Wednesday, July 29, 2015

मधेशी मोर्चा भित्र आन्तरिक मनमुटाव । ठाकुर प्रति यादव र महतो सशंकित


१६ बुदे र मस्यौदाको संयुक्त विरोध गर्दै आएका मधेशी मोर्चामा आबद्ध चार मधेशी पार्टीहरु भित्र आन्तरिक मनमुटाव चुलिएको छ । मस्यौदाको मधेशमा व्यापक प्रतिकार भए पछि हौसिएका ती मधेशी पार्टीहरुले मधेशमा आयोजना गरेको संयुक्त आमसभा देखि नै खटपट सुरु भए पनि पछिल्लो समयमा वार्तामा बस्ने कि नबस्ने विषयमा मोर्चा दुई ध्रुवमा विभाजित भएका छन । मस्यौदाको ४ र ५ गते मधेशमा प्रतिकार भए पश्चात मधेशका चार ओटा सहरमा संयुक्त रुपमा चारै अध्यक्षहरुले सम्बोधन गर्ने गरी आमसभाहरु आयोजना गर्ने निर्णय भएको थियो र १२ गते विराटनगरवाटै नयां आन्दोलनको घोषणा गर्ने निर्णय मधेशी मोर्चाले गरेका थिए । तर भारत भ्रमणवाट फर्केका प्रचण्ड संगको वार्ता पश्चात तमलोपा अध्यक्ष ठाकुर आमसभाहरुमा सहभागी भएन । ठाकुर चार ओटा आमसभा मध्ये जनकपुरमा मात्रै सहभागी भएका थिए ।  ठाकुर विराटनगर नगए पछि मोर्चाका अन्य घटकहरु झस्किए । वरु ठाकुरले त्यही दिन अन्य अध्यक्षहरुलाई प्रधानमन्त्रीसंगको वार्ताको निम्तो वारेमा सुचना पठाए । स्रोतका अनुसार ठाकुरले पुर्ववत आन्तरिक सहमती अनुसार विराटनगर नगएकै कारण मोर्चाका प्रमुख दुई नेताहरु उपेन्द्र यादव र राजेन्द्र महतोले ठाकुरले भन्दैमा आफुहरु वार्तामा नबस्ने सार्वजनिक घोषणा विराटनगर वाटै गरे ।

पछिल्लो समयमा सरकारी पक्ष संग तमलोपाका अध्यक्ष ठाकुर लागातार अनौपचारिक छलफलहरु गर्दै आएका छन । तर मोर्चाका अन्य घटकहरुले त्यसलाई गच्छदार शैली भन्दै असन्तुष्टि पोख्न थाले पछि मोर्चा भित्र ध्रुवीकरण देखिएको हो । एक शिर्ष नेताका अनुसार विराटनगरवाट आन्दोलनको कार्यक्रम घोषण गर्न असफल भएपछि राजेन्द्र महतो र उपेन्द्र यादवले विराटनगरमा त्यही राती झण्डै २ घण्टा छुटै छलफल गरेका थिए । महतो र यादवले अगामी दिनमा ठाकुरवाट पनि गच्छदार शैलीको धोका हुन सक्ने निष्कर्ष निकाल्दै तत्कालै सरकारी पक्ष संग वार्तामा नबस्ने घोषणा गरेका थिए ।


विराटनगरमा ठाकुर नगए पछि महतो र यादवले काठमाडौ पुगेर १५ गते मधेशी मोर्चाको बैठक डाक्ने निर्णय सार्वजनिक गरेका थिए । तर उनीहरु आज काठमाडौ फर्किए पनि १५ गतेको बैठक वारेमा मोर्चाका सबै घटकहरुले आज वेलुकी सम्म अनभिज्ञता प्रकट गरेका छन ।

यस अघि पनि ठाकुर र यादव, महतो विच केही कुराहरुमा आन्तरिक किचलोहरु देखिएका थिए । प्रचण्डले गएको चैतमा आमहडताल एक्लौटी फिर्ता लिए पछि तत्कालिन ३० दलीय मोर्चावाट वाहिरिएर छुटै मोर्चा वनाउन यादव र महतोले लामै कसरत गरेका थिए । तर ठाकुले त्यसलाई अस्विकार गरेपछि यादव र महतोको उक्त प्रयास त्यती वेला असफल भएको थियो ।

पछिल्लो चरणमा सरकारी पक्ष संगको वार्ताको क्रममा फेरी देखिएको मनमुटावको वारेमा मधेशी मोर्चामा आबद्ध शिर्ष नेताहरुले मुख नखोले पनि अनौपचारिक रुपमा त्यसलाई अस्विकार पनि गरेका छैनन । एक शिर्ष नेताले आफनो नाम उल्लेख नगर्ने शर्तमा दलानसंग भने, ठाकुरजी सरकारी पक्षसंग वार्तामा तमलोपाको अध्यक्षको हैसियतले जानु भएको छ, मोर्चाको तर्फ वाट होईन । हामीले १२ गते विराटनगरमा आन्द्योलन घोषणा गर्ने पुर्व सहमती गरेका थियौ, उहा किन जानु भएन, त्यसैले उहाले भन्दैमा हामी सबैले सवै कुरा स्विकार गर्छौ भन्ने छैन, उनले प्रश्न गरे ।

1 comment:

  1. नेता हरुको "वार्ता" रोम जल्दै गर्दा नीरो बादशाह ले सुनेको संगीत जस्तो http://demrepubnepal.blogspot.com/2015/08/blog-post_72.html

    ReplyDelete