Monday, July 27, 2015

भोली विहान ९ वजे प्रधानमन्त्री र मधेशी मोर्चाको बैठक बस्दै


नयां संविद्यानको वर्तमान प्रक्रियाको विपक्षमा रहेका मधेशी मोर्चा र प्रधानमन्त्री सुशिल कोईराला विच भोली विहान ९ बजे बैठक बस्दै छन । संविद्यानको मस्यौदालाई अस्विकार गर्ने बताएका मधेशी मोर्चा हाल आन्द्योलनमा छन । आज मात्रै मोर्चाको विरोधसभाहरुको कार्यक्रम विराटनगरमा सकिएको छ । मस्यौदाको मधेशमा व्यापक प्रतिकार भए पछि १६ बुदे सहमती गरेका प्रमुख चार दलहरुले त्यसमा फेरवदल गर्न सकिने बताएका थिए । गएको चार दिन देखि लागातार छलफल गर्दै आएका प्रमुख पार्टीहरुले मधेशी मोर्चालाई समेत मिलाएर अघि वढनका लागी सक्दो प्रयासहरु गर्न बताउन थालेका छन । पछिल्लो समयमा एमाओवादी अध्यक्ष प्रचण्डले मधेशी मोर्चामा आवद्ध अध्यक्षहरु आन्तरिक छलफल गरीरहेका छन । त्यही छलफलका कारण मोर्चाका चारै ओटै अध्यक्षहरु हालै मधेशका चार ओटा सहरमा आयोजना गरिएको सभाहरुमा संयुक्त रुपमा सहभागी हुन पाएन । स्रोतका अनुसार तमलोपाका अध्यक्ष महन्थ ठाकुर पछिल्लो समयमा काठमाडौमा यस्ता बैठकहरुमा लागातार सहभागी हुदै आएका छन ।


भोली विहान प्रधानमन्त्रीले वालुवाटारमा मोर्चामा आबद्ध चार ओटै अध्यक्षहरु सामुहिक बैठकको लागी डाकेको बुझिएको छ । नेताहरुको अनुसार प्रधानमन्त्रीले नागरिकताको समस्या सम्बोधन सतारुढ दलहरुले तत्काल सम्बोधन गर्न तयार रहेको जनाउ मोर्चा लाई दिएका छन भने संघियताको सिमाकंनको लागी छलफल गरेर अघि वढन भनेका छन । सतारुढ दलहरुले त्यसका लागी मोर्चालाई तत्कालै आन्द्योलनको घोषण नगर्न माग गरेकै कारण मधेशी मोर्चाले भोली विराटनगरवाट गर्ने भनिएको आन्द्योलनको घोषणालाई स्थिगीत गरेका छन ।

स्रोतका अनुसार १६ बुदे सहमतीमा हस्ताक्षर गरेकै एमाओवादी र फोरम लोकतान्त्रिकले संघियताको सिमांकन नटुगिएर अघि वढन नसक्ने बताए पछि चार दल अप्टयारामा फसेका छन । यद्यपी एमाले अध्यक्ष केपीले त्यसको विरोध गर्दै आएका छन । मस्यौदामा मधेशको तर्फवाट के के संशोधन गर्नु पर्ने वारेमा आजै संवैद्यानिक समितीका सभापति तथा एमाओवादी नेता बाबुराम भटराईले मधेशका बुद्धजिवीहरु र विभिन्न मधेशी पार्टीहरुका नेताहरु संग छलफल गरेका थिए ।

मस्यौदामा जनताको तर्फवाट आएको सुझाव पश्चात मस्यौदा र सुझाव फेरी संवाद समितीमा जाने छ र त्याही वाट मस्यौदामा संशोधनको प्रक्रिया अघि वढाइने छ ।

No comments:

Post a Comment