Tuesday, July 21, 2015

कपिलवस्तू देखि मोरड सम्मका मधेशी क्षेत्रमा मस्यौदाको पुर्ण वहिष्कार । मधेशमा व्यापक प्रहरी दमन


नयां संविद्यानको प्रारम्भिक मस्यौदाको विरोध गर्दै आएका मधेशी पार्टीहरुको अवरोधका कारण मधेशका कपिलवस्तू देखि मोरड सम्मका क्षेत्रमा पुर्ण प्रभावित भएका छन । हिजो र आज गरी संविद्यानसभाले व्यास्था गरेको सार्वजनिक सुनवाईका कार्यक्रमहरु यी जिल्लाहरुको मधेशी वाहुल्य सबै क्षेत्रमा प्रभावित भएका छन । अधिकांश जिल्लामा मधेशी पार्टीहरुको अवरोधका कारण यी क्षेत्रमा कार्यक्रम सुरु नै हुन सकेन । यद्यपी यी जिल्लाहरुको राजमार्ग क्षेत्रमा रहेको पहाडी बस्ती भएको क्षेत्रमा उच्च सुरक्षा उपस्थितीमा कार्यक्रमहरु भएका छन ।

कपिलवस्तूमा रहेका फोरम नेपालका सभासद अभिषेक प्रसाद शाहका अनुसार हिजो मधेशी पार्टीहरुको अवरोधका कारण स्थतीग गरिएको अन्तक्रिया आज पनि बहादुरगंजमा गर्न खोज्दा भिडन्तको वातावरण सिर्जना भएको थियो । त्यसपछि प्रहरीले कार्यक्रम स्थगीत गरेर राजमार्ग एरीयामा रहेको पहाडी बस्तीमा गएर औपचारिकताा मात्र सिमित हुने गरी कार्यक्रम गरेका थिए । यसैगरी, रुपन्देही, नवलपरासी जिल्लामा पनि मधेशीहरु बस्ने एउटा क्षेत्रमा पनि कार्यक्रमहरु हुन सकेका छैन । राजमार्ग क्षेत्रमा मात्रै कार्यक्रमहरु आयोजना गरिए पनि त्याहा समेत नागरिकहरु उपस्थित भएका थिएन ।


बारा र पर्साका सवै क्षेत्रमा हिजै देखि तनाव रहेकाले यी दुई जिल्लामा पुर्ण प्रभावित भएका छन । संघिय फोरम पर्साका अध्यक्ष प्रदीप यादवका अनुसार हिजो अवरोध कार्यक्रमवाट त्रसित प्रशासनले आज यी जिल्लाहरुमा कार्यक्रम गर्ने आट नै देखाएनन ।

हिजो गौरमा ठुलो झडप पश्चात फिर्ता भएका एमाले नेता माधव नेपाल फेरी कार्यक्रम गर्न पुगेन । गौरमा आन्द्योलनका नेतृत्व गरीरहेका सदभावना पार्टीका युवा नेता योगेन्द्र यादवका अनुसार रौतहटको चन्द्रनिगाहपुरको पहाडी बस्ती भएको क्षेत्रमा आज कार्यक्रम भए पनि यो जिल्लाको अन्य क्षेत्र कही पनि कार्यक्रम हुन सकेन ।



सर्लाहीमा पनि राजमार्ग वाहेक त्यो भन्दा तल कही पनि कार्यक्रम गर्न सकिएको छैन ।

धनुषा र महोतरीमा पुर्ण रुपमा सुझाव संकलन कार्यक्रम प्रभावित भएका छन । हिजै देखि धनुषाको जनकपुरमा व्यापक प्रर्दशनर झडपहरु हुदै आएका छन । आज विहानै स्थानिय प्रशासनले काग्रेस, एमालेलाई सुझाव संकलनका लागी सुरक्षा दिन नसक्ने बताए पछि काग्रेस, एमाले र एमाओवादीको संयुक्त बैठकले सुझाव संकलन कार्यक्रह स्थगीत गर्ने निर्णय गरेका थिए । महोतरीमा पनि मधेशी पार्टीहरुको व्यापक विरोधका कारण आज पनि कार्यक्रमहरु हुन सकेका छैन ।

सिरहामा हिजै पुरै विथोलिएको सुझाव संकलन आज उत्तरी भेगको केही ठाउमा समानइ औपचारिकतामा मात्रै भए पनि दक्षिण क्षेत्रमा कही हुन सकेन । हिजै सिरहाको मिर्चाैयामा एमाओवादी अध्यक्ष प्रचण्ड सहभागी कार्यक्रम मधेशी पार्टीहरुले विथोलिदिएका थिए । सिरहामा रहेका तमलोपाका युवा नेता सुरेश मंडलका अनुसार हिजो प्रशासनले कल्याणपुर स्थित सशस्त्र प्रहरीको क्याम्प भित्रै सुझाव संकलनको कार्यक्रम राखेका थिए । यद्यपी मधेशी पार्टीका नेताहरुले उक्त कार्यक्रमलाई समेत विथोलिदिएका थिए । सुझाव संकलन कार्यक्रमको विरुद्धमा हिजै देखि सप्तरीमा समेत तनाव कायमै छन । त्याहा पनि पुर्ण रुपमा प्रभावित भएका छन । मारेड र सुनसरी जिल्लामा पनि मधेशी समुदाय बसोवास गर्ने क्षेत्रहरुमा कार्यक्रमहरु हुन सकेका छैन । फोरम नेपालका नेता जयराम यादवका अनुसार मधेशी पार्टीहरु मोरडको ४ र ५ नम्बर क्षेत्रमा सुझाव संकलन कार्यक्रमहरु लाई हिजो र आज पुर्ण रुपमा विथोलिएका छन । झापाको केही क्षेत्रमा हिजो विरोध भए पनि आज त्याहा कार्यक्रमहरु भएका छन ।

मधेशमा व्यापक प्रहरी दमन 

जनकपुरमा मासका संयोजक सरोज मिश्रालाई प्रहरीले बोलाएर निर्धात कुटपिट गरेका छन ।


संविद्यानसभाको कार्यसुचि अनुसारको कार्यक्रमहरुको विरोधमा हिजै देखि शान्तिपुर्ण विरोधमा उत्रेका मधेशीहरु माथी प्रहरीले व्यापक दमन गरेका छन । खास गरी जनकपुर, गौर, विरगंज लगागतका ठाउमा प्रहरी सयको संख्यामा प्रर्दशनकारीहरुलाई धाईते बनाएका छन । जनकपुरमा आन्द्योलनको नेतृत्व गरीरहेको  मास नामक संघर्ष समितीका संयोजक सरोज मिश्रालाई आज दिउसो प्रहरीले बोलाएर निर्धात कुटपिट गरेका छन । हिजो मात्रै जनकपुरमा मासका केही प्रमुख अगुवाहरुलाई छानी छानी कुटपिट गरेका थिए । हिजो देखि आज सम्म जनकपुर १०० सयको हराहरीमा धाईते भएको बताइन्छ ।
गौरमा हिजै प्रहरीले आन्दोलनमा उत्रेका मधेशी पार्टीहरुका १४ जना नेता कार्यकर्तालाई निर्धात रुपमा कुटपिट गरेका छन । विरगंजमा हिजो भएको दोहडो झडपमा ४६ जना मधेशीहरुलाई प्रहरीले निर्धात कुटपिट गरेका स्थानिय नेताहरुले बताएका छन । त्यसैगरी सप्तरीमा पनि दर्जनौको संख्यामा धाईते भएका छन भने मोरडमा हिजो ५ जना मधेशी पार्टीका नेताहरु धाईते भएका छन । आज सुनसरीमा भएको विरोध प्रर्दशनको क्रममा सदभावना पार्टीका प्रवक्ता संतोष मेहता सहित १० जना जतीलाई प्रहरीले निर्धात कुटपिट गरेका छन । मेहता सहितका सबै धाईतेहरुको उपचार भईरहेको छ । 


No comments:

Post a Comment