Sunday, July 5, 2015

भोली मधेशी मोर्चाको बैठक बस्दै । अगामी रणनिती तय गर्ने अन्तिम तयारीमा मधेशी पार्टीहरु



संविद्यानसभामा पेश गरिएको नयां संविद्यानको प्रारम्भिक मस्यौदालाई नमान्ने उदघोष गरेका मधेशी पार्टीहरुले अगामी रणनिती तय गर्न भोली मधेशी मोर्चाको बैठक डाकेका छन । आज मात्रै यी मधेशी पार्टीहरुले संविद्याँनसभाको बैठकलाई वहिष्कार गरेका थिए । पछिल्ला केही दिन यता संघिय फोरमका अध्यक्ष उपेन्द्र यादव काठमाडौ वाहिर भएकाले मोर्चाको बैठक बस्न सकेको थिएन । यद्यपी अन्य मधेशी पार्टीहरुले यस विचमा पनि व्यापक गृहकार्य गरिरहेको देखिन्थ्यो । गएको शुक्रवार मात्रै मधेशी पार्टीहरुले विगतको मधेश आन्दोलनको क्रममा भएको सम्झौतामा मध्यसता गरेका भारतीय पक्षलाई त्यसवारेमा जानकारी गराएका थिए । भोली १० बजे तमलोपा पार्टी कार्यलयमा डाकिएको मधेशी मोर्चाको बैठकले आन्दोलनका लागी वृहत रुपमा बनाइने संघर्ष समिती वारेमा समेत ठोस निर्णय गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन । पछिल्लो समयमा मातृका यादव, जेपी गुप्ता लगायतका सवै आन्दोलनको् पक्षपाती समुहलाई मिलाएर आन्दोलन संघर्ष समिती बनाउने तयारीमा रहेका मधेशी पार्टीहरुले आन्तरिक गृहकार्य थालेका थिए । त्यही छलफलहरुको आधारमा गएको शुक्रवार सवै पक्ष सामुहिक रुपमा भारतीय राजदुतलाई भेटन गएका थिए । 


आन्दोलनका लागी बनाइने संघर्ष समितीले प्रस्तुत गरिने आन्दोलनको एजेन्डाका लागी समेत कामहरु तीव्र रुपमा अगाडी वढीरहेको नेताहरुले अनौपचारिक रुपमा बताउने गरेका छन । मधेशी पार्टीहरुले प्रमुख दलहरुले १६ बुदेको आधारमा नयां संीवद्यान जारी गर्न लागेको भन्दै संविद्यानसभा छाडन समेत सम्मका सार्वजनिक धम्कि दिईसकेका छन । आज मात्रै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविद्यानसभामा अन्तिम मस्यौदा पेश सम्ममा पनि आफुहरुले मागलाई सम्बोधन नगरिए आफुहरु त्याहा वाट वाहिरिएर कडा आन्द्योलनमा जाने बताएका थिए । महतोले आफुहरुले काठमाडौको दानापानी रोक्ने गरी नाकाबन्दी समेत गरिदिने चेतावनी दिएका थिए ।

खासगरी १६ बुदेको आधारमा संघियतालाई समाप्त पार्न लागेको र प्रस्तुत गरिएको प्रारम्भिक मस्यौदामा समानुपातिक समावेशी, नागरिकता लगायतका मधेशका प्रत्यक्ष सरोकारको सवालमा तीव्र असन्तुष्टि जनाउदै आएका मधेशी पार्टीहरु संविद्याँनसभा भित्रै प्रारम्भिक मस्यौदालाई च्यातेका थिए भने बाहिर त्यसलाई सामुहिक रुपमा जलाएका थिए ।

संविद्यानसभामा प्रारम्भिक मस्यौदा पेश भएकै भोली पल्ट फेरम नेपालका अध्यक्ष उपेन्द्र यादव काठमाडौ गईदिएकाले मोर्चाको बैठक बस्न सकेका थिएन । यादव हिजो मात्रै काठमाडौ आएपछि भोलीका लागी बैठक डाकिएको छ ।

No comments:

Post a Comment