Tuesday, July 7, 2015

नागरिकतामा अंगीकृत प्रावधान - वैवाहिक स्वतन्त्रता माथी अंकुश लगाउने चलखेल !

मधेशी संग मेरो प्रार्थना - अब भारतीय छोरी संग विवाह नगर्नुस !
 

श्वेता दीप्ति 
संविद्यानसभाले प्रारम्भिक मस्यौदालाई आज पास गरेर जनतामा माझ लादै छन । म याहा अरु प्रसंग वारेमा कुरा चर्चा गर्दिन । तर नयां संविद्यानको प्रारम्भिक मस्यौदाले नागरिकताको सवालमा अघि सारेको अगंीकृत प्रावधानले सवै भन्दा वढी मारमा मधेशका बुहारीहरु पर्ने छन । काठमाडौमा यसलाई जती सजिलो संग लिइरहेको देखिन्छ, यो त्यतीकै जटील सवालका मधेशका लागी छन । पुरुष प्रधानताको को पनि चरम सिमा पारेर ल्याएको यो प्रावधानले नेपालमा अब बुहारीहरु स्वतन्त्र छैन भन्ने कुराको पुष्टि गर्छ । अब कुनै समानताको कुरा नगरे पनि हुन्छ, कि हामी महिलाले अब सन्तानलाई जन्म त दिन सक्छौ तर त्यसलाई पनि याहा कुनै अधिकार हुदैन । ती सन्तानहरुलाई पनि यो जन्मभुमि नै बन्न सक्दैन । सधै विदेशमा बसे जस्तो कर्मभुमि  मात्रै हुन्छ । किनकी नयां प्रावधानले नत त्यो याहा राजनिती गर्न पाउछ नत उ याहाका लागी कुनै उच्च नियुक्तीमा कानुनी रुपमा सक्षम हुन्छ । यो यती मार्मिक सवाल छ कि अब अंगीकृत महिलाका लागी याहा कुनै अस्तीत्व नै छैन ।
 
महिलाको वास्तविका घर कुन हुन्छ ? आमा बुबा वा भाई अर्थात माइती कि श्रीमानको घर ससुराली ? समान्य रुपमा सबै बुझछन, श्रीमान अर्थात ससुराली नै महिलाको वास्तविक घर हो । तर अब नागरिकताको प्रावधानले महिलाहरुलाई देशविहिन बनाउने निश्चित छ । म याहाका राज्यका धर्ताकर्ताहरु संग आग्रह गर्छु कि नयां कानुन मै सिमापारी विवाह गर्न पाईदैन भन्ने कुरा सिधै उल्लेख गरे हुन्छ नि । यसको चपेटामा सवै भन्दा वढी सिमापारीका भारतीय महिलाहरु पर्छन । किनकी मधेश संग सिमा पारिको सम्बन्धमा त्यसको उच्च समाजिक महत्व छ । मधेशको हरेक घरको रिश्ता सिमा पारि छ । अब मधेशीहरु संग मेरो विन्रम प्राथना छ कि भारतीय छोरी संग विवाह नगर्नुस । किनकी तपाईको कानुनले उलाई मात्रै होईन कि उनले जन्माउने सन्तानलाई समेत तपाईको राज्यले स्विकार गर्न तयार छैन । 


यदी तपाईहरु अब सक्षम हुनु हुन्न भने अरु कसैको जिन्दगीलाई वर्वाद पनि नबनाउनुस । किनकी भारतीय छोरीहरु भागेर तपाईहरु काहा आएको छैन । उनीहरु एउटा रिती रिवाज र परम्पराको तहत संस्कृतिक मर्यादा अन्र्तगत तपाईहरुको घरमा आउने गर्छन । महिलाहरु औचित्य विहिन बनाउने अधिकार तपाईहरु कसै संग छैन । म प्रश्न गर्न चाहन्छ, काहा छन हामीहरुको महिला आयोग ? काहा छन हाम्रो मानव अधिकार आयोग ?
यसले मुख्य गरी वैवाहिक स्वतन्त्रता माथी अंकुश लगाउन गईरहेको छ । विदेशी पुरुष संग विवाह गरेको महिलाले ७ बर्ष सम्म नागरिकताका लागी पर्खनु पर्ने ? त्यो विच कुनै कारण वस श्रीमानको मृत्यू हुन गयो, उनले त्यो विचमा पाएको बच्चाको भविष्य के हुन्छ ? एकै छिन कल्पना गर्नुस ? यसको जवाफ राज्यले दिन सक्छ ? आमा बन्नु नारीको वरदान हो । तर यसलाई अभिसापमा तपाईहरु नबनाउनुस ? तपाईले कानुनले यसलाई अपराध सावित गर्न लागेका छन ।
 
काठमाडौको एउटा तप्काले भन्नालान कि यो समस्या मधेश र भारतको मात्रै हो र ? तर मेरो वुझाईमा यसले ९५ प्रतिशत प्रभाव मधेशी समुदाय र सिमापारिका भारतीय समुदाय विचको रोटी वेटीकै सम्बन्धमा पर्छ ।
एक अध्यनका अनुसार सन् १९९१ को जनगणना अनुसार भारतमा जन्मेका नेपालीहरुको  संख्या कुल जनसङ्ख्याको २.४ प्रतिशत  छन् भने नेपालमा जन्मेका भारतीयहरु संख्या त्यहाँको कुल जनसङ्ख्याको ०.०७ प्रतिशत छन् ।
 
तराइमधेशमा  भारतमा जन्मेकाहरूको सङ्ख्या तराइमधेशको  कुल जनसङ्ख्याको ४.४ प्रतिशत छ ।

सीमावर्ती क्षेत्रमा नेपाल–भारतबीचको बसाइँसराइको एउटा प्रमुख कारण विहेवारी हो । साामान्यत बसाइँसराइमा युवा–पुरुषहरूको बाहुल्य हुन्छ, तर विहेवारीको कारण नेपाल र भारतको बसाइँसराइमा महिलाहरू पनि उल्लेख्य छन् । सन् १९९१ को जनगणनामा नेपालको तराईमा भारतमा जन्मेका ३,७८,६९२ नेपालीमध्ये २,८५,३४७ (७५.३ प्रतिशत) महिला देखिएका थिए ।
 
त्यस्तै, सन् १९८१ को भारतीय जनगणनाले बिहार, उत्तरप्रदेश, सिक्किम र पश्चिम बङ्गालका भारतीयहरूमा नेपालमा जन्मेका मध्ये क्रमशः ८९.०, ५६.५, ५२.७ र ४१.१ प्रतिशत महिला थिए ।


दीप्ति त्रिभुवन विश्वविद्यालय अन्र्तगतको हिन्दी विभागको प्रमुख छिन



No comments:

Post a Comment