Thursday, July 9, 2015

मस्यौदा माथीको अन्तक्रिया विथोलिने गरी मधेशी मोर्चाको कार्यक्रम सार्वजनिक


संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले नयां संविद्यानसभाको प्रारम्भिक मस्यौदा र जनता विचमा हुने भनिएको अन्तरक्रियालाई लक्षित गरेर विभिन्न विरोधका कार्यक्रमहरु सार्वजनिक गरेका छन । गएको चार दिन देखि लागातार बसीरहेको मधेशी मोर्चाको आज सम्पन्न भएको बैठकले काठमाडौमा विरोध जुलुस सहित मधेशका जिल्लाहरुमा मस्यौदा र नागरिक विच हुने सार्वजनिक सुनवाई लाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु घोषणा गरिएको छ । मोर्चामा आवद्ध चार दलका शिर्ष नेताहरुको हस्ताक्षरमा आज वैठक पछि जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, मोर्चाले आउदो २ र ३ गते हरेक निर्वाचन क्षेत्रमा विरोध प्रर्दशन तथा ५,६, ७ र ८ गते विराटनगर, जनकपुर, विरगंज र भैरहवामा विरोधसभा आयोजना गरिने छ । २ र ३ गते संविद्यानसभाले हरेक निर्वाचन क्षेत्रमा मस्यौदा माथी सार्वजनिक सुनवाईको कार्यक्रम राखेका छन । साथै मोर्चाले आयोजना गर्ने विरोध सभाहरुमा मोर्चामा आबद्ध चारै दलका शिर्ष नेताहरु सहभागी हुनेछ ।

साथै संविद्यानसभामा आउदो २९ गते काठमाडौमा मस्यौदा माथी गर्ने वृहत अन्तरक्रियालाई लक्षित गरेर मोर्चाका शिर्ष नेताहरुको अगुवाईमा समेत विरोध जुलुस निकालिने घोषणा गरेका छन । मोर्चामा आबद्ध संघिय फोरम, तमलोपा, सदभावना पार्टी र तराई मधेश सदभावना पार्टीले सुरु देखि नै वर्तमान प्रक्रियाको विरोध गर्दै प्रारम्भिक मस्यौदा नमान्ने चेतावनी दिदै आएका छन ।
मोर्चाले घोषणा गरेको कार्यक्रमहरु बनाउनमा सहभागी तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनलका अनुसार मोर्चामा आबद्ध मधेशी पार्टीहरुले मधेशका जिल्लाहरुमा मस्यौदा माथी हुने सार्वजनिक सुनवाईको दिन विरोध कार्यक्रम गरेर त्यसलाई मधेशी जनताको स्तरवाट पनि अस्विकार गराउने सन्देश दिन चाहेका छन । काठमाडौमा आज आयोजना गरिएको एक कार्यक्रममा सोनलले भने, संविद्यानसभाको प्रारम्भिक मस्यौदाले मधेशलाई पुरै अस्विकार गरेका छन, त्यसैले मस्यौदालाई पनि मधेशले पुरै अस्विकार गर्ने सन्देश हामी मधेशवाटै दिलाउन चाहेका हौ ।

मस्यौदा पुर्नमार्जन होईन, पुर्नलेखन गर्नुपर्छ  - लक्ष्मण लाल कर्ण
सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्णले विहिवार संविद्यानसभाको बैठकलाई सम्बोधन गर्दै प्रारम्भिक मस्यौदाले मधेशी जनताहरुको भावना मात्रै होईन कि  प्रक्रिया र विधि सवै मिचेकाले यसलाई पुर्न लेखन वाहेक अरु विकल्प नरहेको बताए । मधेशी मोर्चाको तर्फवाट संविद्यानसभा वहिष्कार गर्नु पुर्व संविद्यानसभामा आफना कुरा राख्दै कर्णले भने, मस्यौदामा संशोधन गरेर केही हुदैन, यसको हरेक ठाउमा त्रुटि छ, त्यसैले यसलाई पुर्नलेखन नगरी सुखै छैन । संविद्यानसभामा मस्यौदा माथी छलफलहरु वहिष्कार गर्दै आएका मधेशी मोर्चामा आबद्ध सभासदहरुले आज पनि नारावजी गर्दै वैठक वहिष्कार गरेका थिए ।
आन्दोलनमा होमिनु पर्ने युवा नेताहरु तथा बुद्धजिवीको जोड
  

विहिवार काठमाडौमा बृहत मधेशी रक्षा मोर्चाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मधेशी पार्टीहरुका युवा नेताहरु तथा बुद्धजिवीहरुले आन्दोलन विना मधेशले अव अधिकार नपाउने निश्चिित भईसकेकाले यसमा ढिला नगर्न विचार राखेका थिए । कार्यक्रममा तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनल, संयुक्त जनआन्द्योलन समितीमा संयोजक मातृका यादव, भरतविमल यादव, गोपाल ठाकुर, सदभावना पार्टीका योगेन्द्र यादव, उपेन्द्र महतो, तमलोपाका युवा नेताहरु सुरेश मंडल, कृष्ण सिंह लगायतका मोर्चामा आबद्ध विभिन्न पार्टीहरुका युवा नेताहरुले प्रमुख दलहरुले मधेशको भावना विपरित मस्यौदा ल्याएर संविद्यान जारी गर्न लागेको भन्दै आन्दोलनमा सिधा होमिन सम्पुर्ण मधेश भरी नै त्यसको वातावरण बनाउन सवैमा अपिल गरेका थिए ।

कार्यक्रममा बुद्धजिवीहरु अधिवक्ता दिपेन्द्र झा, तुला नारायण साह, विजय कान्त कर्ण लगायतले वर्तमान परिस्थितीको वारेमा बोलेका थिए ।

No comments:

Post a Comment