धनश्याम मिश्रा |
मधेशमा जारी आन्दोलन प्रति एक्यवद्धता जनाउदै जनकपुर वारले विरोध जुलुस निकाल्दै मधेशको माग तत्काल सम्बोधन गर्न माग गरेको छ । गएको तीन साता देखि मधेशमा जारी आन्दोलन प्रति मधेशका जिल्लाहरुमा विभिन्न पक्षहरु वाट एक्यवद्धता जनाउने क्रम दिन प्रति दिन वढदै गएको छ । आज मात्रै सप्तरीमा विभिन्न पेशागत संगठनहरुले समेत जारी आन्द्योलन प्रति एक्यवद्धता जनाउदै विरोध जुलुसहरु निकालेका छन । यस अघि नै विरगंजका प्राध्यापकहरु सहित विभिन्न पेशागत समुहहरुले जारी आन्द्योलन प्रति एक्यवद्धता जनाइसकेका छन । नयां संविद्यानको जारी प्रक्रिया प्रति तीव्र असन्तुष्टि जनाउदै सुरु भएको मधेशमा आन्द्योलन दिन प्रति दिन सशक्क्त तथा हिसांत्मक समेत बन्दै गएको छ । प्रहरी प्रशासन ले अनावश्यक हस्तेक्षेप गर्न थालेपछि आन्द्योलनको क्रममा थप झडपहरु विभिन्न जिल्लाहरुमा भईरहेको देखिन्छ । स्थिती भयावह हुन थाले पछि मधेशका विभिन्न पक्षहरुवाट मधेशको मुद्धाहरुलाई तत्काल सम्बोधन गर्न मागहरु हुन थालेका छन ।
सरकारले थालेको वार्ता प्रक्रिया पनि पहिलो चरणमा असफल देखिए पछि वातावरण थप अन्योलग्रस्त बन्दै गईरहेको देखिन्छ । सतारुढ चार दलको तर्फवाट प्रधानमन्त्रील्े वार्ताको लागी पठाएको पहिलो पत्र पश्चात मधेशी मोर्चाले सताधारीहरुलाई जारी संविद्याँन निर्माणको प्रक्रिया तत्काल रोक्ने सहित चार बुदे सर्त अघि सारेको थियो । तर हिजो चार दलको बैठकलाई उक्त सबै कुरालाई अस्किावकार गर्दै पुन वार्ताको पत्र पठाएको छ । जसलाई मधेशी मोर्चाको नेताहरुले नाटकको संज्ञा दिएका छन । मोर्चाका शिर्ष नेताहरु आन्द्योलनमा सहभागी हुन मधेशका जिल्लाहरुको दौडाहामा छन । विरगंजमा रहेका सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण भन्छन, जारी आन्द्योलन संविद्याँनकै विषय संग सम्बन्धीत भएकाले प्रक्रिया नरोके हामी वार्ताको नाममा त्याहा डम्फु बजाउने जाने छैनौ ।