Friday, July 31, 2015

मधेशी मोर्चाको बैठक भोली बस्दै



नयां संविद्यान निर्माणको जारी वर्तमान प्रक्रियाको विरुद्धमा रहेका चार मधेशी पार्टीहरुको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक भोली बस्दै छ । भोली विहान ८ बजे सदभावना पार्टीको कार्यलयमा बस्ने मोर्चाको बैठकले मोर्चाका हालै सम्पन्न कार्यक्रमहरु र सरकारी पक्षहरु वाट भएको विभिन्न अनौपचारिक छलफलहरुको वारेमा समिकक्षा हुने कार्यक्रम छ । साथै मोर्चाले लिने अगामी रणनितीको वारेमा समेत भोलीको बैठकमा छलफल हुनेछ ।

मोर्चाले गएको ४/ ५ गते मधेशमा संविद्यानको प्रारम्भिक मस्यौदाको व्यापक प्रतिकार गरे पछि प्रमुख दलहरुले सिमांकन सहितको संविद्यान ल्याउन पहल थालेका थिए । यद्यपी मोर्चा सम्बद्ध नेताहरुका अनुसार अहिले सम्म सरकारी पक्षहरु संग ठोस रुपमा कुनै वार्ताहरु सुरु नै भएका छैन । प्रधानमन्त्रीले वार्ताका लागी मोर्चाका चारै अध्यक्षहरुलाई निम्तो दिए पनि मोर्चाले वार्ताको औचित्य नभएको भन्दै वहिष्कार गरेका थिए । यद्यपी तमलोपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीलाई एक्लै भेटेका थिए । भोली मोर्चाको बस्ने बैठकमा ठाकुरले उक्त भेटको वारेमा समेत जानकारी गराउने कार्यक्रम छ ।


खासगरी मोर्चामा आबद्ध सदभावनाका अध्यक्ष राजेन्द्र महतो र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सशक्क्त आन्दोलनमा होमिहाल्नु पर्ने पक्षमा देखिएका छन भने तमलोपा अध्यक्ष ठाकुर संविद्यानसभामा अन्तिम मस्यौदा प्रस्तुत नहुन्जेल सक्क्त आन्दोलनमा जानु भन्द्या पनि सफट रुपमा विरोध गर्नु पर्नै लाईनमा देखिन्छ ।

मोर्चाले ४ र ५ गतेको विरोध कार्यक्रम पछि हालै भैरहवा, विरगंज, जनकपुर र विराटनगरमा आमसभाहरु गरेका थिए ।

No comments:

Post a Comment