Sunday, July 26, 2015

भारतीय सासंदहरुले भने - नेपालमा चिनिया ईसारामा संविद्यानको मस्यौदा आयो । मोदीलाई मधेशको वारेमा ज्ञापन पत्र



नेपालमा सविद्यानसभाले हालै जनताको सुझाव संकलन गरेको मस्यौदालाई भारतीय सासंदहरुले चिनिया इसारामा ल्याएको गम्भिर आरोप लगाएका छन । आइतवार विहान भारतको विहार राज्यको व्यापारिक सहर मज्जफरपुरमा नेपाल र भारतको सम्बन्धमा संकट र त्यसको निदान विषयक अन्तक्रिया कार्यक्रममा भारतीय सांसदहरुले चिनियाहरुको ईसाराको नेपालका प्रमुख नेताहरुले यस्तो मस्यौदा ल्याएर नेपाल र भारत विचको सम्बन्धलाई समाप्त पार्न लागेको बताएको छ । भारतको राज्यसभामा मज्जफरपुरवाट प्रतिनिधित्व गर्ने सांसद डा अनिल सहनीले केही प्रमुख दलका नेताहरुले चिनिया प्रभावमा नागरिकता लगायतको मधेशीहरुको सवालमा यस्तो प्रावधान ल्याउन लगाएको आरोप लगाए ।

कार्यक्रममा नेपालको तर्फवाट उपेन्द्र यादव नेतृत्वको संघिय फोरमको उपाध्यक्ष लालबाबु राउत र पर्सा जिल्ला अध्यक्ष प्रदीय यादव सहभागी थिए । कार्यक्रमको आयोजना मिडिया फर बोर्डर हारमोनीले आयोजना गरेका थिए ।


मज्जफरपुरमा हिजो मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष चुनावी सभालाई सम्बोधन गरेका थिए । उक्त कार्यक्रमा समेत मधेशी नेताहरु राउत र यादवहरु सहभागी भएका थिए । हिजोको चुनावी सभा पश्चात राउत र यादवले मोदीलाई मधेशको वारेमा एउटा ज्ञापन पत्र समेत बुझाएका छन ।

संघिय फोरमका नेता प्रदीय यादवका अनुसार मोदीलाई हिजो वुझाइएको ज्ञापन पत्रमा मधेशको नागरिकता, संघियता, समानुपातिक प्रतिनिधित्व लगायतका सवालहरुको वारेमा उल्लेख गरिएको छ ।

त्यस पछि आज विहान आयोजना गरिएको अन्तक्रिया कार्यक्रममा भारतीय सासद र वुद्धजिवीहरुले भारत र मधेशको सम्बन्धको वारेमा चर्चा गरेका थिए ।

आजको कार्यक्रममा भारतीय सांसद अजय निशादले आफुहरु मधेशको सवादमा नेपालका प्रमुख दलहरुले गरिरहेको वइमानी वारेमा सदनमा जोडदार आवाज उठाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

1 comment:

  1. देश मधेसी क्रांति ३ तर्फ लम्केको हो? http://demrepubnepal.blogspot.com/2015/08/blog-post_59.html

    ReplyDelete