Tuesday, July 28, 2015

अर्को हप्ता भित्र मधेशी मोर्चा पनि सहमतीमा आउने छन - जीतेन्द्र देव

मस्यौदा माथीको सुझाव संकलनको क्रममा मधेशमा देखिएको असन्तुष्टिका कारण प्रमुख चारदलका नेता मस्यौदा परिमार्जन गर्न आफुहरु तयार रहेको बताउन थालेका छन । १६ बुदेमा हस्ताक्षर गरेर मधेशी मोर्चावाट वाहिरिएका फोरम लोकतान्त्रिकले पनि सिमांकन सहितको सघियता र विगतमा भएको सम्झौताहरुलाई सम्बोधन गर्ने गरी संविद्यान जारी हुनु पर्ने भन्न थालेका छन । चार दलको  प्राय जसो बैठकहरुमा सहभागी हुने तथा पर्दा पछाडीका राजनितीक गतिविधिमा अत्यद्यिक सक्रिय फोरम लोकतान्त्रिकका उपाध्यक्ष जितेन्द्र देव संग आज दिउसो दलानले कुराकानी गरेका थिए । पढनुस उनीसंग गरिएको कुराकानीको सम्पादित अंश - 

फोरम लोकतान्त्रिकका उपाध्यक्ष जितेन्द्र देव 


मस्यौदा माथी सुझाव संकलन पश्चात फेरी नयां राजनितीक खेलहरु सुरु भएको देखिन्छ ? खासमा अहिले के के लागी छलफलहरु चलीरहेको छ ?


- पहिलो कुरा १६ सम्झौता जुन प्रमुख हाम्रो शक्तिहरुको अपरिहार्य रुपमा गर्ने पर्ने थियो र भयो पनि । अनि त्यस पश्चात १६ बुदेको आधारमा टेकेर ल्याएको नयां संविद्यानको प्रारम्भिक मस्यौदामाथी विभिन्न समुदायका नागरिकहरुले आआफना ढंग प्रतिक्रिया जनाएका छन । हामी प्रमुख चार दलहरु त्यसलाई मध्य नजर गरेर अहिले छलफलहरु गरीरहेका छौ । र खासगरी मधेशी समुदायवाट प्रकट भएको असन्तुष्टिलाई कसरी सम्बोधन गर्ने वारेमा गम्भिर गृहकार्यहरु चलीरहेको छ । म तपाईलाई यती मात्रै अहिले भन्छू कि हिजो मात्रै हामीले असन्तुष्ट मधेशी मोर्चासंग छलफल गर्नका लागी शिर्ष तहमा कुरा गरेका थियौ । शिर्ष तहमै उहाहरुसंग मधेशी मोर्चाको तर्फवाट मस्यौदामा पुर्नमार्जनका लागी लिखित सुझाव माग्ने कुरा पनि छ । आजै विहान मोर्चाका शिर्ष नेताहरुलाई वालुवाटारमा बैठकका लागी बोलाइएको थियो तर मोर्चाका अधिकांश नेताहरु काठमाडौ वाहिर रहेका कारण उहाहरु संग औपचारिक छलफल हुन सकेन । उहाहरुले भोली वेलुकी वा पर्सी बस्ने कुरा गर्नु भएको छ ।

तपाई स्वयंम आफै पनि मधेशी पार्टीकै नेता हुनुहुन्छ, खासगरी अहिले मधेशलाई कसरी सम्बोधन गर्ने आन्तरिक गृहकार्यहरु चलीरहेको छ ?


- पहिलो कुरा त संघियताकै हो । दोस्रो नागरिकताको वारेमा उठेको सवालहरु साथै प्रस्तावनामा छुटेको मधेश आन्द्योलन देखि शासकिय स्वरुप हुदै विभिन्न १२ ओटा वुद्धाहरु मधेशी जनताको भावना आनुसार समेटिनु पर्ने पक्षमा हामी छलफल गरिरहेका छौ । निर्वाचन क्षेत्रको पुर्नमुल्यांकन संगै राष्टीय सभामा जनसंख्याको आधारमा प्रतिनिधित्व सम्मका कुरामा पनि कुराहरु भईरहेको छ ।

तपाईहरु मधेशी मोर्चाले उठाएको यो सबै कुरा अहिले सम्बोधन गर्नका लागी छलफल गरीरहदा विगतमा किन १६ बुदे गर्नु भयो भनेर पश्चातप भईरहेको छैन ?


- होईन अहिले छलफल भईरहेको सबै कुरामा हामीले हिजो पनि चार दल विच अडान राखेकै हो तर उहांहरु पनि कुरा सुन्ने पक्षमा थिएन । अनि हामीले यही सम्झेर अघि वढेका थियौ कि जनताले आफनो प्रतिक्रिया जनाए पछि उहाहरु लाईनमा आउनु हुन्छ भनेर । र अहिले पनि तपाईको सबै कुरा सम्बोधन भइहाल्ला भन्ने मलाई लाग्दैन तर हिजो मात्रै पनि हामीले चारको शिर्ष बैठकमा प्रष्ट रुपमा भनेका छौ कि मधेशी प्रमुख सरोकार विषयहरु जस्तो, पहिचान, नागरिकता र प्रतिनिधित्वको मुद्धालाई नयां सविद्यानले सम्बोधन गर्नै पर्छ । मलाई लाग्छ यी तीन ओटा कुरा आए पछि विस्तारै हामी अरु सवै म्यानेज गर्न सक्छौ । पहिचान भन्नाले संघियता, नागरिकता र प्रतिधित्व भन्नाले समानुपातिक समावेशीको कुरालाई हामीले जोड दिएका छौ ।


तर प्रमुख चार दल एक प्रमुख घटक एमालेका अध्यक्षले हिजो पार्टीको बैठकमा सिमांकनमा कुरा नमिले संघियता विनाको संविद्यान जारी हुन सक्ने बताएका छन नि ? 


- हेर्नुस, वाहिर कसले के भन्यो त्यसमा हामी टिप्पणी गर्न चाहन्न । तर अहिले चार दल विच जसरी भए पनि संघियतालाई टुगियाएरै संविद्यान जारी गर्ने वारेमा छलफलहरु अगाडी वढेको छ ।

संघियतामा कुरा मिल्ला जस्तो लाग्छ तपाईलाई ?

- संघियताको वारेमा म अहिले यती मात्रै भन्छू कि मधेशी मोर्चा सहित चार विच सहमतीको सम्भावना बन्दै गएको छ । मलाइ चाही अव बन्छ जस्तो लागीरहेको छ ।

कस्तो संघियताको मोडेलमा सहमती हुन्छ त ? किनकी मधेशले उत्तर दक्षिणको मोडेललाई स्विकार गर्दैन नि ?


- हेर्नुस, उत्तर दक्षिण त कुनै पनि हालतमा हुदैन । संख्याको रुपमा ८ गर्ने वारेमा पनि अब विवाद छैन । विवाद मुख्यतया पुर्वका तीन र पश्चिमका दुई जिल्लालाई लिएर देखिएको छ । हामीले प्रष्ट रुपमा भनेका छौ कि पुर्वका झापा र पश्चिमको कन्चनपुरलाई उत्तर दीक्षणमा जोडदा हामीलाई कुनै आपति छैन । र वाकी कैलाली देखि मोरड सम्ममा हाम्रो अडान अनुसार दुई प्रदेश नै हो तर अन्तोगत्वा तीन ओटा सम्ममा हामी सहमत हुन सक्छौ ।

यो त तपाईको अध्यक्ष गच्छदारले ८ माघकै सेरोफोरमा गरेको प्रस्ताव तहो नि तर त्यसलाई त मधेशी मोर्चामा सामेल पार्टीहरुले स्विकार गर्लान र ?


- हो । यो फोरम लोकतान्त्रिकको प्रस्ताव भए पनि काग्रेस , एमाआवादी र एमाले पनि यसमा हामीले साकारात्मक पाएका छौ । जाहा सम्म मधेशी मोर्चाको प्रश्न छ, उहाहरुलाई हामीले अहिले अनौपचारिक कुराकानीमा के प्रस्ताव गरेका छौ भनेर संघियतामा आफनो दुई प्रदेशको वटम लाईन राख्दै नोट आप डिसेन्ट लखेर अघि वढनुस । पहिला त मिल्छ भन्ने दुई प्रदेहकै लागी छलफल गरौ भएन भने यो तीन प्रदेशको मोडलमा पनि आफनो असहमती राख्दै अघि वढनुस ।
किनकी अव संविद्याँन जारी गर्न ढिलो गर्नु हुन्न भन्ने कुरामा सबै एकमत छन । र अर्को कुरा के छ भन्ने मधेशी मोर्चाले आन्द्योलनकै भरमा सबै कुरा आई हाल्छ भन्ने सोच पनि राख्नु भएन । राजनितीक सन्तुलन कायम गर्न उहाशरु पनि अब अग्रसर हुनै पर्छ । आजको मितीमा के मधेश भडक्यो भने त्यसलाई महन्थ् ठाकुर र उपेन्द्र यादवजीले नेतृत्व गर्न सक्नु हुन्छ ? सवाल यो पनि छ । त्यसैले मलाई विश्वास छ उहाहरु पनि राजनितीक सन्तुलन कायम गर्दै अगाडी वढनु हुन्छ ।

त्यसो भयो कहिले सम्म सहमती बन्नाला जस्तो तपाईलाई लाग्छ ?


- मधेशी मोर्चा संग अर्को हप्ता भित्र सहमती बन्ने कुरामा म विश्वस्त छू ।

No comments:

Post a Comment