Friday, July 24, 2015

मस्यौदा माथी सुझाव संकलनको क्रममा गच्छदारले के के गरे ?



















हालै संविद्यानसभाले प्रारम्भिक मस्यौदा माथी सुझाव संकलन गर्ने कार्यक्रम गर्दा मधेशै भरी त्यसको प्रतिकार भयो । एमाले, काग्रेस र एमाओवादी शिर्ष नेताहरु लाई मधेशमा प्रतिकार गरियो तर १६ बुदेमा हस्ताक्षर गरेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले के गरे ? कसैले भेउ समेत पाएन । मधेशी पार्टीहरु भित्र गच्छदार माथी थप रिसविई भएको देखिन्छ तर उनी कसरी विना प्रतिकार सुझाव संकलन गर्न भ्याए ? वा गरेनन ? वरु गच्छदार अचानक वुधवार विराटनगर विमानस्थलमा पत्रकार सम्मेलन गरेर प्रकट भए र मधेशी पार्टीहरु तर्फ इगिंत गर्दै टिप्पणी गरे, यस्तो सानो तिनो विरोधले केही हुने वाला छैन, संविद्यान चाडै जारी हुन्छ । मधेशका जिल्लाहरुमा त्यत्रो विरोधका स्वर सुनिदा के गच्छदारलाई त्यसले असर गरेनन त ?


मधेशी पार्टीहरुको विरोध मात्रै होईन १६ बुदेमा हस्ताक्षर गरे संगै गच्छदार आफनै पार्टीको एउटा खेमावाट ठुलो विरोध खेप्दै आएका छन । उनका पार्टीका नेताहरुका अनुसार त मस्यौदा माथीको सुझाव संकलनमा पुर्वी मधेशका अधिकाशं जिल्लाहरुमा उनका स्थानिय नेताहरु सक्रिय सहभागी भएन । यस्तो प्रतिकुलता थाहा पाएरै होला गच्छदारले सुझाव संकलनका लागी छुटै खाले कार्यक्रम बनाएका थिए । गएको ४ र ५ गते संविद्यानसभाले छुटयाएको सार्वजनिक सुनवाईको दुई दिनमा उनले आफनो गृहजिल्ला सुनसरीको दुहवी र इनरवामा दुई ओटा कार्यक्रम आयोजना गरे ।

सम्भावित विरोधलाई मध्य नजर गर्दै गच्छदारले आफना पार्टी भन्द्या पनि काग्रेस,एमाले संग वढी संयोजन गराउन लगाए र दुवै कार्यक्रममा स्थानिय काग्रेस, एमालेका युवा जमातलाई उतार्न लगाए । दुहवीमा त उनलाई मधेशी पार्टीहरुले समान्य कालो झण्डा मात्रै देखाउन पाए । तर ५ गते इटहरी स्थित क्षेत्रिय तालिम केन्द्रमा कार्यक्रम आयोजना गरेका गच्छदारलाई मधेशी पार्टीहरुका स्थानिय नेताहरुले प्रतिकार गर्न खोजे । गच्छदारले म्यानेज गरेका काग्रेस, एमालेका युवाहरुले मधेशी पार्टीहरुका विरोध समुह माथी यसरी जाई लागे कि सबै विरोधी जमातको त्याहा वाट भागाभाग भयो । ११ जनालाई जतीलाई गच्छदारको जमातले नराम्ररी धाईते बनाएर अस्पताल भर्ना गराए ।

यसरी म्यानेज गरेर गच्छदारले इटहरीमा पनि कार्यक्रमको आयोजना गरे । तर उनकै पार्टीका नेताहरुका अनुसार उक्त कार्यक्रममा मधेशी समुदायको खासै उपस्थिती थिएन । काग्रेस, एमाले निकटका केही पहाडी समुदायका अगुवा तथा युवाहरु संग गच्छदारले अन्तक्रिया गरे र प्रहरी प्रशासन माथी समेत राम्ररी असन्तुष्टि पोखे । गच्छदारका एक सहयोगीका अनुसार उनले जिल्ला प्रहरी प्रमुखलाई त मधेशी पार्टीको विरोधलाई किन नियन्त्रण गर्न नसकेको भन्दै हप्काएकै थिए ।

फोरम लोकतान्त्रिकको सविद्याँनसभा १४ सभासद छन । अध्यक्ष गच्छदार वाहेक अन्य सभासदहरु पनि आफना क्षेत्रमा गएका थिए । फोरम लोकतान्त्रिकका सभासदहरु रामजनम चौधरी लगागतका थारु सभासदहरु पश्चिममा थिए भने गिता राणा सहितका पहाडी समुदायका सभासदहरु काठमाडौ मै सहभागी भए । फोरम लोकतान्त्रिक पार्टीका अनुसार उपाध्यक्ष जितेन्द्र देवको सप्तरी क्षेत्र वाहेक अन्य सबै क्षेत्रमा सुझाव संकलन राम्ररी भएको छ ।

No comments:

Post a Comment