Wednesday, July 22, 2015

किन लेखिन्छ 'मधेश सरकार’ ?

जनकपुरमा हालै लेखिएको मधेश सरकारको एक दृश्य । फोटो - धनश्याम मिश्रा

जती जती वेला मधेशमा आन्दोलन चर्किन्छ, त्यती त्यती वेला मधेशका सहर बजारका पर्खाल देखि सरकारी कार्यलय सम्मको बोर्डमा मधेशीहरु मधेश सरकार भनेर लेख्छन । पहिलो मधेश आन्द्योलन होस वा दोस्रो मधेश आन्दोलन होस, मधेशका पुर्वी गाउ शहर देखि पश्चिमका दुर-दराज सम्म पोतिए मधेश सरकार भनेर । संविद्याँनको प्रारम्भिक मस्यौदाको विरुद्धमा मधेशीहरु सडकमा गएको पछिल्लो दुई दिन उर्लिदा फेरी कतिपय ठाउहरुमा मधेश सरकार भनेर लेखिएका छन । आखिर किन आन्द्योलनको वेला मधेशीहरु मधेश सरकार भनेर लेख्छन । यस पछाडीको मनोविज्ञान के हो  ?  जानकारहरु भन्छन, यसले मधेशी समुदायको पिडा र राजनितीक आकांक्षालाई इकिंत गर्छ ।

वरिष्ठ राजनितीक विश्लेषक सिके लाल भन्छन, आन्द्योलनमा उत्रिएको वेला मधेशीहरु द्धारा लेखिने मधेश सरकारले मधेशीहरुको पिडाको उजागर गर्छ । राज्यवाट अत्यन्तै पिडामा रहेको समुदायको कुनै व्यवस्थतीत राजनितीक कार्यसुची हुदैन, लाल भन्छन, यस्तो वेलामा मानिसहरु सडकमा आउदा आफना पिडाहरु पोख्ने गर्छन ।


जनकपुरमा बस्ने वरिष्ठ साहित्यकार राजेन्द्र विमल भन्छन, यो शब्दावलीले मुख्य गरी मधेशीहरुको अन्तरकुन्नाको भावना प्रतिनिधित्व गर्छन । आन्दोलन देखि भाषण सम्ममा यस्ता शब्दावलीको प्रयोग भएको म सुन्छु, यसले कतै न कतै मधेशीहरुको राजनितीक भावनाको प्रतिनिधित्व गर्छ ।

०६३ सालको माघमा भएको पहिलो मधेश विद्रोताका मधेशका सदरमुकामहरुमा त सरकारी कार्यलयको जम्मै वोर्डहरुमा नेपाल सरकारको ठाउमा मधेशीहरुले मधेश सरकार लेखि दिएका थिए । जो धेरै पछि सम्म त्यसै थिए । विस्तारै पुन उक्त ठाउमा फेरी नेपाल सरकार उल्लेख गरियो । त्यसलाई आधार बनाएर काठमाडौमा दजौनौ पटक तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले त्यसलाई संघियता संग जोडेर भाषण पनि गरे । ठाकुरले पुर्व देखि पश्चिम सम्मका मधेशीहरुले आन्दोलनको क्रममा ठाउ ठाउमा मधेश सरकार लेखेको भन्दै मधेशको मुख्य माग एक मधेश प्रदेश भएको दाबी गर्थे ।

जनकपुर स्थित राराब क्याम्पसका प्राध्यापक भोगेन्द्र झा यसरी मधेशका ठाउ ठाउमा उल्लेख गरिएको मधेश सरकारलाई मधेशीहरुको राजनितीक मनोविज्ञानसंग जोडछन । प्राध्यापक झा भन्छन, यो मधेशीहरुको मुख्य राजनितीक माग हो, जसले मधेशीहरुको बर्षै देखको संघियताको लडाईलाई प्रतिविम्ब गर्छ ।

हालै जनकपुर लगायतका मधेशका शहरहरुमा देखिएको अवस्था वारे झा भन्छन, यसप्रति समयमै राज्य सचेत हुनु पर्छ, अन्यथा भविष्य थप जटील बन्न सक्छ । यस्ता नारा र वाल पेटिंगहरु भविष्यका कर्णधारहरु अर्थात युवा जमातवाट हुन्छ, झा भन्छन, त्यसैले उनीहरुको मनोविज्ञानलाई समयमा नै उचित सम्बोधन नगरिए उनीहरु जता पनि लाग्न सक्छ ।

कतिपय जानकारहरुको बुझाइमा मधेश सरकार उल्लेख गर्नाले मधेशी नेपाल सरकार वाट अपनत्व महसुस नगरीरहेको प्रष्ट सकंत पनि मिल्ने गरेको बताउछन । यसले राज्य व्यवस्था वाट मधेशीहरु कति टाढा छ भन्ने कुराको समेत प्रष्ट जवाफ आउने गरेको तर्क उनीहरु गर्छन ।

जानकारहरुका अनुसार सदभावना पार्टीले स्थापना काल देखि नै अपना शासन, अपना प्रशासन, अपना न्यालय, अपना विद्याँलय । अपना भाषामे चलेगी शासन लगायतका नाराहरु अघि सारेका भए पनि मधेश सरकार भन्ने शब्दावली माओवादी जनयुद्धको वेला आकल झुकल सार्वजनिक भएको देखिन्छ । माओवादीले राष्टिय मधेशी मोर्चा गठन गरे पछि मधेशमा माओवादीले छुटै मधेश सरकार गठन गरेपछि यसको चर्चा परिचर्चा भएको देखिन्छ ।

तर यसको व्यापकता चाही पहिलो मधेश आन्दोलनताका भयो । जती वेला मधेशका ठाउ ठाउमा मधेश सरकार भनेर उल्लेख गरियो । सदभावना पार्टीका सहअध्यक्ष लाल कर्णले यसलाई संघिय भावना भित्रको स्वायता संग तुलना गर्छ । कर्ण भन्छन, सदभावना पार्टी संघियताको मुद्धा सुरु देखि नै उठाए पनि मधेश सरकारको प्रयोग मधेश आन्दोलनमा मात्रै व्यापकता पाएको देखिन्छ । उनले यस प्रयोगले मधेशीहरु स्वायत्त मधेश प्रदेश चाहेको प्रष्ट सन्देश दिईरहेको बताउछन । पहिलो मधेश आन्द्योलन लगतै तराई मधेशमा फस्टाएको सशस्त्र समुहहरुले पनि व्यापक रुपमा मधेश सरकार भन्ने शब्दावलीको प्रयोग गरेको पाईन्छ । 

2 comments:

  1. समस्त मधेश बाषि मधेशी भयो से एक अपिल है कि किर्पिया हम्सब मधेशी एक आपसमे मत लडे झगडा मत्करे किउ कि हम्म मधेशी को एक आपना मधेश एक अलग देश बनाना है. और मधेश मे मिथिला राज्य, थरुहट राज्य,अबधि राज्य, कोचिला राज्य,मुस्लिम राज्य है ए समस्त मधेश बाषि को अछी तरह मालुम है. इस्लिये मधेश सरकार , समस्त मधेश बाषि मधेशी,बुद्धिजिबी,पतरकार, बिभिन् राज्यनित्क पार्टी , मधेश के हतियार धारी भूमिगत पार्टी और मधेशी जनता से अनुरोध है कि किर्पिया आप सब एकजुट होके मधेश को एक अलग देश बनने केलिए तयार होजाओ .. मधेश मे हमे मधेशी सेना , मधेश पुलिश फोर्स, मधेश मिडिया., मधेश के कानुन बय्बस्था , मधेश के झन्डा, मधेश के रास्ट्रीय गित , मधेश के संबिधान,मधेश मे मधेश बिस्वबिध्याला , मधेश दुरसंचार , मधेश के रक६अ कर्ने केलिए मधेश सेना क हातहतियार मधेश के रास्ट्रीय भाषा, रास्ट्रीय पोसाक , मधेश के अर्थ बय्बस्था , मधेश रिजर्व बैंक , मधेश के मधेशी जनता को मधेश नागरिता , मधेश के राजस्व, मधेश के रास्ट्रीय पति ब्यबस्था, मधेश के सिमा सुरक्छा , मधेश को एक प्रयटक स्थल बन न है. .. हम मधेशी जनता को मधेश देश बन ने का समय आगाया है. मधेश नेपाल का नही है,,, मधेश स्वतन्त्र है. जय मधेश एक अलग देश .

    ReplyDelete
  2. Sushil Koirala http://demrepubnepal.blogspot.com/2015/08/sushil-koirala.html

    ReplyDelete