Thursday, July 16, 2015

मधेशमा काग्र्रेस एमालेकै मधेशी नेताहरु आन्द्योलनमा व्यापक सहभागीता जनाउछन - भोगेन्द्र झा

पहिलो संविद्याँनसभाको अन्तय तिर गठन गरिएको राज्य पुर्नर्संरचना समितीका सदस्य समेत रहेका जनकपुरका प्राध्यापक भोगेन्द्र झा यस क्षेत्रका चर्चीत अर्थशास्त्री पनि हुन । तत्कालिन अवस्थमा एमाले पार्टीको सिफारिसवाट राज्य पुर्नर्संरचना समितीमा पुगेका उनले पार्टीको लाईनलाई समेत वेवास्ता गरे पछि उक्त समिती दुई ध्रवमा विभाजीत भएका थिए । हालै जनकपुरमा गरिएको उनीसंगको कुराकानीको सम्पादित अंश 

प्राध्यापक भोगेन्द्र झा






संविद्याँनसभाले अघि वढाएको  प्रारम्भिक मस्यौदालाई लिएर विभिन्न टिकाटिप्पणी भईरहदा तपाई जनकपुरमा बसीरहदा यस क्षेत्रमा कस्तो प्रतिक्रिया पाउनु भयो ?


- म अहिल्यै सम्म यो मस्यौदाको वारेमा कहि कतै वाट साकारात्मक प्रतिक्रिया यस क्षेत्रमा सुनेका छैनौ । सवै ठाउमा यसको विरोध मै स्वरहरु सुनेका छौ । यती सम्मकी हस्ताक्षरकर्ता सतारुढ दलहरु भित्रै वाट पनि यस क्षेत्रमा व्यापक विरोधका स्वरहरु देखिएका छन । काग्रेस र एमाओवादीका नेताहरु त खुलेरै विरोध गर्छन । एमालेका स्थानिय नेताहरु सार्वजनिक रुपमा टिकाटिप्पणीहरु गर्दैन तर अनौपचारिक रुपमा मधेशी पार्टीहरु लाई आन्द्योलनमा सघाउन वाचा चाही मैलै नै कति ठाउमा देखेका छौ ।

खासगरी यो मस्यौदाको  मधेशमा यती विरोध हुनुको कारण के हो जस्तो तपाईलाई लाग्छ ?

- हेर्नुस मधेशीहरुले दोस्रो संविद्याँनसभामा काग्रेस एमालेलाई नै वढी भोट दिएकै हो तर मधेशीहरुले काग्रेस एमालेलाई संघियता र समानुपातिक प्रतिनिधित्वको सवाललाई समाप्त पार्नका लागी भोट दिएका थिएन । मधेशीहरु केही हद सम्म मधेशी पार्टीका नेताहरु माथी रिसाएर र केही हद सम्म के थियो भन्ने एमाओवादीले गर्न सक्दैन वरु काग्रेसले नै मधेशको संघियता र समावेशीताको सवाललाई नया संविद्यान मार्फत सम्बोधन गराउला भनेर भोट दिएका थिए । तर १६ बुदे वाट काग्रेस, एमाले र एमाओवादीले जुन कदम अगाडी वढाएको छ त्यसवाट मधेशीहरु सन्तुष्टि चाही देखिएको छैन । यो काग्रेस, एमाले र एमाओवादी कै लागी पनि शुभ संकेत होईन ।


मधेशीहरु सन्तुष्ट छैन भन्नु भयो, के गर्छन त अब मधेशीहरु ?


- हेर्नुस मधेश फेरी एक चोटी आन्द्योलनको वाटोमा अघि वढीसकेके भान भईरहेको छ मलाई । जनकपुर लगायतका अन्य मधेशका क्षेत्रहरुमा जे म देखिरहेको छु त्यसले आन्द्योलनको ग्राउन्ड बनिसकेको देखिन्छ ।

तपाईले मधेश आन्द्योलनको वाटोमा अघि वढीसकेको भन्नु भयो, तर काठमाडौमा एकथरीले वर्तमान मधेशी पार्टीहरु वाट आन्दोलन सम्भवै छैन भन्न छन नि ?


- म पनि नेपालको कथित राष्टिय मिडियाहरुमा यो कुराहरु देखीरहेका छौ । तर उनीहरु के बुझेका छैन कि आन्दोलन नेताका लागी हुदैन । आन्द्योलन त मुद्धाका लागी हुन्छ । र मधेशको मुद्धालाई नयां मस्यौदाले पुरै अस्विकार गरेका छन । मधेश आन्द्योलनको अस्तीत्वलाई समाप्त पार्न काम गरेको छ । त्यसैले याहाका सवै वर्गका युवाहरु आन्द्योलित छन । तपाईलाई जनकपुरकै म उदाहरण दिन्छू, याहा आन्द्योलनका लागी युवाहरुको एउटा समिती बनेको छ, जुन समितीमा मधेशी पार्टीहरु सहित काग्रेस, एमाले, एमाओवादी पार्टीहरुका युवाहरु सक्रिय छन ।

तपाईले मधेशमा सवै पक्ष आन्दोलनको मुडमा छन भन्नु भयो । मधेशमा अब कसरी आन्द्योलन अगाडी वढछ जस्तो तपाईलाई लाग्छ ?

- हेर्नुस, मधेशमा कसरी आन्द्योलन अगाडी वढछ, त्यो कुरा भन्न चाही अहिले नै अली चाडो हुन्छ । तर आन्द्योलन हुन्छ भन्ने कुराको भान सर्वत्र दे्खिन्छ । मलाई त के लाग्छ भन्ने यदी अबको आन्द्योलनलाई कुनै वाहानामा मिनिमाईज गर्ने चेष्टा भयो भन्ने मधेशमा काग्रेस, एमाले र एमाओवादी पार्टीहरुकै मधेशी नेताहरु सहभागीतामा ठुलो विद्रोह पनि हुन सक्छ ।

तपाईले भने अनुसार त अवस्था एकदमै भयानक तिर लम्किीरहेको छ । आखिर किन यत्रो वातावरणको निर्माण भईरहेको छ ?

- हेर्नुस, अहिले जती विरोधका कुराहरु आए पनि मलाई लाग्छ मुख्य कुरा संीघयता नै हो । र अरु वुदामा मेरो बुझाईमा चार दल वार्गैनिंगका लागी पनि केही नचाहिने कुरा राखी दिएका छन । भोलीका दिनमा नागरिकता लगायतका केही प्रावधानमा संधोशन गरेर संीघयतामा ठग्ते चाल पनि चलीरहेको भान छ । त्यसैले मधेशीहरु सबै भन्द्या वढी संघियताकै लागी आक्रोशित छन जस्तो मलाई लाग्छ ।

No comments:

Post a Comment