Monday, July 20, 2015

मस्यौदा माथीको अन्तक्रिया मधेशीहरु द्धारा वहिष्कार । ठाउ -ठाउमा झडप र भिडन्त । मधेशी मोर्चा द्धारा मंगलवार मधेश बन्दको घोषणा ।

जनकपुरमा आज भएको प्रर्दशन

प्रमुख चार दल विच भएको १६ बुदे सहमतीको आधारमा ल्याएको नयां संविद्यानको प्रारम्भिक मस्यौदा माथीको अन्तक्रिया कार्यक्रमलाई मधेशका जिल्लाहरुमा बहिष्कार सहित विथोलिएका छन । वर्तमान प्रक्रियाको सुरु देखि विरोध गर्दै आएका प्रमुख मधेशी पार्टीहरुले घोषीत रुपमै वहिष्कार गर्ने निर्णय गरेका थिए । यद्यपी सतारुढ दलहरुले व्यापक सुरक्षा परिचाmन गराएर आफना कार्यकर्ताहरुलाई भेला गराएर मस्यौदा माथीको अन्तक्रिया गराउने योजना बनाएका थिए । तर पुर्व घोषीत कार्यक्रमहरु अनुसार सोमवार विहानै देखि मधेशी मोर्चामा आबद्ध मधेशी पार्टीहरुले मधेशका जिल्लाहरुमा व्इापक प्रर्दशनहरु सुरु गरेका थिए । मधेशी मोर्चाको यो अभियानमा अन्य मधेशी पार्टीहरु सहित विभिन्न युवाहरुको समुहगत जमातले संग्लनता देखिए पछि जनकपुर, गौर, विरगंज, भैरहवा, लहान, राजविराज लगायतका ठाउहरुमा विहानै देखि झडप तथा भिडन्तहरु भएको थियो । आजको प्रर्दशनको क्रममा गौरमा एमाले नेता माधव नेपाल माथी मधेशीहरुले कुर्सी प्रहार गरेका थिए भने सिरहामा प्रचण्ड माथी ढुंगामुढा गरिएको थियो ।


प्रर्दशनका कारण जनकपुर, विरगंज, वारा लगायतका ठाउहरुमा अन्तक्रिया आज सुरु नै हुन सकेन भने गौर, लहान, राजविराज लगायतका ठाउहरुमा अन्त्क्रिया कार्यक्रमहरु पुरै विथोलिएका छन । जनकपुर लगायतका केही ठाउमा प्रशासनले भोली अन्तक्रिया गर्ने जनाएका छन ।

गौरमा झडप पश्चात सडकमा मधेशी नागरिकहरु


जनकपुरमा केही दिन अघि विभिन्न पार्टीहरुमा आबद्ध मधेशी युवाहरु मास नामक संघर्ष समिती बनाएर मस्यौदाको विरुद्धमा विभिन्न कार्यक्रमहरु गर्दै आईरहेका छन भने अन्य जिल्लाहरुमा मधे्शी पार्टीकै स्थानिय नेता कार्यकर्ताहरु सडकमा ओर्लिका छन । जनकपुरको युवाहरुको संघर्ष समिती मासले आज र भोलीका लागी जनकपुर बन्दको नै घोषणा गरेका थिए भने । आज विहानै गौरमा प्रहरी दमन भए पछि विरगंज पनि बन्दको घोषणा गरिएको थियो ।

विरगंजमा आज भएको झडप




मधेशी मोर्चा द्धारा भोली मधेश बन्दको घोषणा



मधेशमा सोमवार मस्यौदा माथीको अन्त्क्रिया कार्यक्रमलाई लक्षित गरेर भएको विभिन्न प्रर्दशनमा व्यापक प्रहरी दमन भएको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मंगलवार मधेश बन्दको घोषणा गरेका छन । सोमवार वेलुकी मोर्चाका शिर्ष नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै धाईतेहरुको निशुल्क उपचारको माग गर्दै मंगलवार मधेश बन्दको घोषणा गरेको जनाएका छन ।

No comments:

Post a Comment