Monday, July 6, 2015

मधेशी मोर्चा संयुक्त आन्द्योलनको कार्यक्रम बनाउदै । तत्कालै बृहत मोर्चा नबनाउने

आज बसेको मधेशी मोर्चाको बैठकमा सहभागी शिर्ष नेताहरु । फोटो -मनिष सुमनको फेसबुक

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध चार प्रमुख मधेशी पार्टीहरुको बैठकले भोली सम्ममा संयुक्त आन्दोलनको कार्यक्रमलाई अन्तिम रुप दिने निर्णय गरेको छ ।  तमलोपाको संसदीय दलको कार्यलयमा आज बसेको मोर्चाको बैठकले संयुक्त आन्दोलनका लागी तमलोपा उपाध्यक्ष हृदेश त्रिपाठीको संयोजकत्वमा एउटा कार्यदल समेत बनाएको छ । कार्यदलमा त्रिपाठी सहित फोरम नेपालका रेणू यादव, सदभावनाका मनिष सुमन र तराई मधेश सदभावनाका राम नरेश राय छन । चार सदस्ययी कार्यदले भोली दिउसो फेरी बस्ने मोर्चाको बैठकमा संयुक्त आन्दोलनका कार्यक्रमहरु पेश गर्ने छन । मधेशी मोर्चाको बैठक भोली दिउसो चार बजे फेरी तमलोपाको संसदीय दलमा बस्ने छ ।

सवै सभासदहरुलाई अनिवार्य काठमाडौ उपस्थित हुन निर्देशन


संविद्यानसभामा प्रारम्भिक मस्यौदा माथी भईरहेको छलफललाई वहिष्कार गर्दै आईरहेका मधेशी मोर्चामा आबद्ध चार ओटा मधेशी पार्टीहरुले आ आफना सभासदहरु काठमाडौ नछाड निर्देशन दिने निर्णय गरेका छन । संविद्यानसभा भित्रको संघर्षलाई चर्काउनका निम्त सबै सभासदहरु लाई काठमाडौमा अनिवार्य उपस्थिती हुन मोर्चाले भनेका छन । संविद्याँनसभामा प्रारम्भिक मस्यौदालाई सुरुदेखि नै विरोध गर्दै आएका यी मधेशी पार्टीहरुले जनता माझ  छलफलमा लगिने कार्यक्रमहरुको समेत मधेशका जिल्लाहरुमा भाडने तयारी आन्तरिक रुपमा गरिरहेका छन । आजको बैठकम सहभागी एक नेताका अनुसार मधेशी मोर्चाले आफना सभासद तथा नेताहरुले अगुवाई मधेशका हरेक जिल्लाहरुमा छलफलमा जाने मस्यौदा सहितको नेताहरुलाई कार्यक्रम गर्न नदिने वातवरण बनाउन लागेका छन । त्यसका लागी विरोध जुलुस सहित अन्य कार्यक्रमहरुलाई एक दुई दिन भित्रै व्यापक रुपमा सुरु गर्ने योजनामा मोर्चा छन ।

धनुषा, महोतरीमा मस्यौदा विरुद्ध माइकिंग सुरु

मधेशी मोर्चाका एक प्रमुख घटक तराई मधेश लोकतान्त्रिक पार्टीले संविद्यानसभामा पेश गरिएको प्रारम्भिक मस्यौदा मधेश विरोध भएको भन्दै आज देखि धनुषा र महोत्तरीमा माईकिंग सुरु गरेको जनाएको छ । तमलोपाका उपाध्यक्ष वृषेशचन्द्र लालका अनुसार भोली देखि मधेशका अन्य जिल्लाहरु सर्लाही, रौतहट, वारा पर्सा लगायतका जिल्लाहरुमा समेत माईकिंग हुदै छ । लालका अनुसार माइकिंग गरिएर आम नागरिकलाई मस्यौदा मधेश विरोधी भएको भन्दै आन्दोलनमा आउन अपिल गरिरहेको छ ।

तत्कालै बृहत मोर्चा नबन्ने

पछिल्ला केही समय यता चर्चामा रहेको बृहत मोर्चा तत्कालै नबन्ने धारण वलियो रुपमा आजको मधेशी मोर्चाको बैठकमा उठे पछि यसको सम्भावना न्युन रहेको नेताहरुले बताएका छन । पछिल्लो समयमा अनिल झा, राज किशोर यादव, जेपी गुप्ता, मात्रिका यादव लगायतका सवैलाई समेटिने गरी आन्दोलनका लागी छुटै बृहत संघर्ष मोर्चा बनाउने वारेमा छलफलहरु भईरहेको देखिन्थ्यो । तर आज बसेको मधेशी मोर्चाको बैठकमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, संघिय सदभावनाका अध्यक्ष महेन्द्र यादवले खुलेर यसको विरोध गरे पछि पछिल्लो समयमा चर्चामा रहेको यस्तो मोर्चा बन्ने सम्भावना टरेको नेताहरुले बताएका छन । आजको बैठकमा तमलोपाका नेताहरुले यस सम्बन्धी प्रस्ताव राखे पछि फेरम नेपालका अध्यक्ष यादवले हालैको प्रसंग कोटयाउदै विजय गच्छदारलाई कारवाही गर्न मोर्चा अघि सर्दा अनिल झा, राज किशोर यादव लगायतले असहयोग गरेको भन्दै उनीहरु माथी भर नपर्न र आन्दोलनलाई वर्तमानकै संयुक्त लोकतान्त्रिक मोर्चामा आवद्ध चार घटकहरु मिलेर अघि वढाउन सुझाएका थिए । तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवले मोर्चामा आवद्ध घटकहरुले मस्यौदा च्यात्दा अनिल झाले मिडियामा सार्वजनिक रुपमै खिल्ली उडाएको भन्दै भोलीका दिनमा उनीहरुले आन्दोलनको विपक्षमा गए मोर्चा बदनाम हुन सक्ने बताएका थिए ।

1 comment:

  1. एमाले को अन्तिम प्रधान मंत्री झलनाथ खनाल http://demrepubnepal.blogspot.com/2015/07/blog-post_49.html

    ReplyDelete