Tuesday, July 21, 2015

मोर्चाका शिर्ष नेताहरु आम सभा गर्न भोली मधेश जादै । १२ गते विराटनगरवाटै विशेष आन्दोलनको घोषणा गरिने

जनकपुर बन्द थप १ दिन लम्बियो 

 

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शिर्ष नेताहरु भोली देखि मधेश दौडाहामा जादै छन । मोर्चाको आज बसेको बैठकले मोर्चाको चारै अध्यक्षहरुले सम्बोधन गरिने गरि विरगंज, भैरहवा, जनकपुर र विराटनगरमा आम सभा आयोजना गर्ने निर्णय गरेको थियो । पुर्व घोषीत आमसभाको कार्यक्रममा मितीको केही हेरफेर गर्दै अध्यक्षहरु भोली मधेश जान लागेका छन । ७ गते विरगंज, ८ गते भैरहवा, १० गते जनकपुर र ११ गते विराटनगरमा मोर्चाले आयोजना गर्ने आमसभामा मोर्चाका चार ओटै अध्यक्षहरुले सामुहिक रुपमा सम्बोधन गर्ने छन । ११ गते विराटनगरमा आमसभा भए लगतै १२ गते विराटनगर वाटै थप आन्दोलनको कार्यक्रम घोषणा मोर्चाको तर्फवाट चार ओटै अध्यक्षहरुले गर्ने छन । 


मस्यौदा माथीको सुझाव संकलन विरुद्ध घोषणा गरिएको आन्द्योलन मधेशका जिल्लाहरुमा चर्किए पछि मोर्चाले यसलाई निरन्तरता दिने निर्णय गरेको छ । हिजो मधेशमा भएको व्यापक प्रहरी दमनको विरुद्धमा आज १ दिने बन्दको आब्हान गरेको मधेशी मोर्चाले बन्द सफल भएको निष्कर्ष निकाल्दै प्रहरीसंगको झडमा धाईते भएकाहरुले तत्काल निशुल्क उपचार गर्न माग पनि गरेको छ । साथै मोर्चाले स्थानिय स्तरमा मधेशी पार्टीहरुलाई विभिन्न विरोधका कार्यक्रमहरु जारी राख्न भनेको छ । आज वेलुकी मात्रै जनकपुरमा प्रहरीले थप लाठी चार्ज गर्दा वातावरण थप विग्रीएको बुझिएको छ । त्यस लगतै धनुषा जिल्लाको मधेशी मोर्चाको समितीको बैठकले भोली थप १ दिन जनकपुर बन्दलाई लम्बाउने निर्णय गरेको छ ।

चार दल विच भएको १६ बुदेको सुरु देखि नै विरोध गर्दै आएका मधेशी मोर्चामा आबद्ध चार प्रमुख मधेशी पार्टीहरुले संविद्यानको मस्यौदा माथी फरक मत नै संविद्याँनसभामा दर्ता गराएका छन ।

मधेशी मोर्चाले विराटनगरवाट १२ गते गर्ने थप आन्द्योलनको वारेमा व्यापक गृहकार्य समेत भईरहेको जनाएका छन ।  मोर्चामा उपेन्द्र यादव नेतृत्वको संघिय फोरम, महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी र महेन्द्र यादव नेतृत्व्को तराई मधेश सदभावना पार्टी छन ।

No comments:

Post a Comment